सर्वोच्च बारको अध्यक्षमा निरौला

काठमाडौं । सर्वोच्च अदालत बार इकाइको अध्यक्षमा वृहत लोकतान्त्रिक समावेसी पेशागत कानून व्यवसायी समूहका वरिष्ठ अधिवक्ता हरिशंकर निरौला २८९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धि बरिष्ठ अधिवक्ता तुलसी भट्टले २७५ मत ल्याएका छन् । १५ सदस्य रहेको कार्यसमितिमा लोकतान्त्रिक समूहबाट अध्यक्ष, उपाध्यक्ष, सहसचिव र ६ जना सदस्यहरु गरी नौजना विजयी बने भने प्रगतिशिल समूहबाट सचिव, कोषाध्यक्ष, महिला सदस्य र तीन सदस्य गरी ६ जना विजयी बने ।
६२१ जना सदस्य रहेको सर्वोच्च अदालत बार एशोसियसनमा प्रायजसो वरिष्ठ अधिवक्ताहरु सदस्य छन् । तथापि देशका मूख्य कम्पनी र संस्थाहरुमा निर्वाचन अधिकृत भएर काम गर्दे आएका अधिवक्ताहरुको नै ९ मत रद्द भएको छ । शनिवार भएको मतदानमा ६७३ मत खसेको थियो । वरिष्ठ अधिवक्ता निरौला लायन्स क्लवको बिभिन्न पदमा रहेर उल्लेखनीय रुपमा सामाजिक सेवामा काम गरेका व्यक्ति हुन् । त्यसै गरी उपाध्यक्षमा लोकतान्त्रिक समूहका जगदिश चन्द्र पाण्डेले ३०५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धि प्रगतिशिल समूहका बरिष्ठ अधिवक्ता राम कृष्ण काफ्लेले २५४ मत प्राप्त गरे । सचिवमा प्रगतिशिल समूहका श्याम कुमार खत्रीले ३०६ मत पाएर विजयी बने । उनका प्रतिस्पर्धि कल्याण पोखरेलले २५१ मत ल्याए । सहसचिवमा बरिष्ठ अधिवक्ता सुजन लोप्चनले ३०४ मत प्राप्त गरी विजयी बने । उनका प्रतिस्पिर्धि प्रगतिशिल समूहकी संगिना शाक्यले २५७ मत ल्याइन् । कोषाध्यक्षमा कपिल चन्द्र पोखरेलले २७४ मत ल्याई विजयी बने । उनका प्रतिस्पर्धि राम चन्द्र पौडेलले २७१ मत प्राप्त गरी पराजित भए । महिला सदस्यमा प्रगतिशिल समूहकी सिर्जना कंडेलले २७२ मत ल्याएर प्रतिस्पर्धि लोकतान्त्रिक समूहकी कमला रोका गिरीलाई पराजित गरिन् ।
त्यसै गरी लोकतान्त्रिक प्यानलबाट उत्तम राज पाठकले २९१ मत, भीम प्रसाद ढकालले २६४ मत, रुप नारायण श्रेष्ठले २८२ मत, राम बहादुर राउत मातृदासले २७० मत, सुमन कुमार केसीले २७२ मत ल्याई विजयी बने । प्रगतिशिल समूहबाट सदस्यमा प्रभुजी पन्तले २७२ मत, अनुपराज उप्रेतीले २८६ मत र देवी रेग्मी पोखरेलले २७३ मत प्राप्त गरी विजयी बनेका छन् ।
को को उम्मेदवार बने ?
लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला,
उपाध्यक्षमा जगदीश चन्द्र पाण्डे,
सचिवमा कल्याण पोखरेल,
सहसचिवमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन,
कोषाध्यक्षमा अधिवक्ता राम चन्द्र पौडेल,
महिला सदस्यमा कमला रोका गिरी,
सदस्यमा वरिष्ठ अधिवक्ता इन्द्र शेखर खड्का,
अधिवक्ता प्रदीप कुमार श्रेष्ठ,
अधिवक्ता उत्तम राज पाठक,
अधिवक्ता भीम प्रसाद ढकाल,
अधिवक्ता रुप नारायण श्रेष्ठ,
अधिवक्ता रेशम राज रेग्मी,
अधिवक्ता राम बहादुर राउत मातृदास,
अधिवक्ता सुमन कुमार केसी,
अधिवक्ता बद्रीराज भट्ट रहेका छन् ।
प्रगतिशील पेशागत तथा गणतान्त्रिक, लोकतान्त्रिक समाजवादी समुहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता तुलसी भट्ट,
उपाध्यक्षमा वरिष्ठ अधिवक्ता राम कृष्ण काफ्ले,
सचिवमा अधिवक्ता श्याम कुमार खत्री,
सहसचिवमा अधिवक्ता संगिना शाक्य,
कोषाध्यक्षमा अधिवक्ता कपिलचन्द्र पोखरेल,
महिला सदस्यमा सिर्जना कण्डेल,
सदस्यहरुमा अधिवक्ता विवेक कुमार पौडेल,
अधिवक्ता प्रभुजी पन्त,
अधिवक्ता विनोद कुमार श्रेष्ठ,
अधिवक्ता वीरेन्द्र महर्जन,
अधिवक्ता प्रभाकर श्रेष्ठ,
अधिवक्ता अनुपराज उप्रेती,
अधिवक्ता रमेशराज शर्मा सिग्देल,
अधिवक्ता देबी रेग्मी पोखरेल
अधिवक्ता छबिलाल घिमिरे ।