April 16, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

७५औं स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी दुतावासद्वारा साहित्यिक कार्यक्रम


काठमाडौं । पाकिस्तानको ७५औं स्वतन्त्रता दिवसको उपलक्ष्यको पूर्व सन्ध्यामा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले ‘नेपाल और उर्दू अदब’ नामक साहित्यिक कार्यक्रम आयोजना गरेको छ । १२ अगस्ट २०२२ मा होटल अलफ्ट, काठमाडौंमा सम्पन्न कार्यक्रममा शिक्षा मन्त्री, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीको उपस्थिति रहेको थियो । विशेष अतिथिको रूपमा कार्यक्रममा समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागिता रहेको थियो । राजनीतिज्ञ, सेवानिवृत्त अधिकारीहरू, बुद्धिजीवीहरू, सामाजिक कार्यकर्ताहरू, पत्रकारहरू, लेखकहरू साथै विश्लेषकहरूको रूपमा भव्य उपस्थिति रहेको थियो । कार्यक्रमको उद्देश्य पाकिस्तान र नेपाल बीचको साहित्यिक सम्बन्धलाई उजागर गर्नु थियो ।


यो कार्यक्रमले नेपाल र पाकिस्तानबीच विशेष गरी दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउँछ । नेपाल, पाकिस्तान र युएई सहित डा जुबैर फारुक, डा साकिब हारुनी (अध्यक्ष साहित्य अकादमी नेपाल), सैयद खालिद मोहसिन, श्री सहार महमूद, श्री इम्तियाज वाफा (अध्यक्ष उर्दू अकादमी नेपाल), श्री जमशीद अन्सारी, श्री फुरकान फैजी, श्री असद कामरान, श्री भोन निस्तज, सुश्री शान्ति शर्मा, श्री जफर अहमद अलीग र सुश्री संगिता थापामगर लगायतका श्र्रष्टाहरु कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति देखाएका थिए । कार्यक्रमको क्रममा नेपाली लेखकद्वारा लिखित “अहाङ–ए–हिमाला” पुस्तकको विमोचन गरिएको थियो ।


कार्यक्रममा कवि डा अब्दुल मुबीन खानले पनि सहभागिता जनाएका थिए । प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पाकिस्तान सरकारको प्रयासको मुग्ध कण्ठले प्रशंसा गरे । शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको पाकिस्तानी दूतावासले साहित्यिक कार्यक्रम आयोजना गरेकोमा उनले प्रशंसा गरेका हुन् । जसले नेपाली र दुबै देशका उर्दू भाषी कविहरूलाई एउटै मञ्चमा सम्मान गरेको छ । विशेष अतिथि नेपाल एकेडमीका कुलपति गङ्गाप्रसाद उप्रेतीले कवि/कवियत्रीहरुलाई स्मृति चिन्ह वितरण गर्दै प्रशंसा गरेका थिए । पाकिस्तानी दूतावासले साहित्यको प्रवद्र्धनका लागि दुवै देशलाई नजिक ल्याउने प्रयास गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले पनि कार्यक्रमको प्रशंसा गरेका थिए । सहभागी कवि र लेखकहरूको योगदानको विषयमा पनि प्रकाश पारेका थिए । उर्दू भाषाको भूमिकालाई उजागर गरेकोमा नेपाल र पाकिस्तानका साहित्यिक संस्थाहरुबीचको सहयोगात्मक सम्बन्धलाई प्रगाढ बनाएको भन्दै नेपालका लागि पाकिस्तानका राजदूत शाहले थप जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.