October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पर्साको राष्ट्रिय माविमा बितण्डै बितण्डा ?

बहुदरमाई नगरपालिकामा अवस्थित नेपाल राष्ट्रिय माबिको फाइल फोटोः स्रोत सामाजिक सञ्जाल

वीरगञ्ज । पर्साको एक विद्यालयमा प्रधानाध्यापकलाई नै हाजिर गर्न नदिने भन्दै विदामा बसेका समयमा निमित्त प्रधानाध्यापक बनेका अजय यादवले तान्डब्य मच्चाएका छन् । पर्साको बहुदरमाई नगरपालिका स्थित बहुअरीको नेपाल राष्ट्रिय माविको प्रधानाध्यापक बन्दा ठूलो धनराशी घोटला गर्न पाइने जानकारी पाएका यादवले दलित समुदायका प्रधानाध्यापकलाई घेराबन्दीमा पारेका छन् ।उक्त विद्यालयमा विज्ञान विषयमा आवश्यक सामग्रीहरु छ लाख रुपैयाँको खरिद गर्नका लागि प्रदेश सरकारले रकम व्यवस्था गरेको थियो तर, विद्यालयले केबल ५० हजार खर्च गरेर दुई लाख नगरपालिकालाई नै फिर्ता दिएको छ । साथै उक्त रकम मध्येको ५० हजार रुपैयाको भोज खाएका छन् ।

विद्यालयमा दुई हजार पाँचसय विद्यार्थी देखाएर पुस्तक बापतको सात लाख रकम पाएका थिए । तर, उक्त रकम दुई सय पचास जना विद्यार्थीलाई दिएर सकाइएको थियो । कोरोना भाइरस नियन्त्रणका लागि विद्यालयलाई राज्यले पाँच लाख रुपैया दिएको थियो । तथापि मिलाएर खानकै लागि एक लाख मात्रै खर्च गरियोे । नगरपालिकाका शिक्षा शाखा विदुर उपे्रतीले उचित अनुगमन नगरेकै कारण निमित्त प्रधानाध्यापक बनेका अजय यादवलाई खाता सञ्चालन गर्ने अधिकार दिइएको छ । जबकी शिक्षा नियमावलीमा प्रष्टसँग प्रधानाध्यापकले मात्रै चलाउने सक्ने उल्लेख गरिएको छ । त्यसै गरी उक्त विद्यालयले दिवा खाजाको नाममा सात लाख खर्च गरे पनि मात्रै दुई लाख खर्च गरिएको छ । नगर प्रमुख सिहनी साह तेली .र निमित्त प्रधानाध्यापक अजय यादव जसपाकै कार्यकर्ताको रुपमा चिनिएका कारण उनलाई नगर प्रमुखले शिक्षा नियमावली बिपरित निमित्त प्रधानाध्यापक अजय यादवलाई प्रधानाध्यापक बनाएर पठाएका थिए । वडाअध्यक्षमा सुरेन्द्र प्रसाद यादव छन् । वडाअध्यक्ष यादव राष्ट्रिय माविकै प्रावि शिक्षक मोतिलाल प्रसाद यादवका सहोदर भाइ हुन् ।


गत बैशाख देखि उच्च माबि राहत कोटाका शिक्षक नगिना शाह कानु र राम किशोर यादबले हाजिर नै न गरि तलब बुझेका छन । नेपाली काग्रेस शिक्षा सगठनका सदस्य शिव चन्द्र पटेलले हाजिर गरे पनि कक्षा कोठामा पढाउन नगई तलव बुझेका छन् । राजेश ठाकुर प्राबि शिक्षक भए पनि माध्यामिक तहमा पठाउने गरेका छन, भगत प्रसाद यादब,र मोतिलाल प्रसाद यादब, बिद्यालयमा गएपनि यिन को हाजिर कपिमा कहिले पनि रातो लागेको छैन । कारण यि अजय यादवको समर्थक भएकै कारण बाडिचुडि रकम खान सघाउने हुन ।


विद्यार्थीहरुले पाउने बिभिन्न किसिमका छात्रवृत्तिका लागि नेपाल राष्ट्रिय माबिका प्रधानाध्यापकले नगरपालिकाबाट तीन लाख रुपैया बुझेको भएपनि एक लाख रुपैया मात्रै बाडेका छन् । बाँकी एक लाख रुपैया शिक्षकहरुलाई सुट सिलाईदिएको सुत्रको दाबी छ । त्यसै गरी एक लाख रुपैयाको दारु भोज गरिएको थियो । नगरपालिकाको शिक्षा शाखाले मिलेमतोमा कमिसन लिएर नै काम गर्ने गरेको भएपनि कतैबाट अनुगमन हुन सकिरहेको छैन । शिक्षा ईकाई पर्साका प्रमख फत्त बहादुर श्रेष्ठ पनि जनताको करको रकम खाएर कुम्भकर्ण जस्तै गरी निदाई रहेका छन् । नगरपालिकाका शिक्षा शाखा प्रमुख बिदुर उप्रेतीलाई दिन दुगुना रात चौगुना भएको छ ।


नगरप्रमुखबाट गरिएको शिक्षा नियमावली बिपरितको हर्कतलाई प्रधानाध्यापक रबि भूषण रामले चुनौति दिन सकिरहेका छैनन् । मधेशमा दलित समुदायलाई बढि नै अपमानित गर्ने सामन्ति संकार अहिले पनि हावी छ । दलित भएकै कारण भ्रष्टाचारलाई नियन्त्रण गर्न खोज्ने योग्य र इमान्दार व्यक्ति भएकै कारण रबि भुषण रामलाई लखेट्न खोजिएको छ, एक जना स्थानीय शिक्षकले डायरी एक्सप्रेस साप्ताहिकलाई यथार्थ खुलासा गरेका छन् । यस सम्बन्धमा निमित्त प्रधानाध्यापक बनेर काम गरेका अजय यादवलाई किन यस्तो हर्कत गर्नुभएको हो भनि प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । यस अघि नितेन्द्र कुमार साह तेली नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका थिए । निर्माण व्यवसायी नितेन्द्र यस पटक भने सर्मनाक रुपमा हारेका थिए । तर, यस पटक जसपाको उम्मेदवार भई नगरप्रमुख बनेका सिहनी साह तेली पनि पुरानै शैलीमा विद्यालय चलाएर विद्यार्थीको भविश्य सुधार्न भन्दा आफ्नै भविष्यको व्यक्तिगत चिन्तामा छन् । जसका कारण शिक्षामा लगानी बालुवामा पानी बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.