April 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पूर्व सांसद /सभासद तथा नेकपा (एस)का नेता डा. थापाको निधन

1 min read


काठमाडौं । २०७० सालको सविधानसभाको निर्वाचनमा अर्घाखाँची–२ मा नेकपा एमालेको तर्फबाट निर्वाचित सभासद डा. दुमन सिंह थापाको निधन भएकोे छ । यहि माघ १६ गते आइतवार साझ ६ बजे काठमाडौं ह्याम्स अस्पतालमा थापाको निधन भएको उनका नातेदार तेज बहादुर भण्डारीले डायरी एक्सप्रेस साप्ताहिकलाई जानकारी दिए ।
बाबु कर्ण बहादुर र आमा रुना कुमारी थापाको सन्तानको रुपमा सन् १९६२ को जुलाई १७ मा अर्घाखाँची जिल्लाको नरपानी गाबिस– ७ हालको सन्धिखर्क नगरपालिकामा जन्मेका डा. दुमन सिंह थापा क्षेत्री नेकपा एमालेको बिभाजन पछि नेकपा (एस)को निर्वाचन आयोगका सदस्य (केन्द्रीय सदस्य) बनेका थिए । थापाले २०७६ सालमा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका हुन् । श्रीमती र एक छोरासहित काठमाडौंमा बस्दै आएका थापाले विकास र समाजशास्त्रमा विद्याबारिधी गर्नुका साथै विश्वका ६७ देशको भ्रमण गरी प्रशस्त अनुभवहरु बटुल्नुका साथै अन्तर्राष्ट्रिय शान्ति प्रक्रियामा ६ वर्ष सेवा गरी विभिन्न द्वन्दग्रस्त मुलूकहरुमा महत्वपूर्ण भूमिका निभाए ।
कार्टर सेन्टरको सल्लाहकार समेत रहेका थापाले पछिल्लो समयमा बाणिज्य बैंकको रुपमा रहेको मेघा बैंक लिमिटेडको स्थापना गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । केहि समय नयाँपत्रिका प्रकाशन प्रा.लिको अध्यक्ष भएर काम गरेका थापाको निधनले पार्टीको योग्य र इमान्दार राजनीतिज्ञ गुमाएका कारण अपूर्णणीय क्षति भएको नेकपा (एस) का कानून विभागका सदस्य गज बहादुर ऐरीले डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधिलाई बताए । प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत राम प्रसाद पोखरेलले अर्घाखाँची जिल्लाले एक इमान्दार राजनीतिज्ञ गुमाएकोमा दुःख व्यक्त गरे ।
थापाले Organization and  Development, Empowerment of Community, Means and end of community Development जस्ता कृतिहरु प्रकाशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.