January 21, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

साहित्यकार कैलाशद्वारा लिखित ‘तत्कालीन किहुँ एवं अरुणोदय गाविसको ऐतिहासिक परिचय’ कृति लोकार्पण


काठमाडौ। साहित्यकार नारायण कैलाशद्वारा लिखित तथा केशबहादुर राना द्वारा प्रकाशित ‘तत्कालीन किहुँ एवं अरुणोदय गाविसको ऐतिहासिक परिचय’ कृतिको यहि चैत्र नौ गते बुधबार लोकार्पण गरिएको छ ।
ऐतिहासिक पुस्तकका प्रकाशक रानाको अध्यक्षता र भिमाद नगर पालिकाका प्रमुख मेखबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको पुस्तक लोकार्पण कार्यक्रममा साहित्यकार दधिराज सुवेदी र पत्रकारिताका स्वतन्त्र सेनानी वरिष्ठ पत्रकार विश्ववन्धु भण्डारीले समिक्षा गरेका थिए ।
समिक्षकद्व्यले दुई सय पाँच पेजको ‘तत्कालीन किहुँ एवं अरुणोदय गाविस को ऐतिहासिक परिचय’ समेटिएको पुस्तक वास्तव मै स्थानीय रुपमै आजसम्म कै महत्वपूर्ण रहेको बताए । किहु एवं अरुणोदय गाविसका महत्वपूर्ण ठाउँहरु, पाटी पौवाहरु, बगैचाहरु, स्कुलहरु, वन्यजन्तुहरु, विकास निर्माणहरु, सम्बन्धित स्थानीय प्रबुद्ध हरुको नाम , उनीहरुको अविस्मरणिय काम, स्थानीय सँस्कार सस्कृती लगायत थुप्रै विषय वस्तु माथी प्रकाश पारी, छ रंगमा उत्कृष्ट क्यालेन्डर पेपरमा प्रकाशित गरिएको उक्त पुस्तक भेगकै नमुना रहेको बताए ।
प्रत्येक पेजमा त्यहि ठाउँका रंगिन छाया चित्र राखिनुले पुस्तक पढ्न चाहना गर्ने, खोज वा अनुसन्धानका विषयमा पाइला चाल्नेहरुका लागी एक गतिलो खुराक हुनेछ । त्यतिमात्रै नभएर यो कृति स्थानीय पाठ्यक्र लागि समेत उपयुक्त हुनेछ ।
पुस्तकका प्रकाशक केशरबहादुर रानाले बेलायत बसेर पनि आफु जन्मेको माटोलाई माया गरी लेखकको अनुरोधमा पुस्तक छाप्न सहमत भएका हुन् । उनले करिब रु चार लाख लाख खर्चेर यो पुस्तक छपाउन लगाएका हुन् ।
कार्यक्रम को अन्त्यमा लेखकले प्रकाशकको परिवारलाई दोसल्ला ओडाएर सम्मान गरेका थिऐ । त्यसै गरी प्रकाशक रानाले स्थानीय ६० जना आमाहरुलाई जनही एक एक थान लुङी प्रदान गरेका थिए । कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी र समाजवादी पार्टी लगायतका नेता तथा प्रतिनिधि, आमा समुह, स्थानीय, बुद्धिजीवी लगायतका महानुभावहरुको व्यापक उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.