पाकिस्तान विरुद्ध भारत -अमेरिकी गठबन्धन ?
![](https://ediaryexpress.com/wp-content/uploads/2022/02/The-Map-of-Pakistan.png)
पाकिस्तानमा शुक्रवार बलोच लिबरेशन आर्मी ( बीएलए) ले पाकिस्तानी आर्मीको दुई पोष्ट माथी आक्रमण गरी पाँच जना पाकिस्तानी आर्मी मेनहरूलाई मारे । आक्रमणको क्रममा १५ जना बलोच लिबरेशन आर्मीका मानिसहरू पनि मारिएका थिए । घटनाको समयलाई ध्यान दिने हो भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चीन भ्रमणको बेला पारेर यो आक्रमण गरिएको छ । इमरान खानको यस भ्रमण कालमा चीन र पाकिस्तान बीच महत्वपूर्ण सम्झौता हुने तय भएको छ । चीनले ३ अर्ब डलर पाकिस्तानलाई सहयोग गर्ने बचन दिएको छ । सो रकÞमबाट पाकिस्तान सरकारले प्रत्येक प्रान्तमा औद्योगिक क्षेत्रको स्थापना गर्ने भएको छ । पाकिस्तानमा तिब्र तवरले औद्योेगिकीकरण भएमा पाकिस्तानी समाजले तरक्Þ्कÞी गÞर्ने र त्यहाँ बढिरहेको उग्रवाद माथि लगाम लाग्न जानेछ । यसवर्ष पनि पाकिस्तानको कुल ग्राहस्थ्य उत्पादनमा ५% भन्दा बढ़ीले वृद्धि भएको थियो ।
पाकिस्तानलाई आर्थिक उन्नतिको मार्गतर्फÞ बढ़न नदिने सबैभन्दा ठुला अवरोधहरूमा धार्मिक उग्रवाद, अलगावबाद र भ्रष्टाचार नै हुन । अन्तर्राष्ट्रीय गतिविधि र रूढीग्रस्त पुरातनबादी सामाजिक कारणले पाकिस्तानमा धार्मिक उग्रबाद फैलियो भने विदेशी शक्तिहरूका कारणले पृथकताबादले टाउको उठाउने अवसर पायो । त्यसैगरि राजनैतिक क्षेत्र अस्थिर भएकोले भ्रष्टाचार मौलायो । इमरान खानको नेतृत्वमा सरकार बनेपछि भने पाकिस्तानमा परिस्थिति बदलिदै गाएको देखिदै थियो । अफ्गनिस्तानबाट अमेरिका हटेर जानु तर अमेरिकाको यसक्षेत्रमा स्थायी तवरले उपस्थिति बनाईराख्ने चाहना रहनु, पाकिस्तानको चिरस्थायी शत्रु राष्ट्र भारतको पाकिस्तानलाई हानी गर्ने स्थायी अभिलाषा रहनुले गहिरो जÞरा गाडेर बसेको उग्रवाद र अलगावबाद भने आजको भोली नै निमिट्यान्न हुने कÞुरा भएन ।
बलूचिस्तानलाई पाकिस्तानबाट अलग बनाउन बर्षौं देखी विदेशी शक्तिहरू लागी परिरहेका थिए । यसमा अमेरिका र भारतको हात रहेको पाकिस्तानको आरोप छ । ग्वादार बन्दरगाहको विकास र सीपीइसीको कारणले भारत र अमेरिका बलूचिस्तानलाई पाकिस्तानबाट अलग पार्न चाहन्ंछन । त्यसैगरी तहरीक – ए – तालिवान पाकिस्तान (टीटीपी) नामक अर्को उग्रवादी संगठनले बजीरिस्तानमा त्यस्तै आतंक मच्चाइ रहेकÞो छ । यस समूहलाई पनि भारतको सहयोग रहेको पाकिस्तानीहरूको विश्वास छ । अर्को अलगावबादी संगठन मोहाजÞिर क्वामे मुभमेण्ट (एमक्यूएम) ले सिन्धलाई अलग देश बनाउने मुहिम केहीवर्ष अघी जोड़तोड़ले चलाएको थियो । यस आन्दोलनमा भारतबाट शरणार्थीको रूपमा पाकिस्तान गएर बस्ने मुस्लिमहरू थिए । तर पाकिस्तान सरकारको प्रतिरोधले यस आन्दोलन हाल मत्थर भएको छ र यसका नेता अल्ताफÞ हुसेन हाल लण्डन बसेर पाकिस्तान विरुद्ध गतिविधि गरिरहेका छन् ।
अहिले आक्रमण यस्तो बेला भएको छ की अमेरिकीहरूले अफगनिस्तानबाट जिस्केपछि उसले पाकिस्तानसँग आफÞ्ना हवाई सैनिक राख्न सैनिक अखड़ाको माँग गरेको थियो । त्यसलाइ इमरान खानले अस्वीकार गरिदिएका थिए । त्यसैगरि गत डिसेम्बरमा अमेरिकाले आयोजना गरेको वल्ड डमोक्रेसी कन्फरेन्सलाई इमरान खानले बहिष्कार गर्नु, अहिले बेइजीङ विंटर ओलम्पिकलाई अमेरिका तथा उसका सहयोगी केही देशले बहिष्कार गर्दा पनि इमरानले त्यस्को वास्ता नगरी आफै उपस्थित हुन पुग्नु, हालका दिनहरूमा चीनद्वारा पाकिस्तानलाई अत्याधुनिक हतियारको आपूर्ति गरिनु र इमरानको भ्रमणको दौरान चीन र पाकिस्तान बीच अति महत्वपूर्ण सम्झौता हुने भएकोले अमेरिकीहरू इमरानलाई देशभित्र कमजोर बनाई अपदस्थ गर्न आतुर देखिंछन् । अझ बेइजीङमा इमरानले रूसी राष्ट्रपति पुटिनलाई समेत भेटने कÞुरा बाहिर आएपछि अमेरिकीहरूको साथै भारतीयहरू समेत यस भेटवार्तालाई बिथोल्ने षड्यन्त्र गर्न जुटेका नहोलान् भन्न सकिएन ।