भारतसँगको खुला सिमाना कहिलेसम्म व्यवस्थापन गर्ने ?
नेपाल दुई ठूला राष्ट्र भारत र चीनबाट घेरिएको सानो राष्ट्र हो । यो ऐतिहासिक काल देखि स्वतन्त्र र सार्वभाम रहँदै आएको छ । उत्तरतिर रहेको छिमेकी चीनसँगको सिमाना विशाल हिमशिखरबाट छुट्टिएकोले प्राकृर्तिक बारले सीमा समस्या नरहेको र केहि नियन्त्रित नाकाहरुबाट मानिसहरु आवतजावत गर्ने भएकाले कमसेकम सुरक्षा टोली र भन्सारबाट नियन्त्रण गर्न सकिएको छ ।
देशको पूर्व पश्चिममा पहाडी इलाका भएकाले त्यसलाई पनि नियन्त्रित रुपमा राख्न सकिन्छ । तर, दक्षिणतिरको तराईको समथर भागलाई भारतको बिभिन्न राज्यहरुद्वारा घेरिएको र सिमाना खुला भएकाले मानिसहरुको अनियन्त्रित रुपमा आवतजावत हुने गरेको सर्वविदितै छ । यसबाट सिमित रुपमा फाइदा भएतापनि यसका असंख्य र असिमित तथा डरलाग्दा बेफाइदाहरु छन् ।
खुला सिमानाका कारण अनियन्त्रित रुपमा आउने भारतीय देखि तस्कर, चोर, डाका देखि सुरक्षा निकायसम्मका मानिसहरुको कारणले खासगरी हाम्रो दक्षिणी सिमाना नै मेटिने त होइन भन्ने शंका बारम्बार हुने गर्दछ । कतिपय ठाउँहरुमा त कहाँ देखि दुई देशको सिमाना छुट्टिन्छ भन्ने पनि थाह हुँदैन । भारतीय सीमा सुरक्षा टोलीहरु नेपालको राजधानी काठमाडौंसम्म हतियारसहित आवतजावत भइरहँदा पनि हाम्रो सुरक्षा निकायको अकर्मन्यता र निष्कृयताले रोक्न सकेन । यसले राष्ट्रको सुरक्षालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बाधा पु¥याइरहेको छ ।
खुला सिमानाको सबैभन्दा ठूलो मार स्थानीय जनताले खेप्दै आएका छन् । मूख्य गरी सीमा पारीबाट आउने हत्यारा, लुटेरा, अपहरणकारी डाँका, तथा गाई गोरु चोरहरुका लागि त खुला सिमाना स्वर्ग नै भएको छ । पहिला पहिला सिमित रुपमा देखिएका डाका, हत्यारा अपहरणकारीको अहिले प्रत्येक वर्ष संख्या बढिरहेको छ । अहिले नयाँ नयाँ रुपमा हतियारधारीहरु नेपालभित्र छिरेर बितण्डा मच्चाउने गरेको समाचारहरु आइरहेका छन् । तराईका सीमा जोडिएका गाउँ सहरका सर्वसाधारणहरु झनै त्रसिद् नै छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रका नेपालीहरुलाई बेला मौकामा गोली हानेका घट्नाहरु समेत ताजै छन् ।
केहि वर्ष अघि तराईमा चलेको आन्दोलनका समयमा भएको गौर हत्याकाण्डको मूख्य कारक तत्व नै खुला सिमाना नै हो । यो हत्याकाण्डमा भार्तीय डाकाहरु र भारतीय गाडीहरुको प्रशस्त प्रयोग भएको सुनिन्छ । यसतर्फ हाम्रो प्रहरी प्रशासन नकाम मात्रै होइन, यसलाई रोक्ने काममा असफल नै भएको छ । जनताको आक्रोस कम हुनासाथ आम्दानीको स्रोत व्यापारीको साँठगाँठमा गरिने अबैद्य व्यापारमा संलग्न हुन्छन् । उनीहरुलाई सर्वसाधरणको सुरक्षा भन्दा आफ्नो जागिरको अवधिभर तराई क्षेत्रमा पोष्टिङ भएको अवसरलाई पैसा कमाउन घुडा धसेर लागेको देखिन्छ । यस कार्यमा गृह प्रशासन संलग्नता नभईकन सम्भव हुँदैन । साथै मिडियाले लगाउने आरोपको पनि कुनै मतलव राखेको देखिदैन । खुला सिमानाबाट हुने महिला बेच बिखनका गतिविधि रोक्न पनि सरकारी पक्षबाट कुनै कडा पहल हुन सकेको छैन ।
भारतले आफ्नो सीमाभित्र बंगलादेशीको प्रवेश रोक्न भारत र बंगलादेशबीचको सिमानामा काडेतार लगाएको छ । त्यहाँबाट भारतमा आउने आप्रवासी बंगलादेशी र अवैद्य रुपमा वंगलादेशबाट भारत आउने समानहरुको आयत रोक्ने भारतीय अभिप्राय हो । बंगलादेश अत्याधिक जनघनत्व भएको देश हो । त्यहाँबाट लाखौं बेरोजगार वंगालीहरु भारतलगायत अरबका बिभिन्न देशहरुमा कामको खोजिमा जाने गर्दछन् । त्यस्तै गरेर भारतले पाकिस्तानसँगको सिमानामा कांडेतार, क्यानल, डिचकम बण्ड जस्ता निर्माण गरी लाखौं सुरक्षाफौज खटाएर सुरक्षालाई अत्याधिक कडा गरेको छ । त्यस्तो कडा सीमाबाट पनि भारतीय र पाकिस्तानी आफन्तहरु अवैद्य घुसपैठ गरी ज्यान जोखिममा पारेर ओहोर दोहोर पारिरहेका छन् ।
नेपालतर्फको भारतको खुला सिमानामा भने भने भारतले कहिल्यै पनि नियन्त्रण गर्ने प्रयास गरेन । खाली यसलाई सजिलै घुसपैठ गर्ने हतियारको रुपमा मात्रै प्रयोग गरेको पाइन्छ । भारतले नियन्त्रण गरे पनि नेपालीलाई दुःख नियतले मात्रै काम गरेको देखिन्छ । जुन २०२७, २०४६ र २०७२ सालमा नाकाबन्दी गर्नका लागि गरिएको थियो । चोरी निकासी र अवैद्य ब्यापार गर्नका लागि खुला सिमाना स्वर्ग नै भएको छ । उनीहरु सानोचिनो सीप भएका र नभएका मानिसहरुले कुनै न कुनै रुपमा आयमूलक काम गरेर पनि भारतीयहरुले आफ्नो जीबिका चलाएका छन् । नभए चोरी ठगी गरेर पनि नेपालतर्फ छिटो पेटभर्ने काम गरेका छन् ।
यहि खुला सिमानाबाट केहि वर्ष अघिसम्म भारतको सबैभन्दा गरिब र अपराधीहरुको राज्य भनेर चिनिने बिहारले आजभोलि विकासको गति लिन थाले पनि त्यहाँबाट आउने भिखमांगा, डाका, लुटेरा, हत्यारा, आतंककारीहरु र अपहरणकारीहरुका लागि यो खुला सिमानाले उनीहरुलाई काम गर्नका लागि सजिलो पारिदिएको छ । अझ भारतले नेपाललाई बेला मौकामा आएसआई (पाकिस्तानको जासुस निकाय) लाई संरक्षण दिएर भारत आउन सजिलो पारिदियो भन्ने दोष लगाउँछ । तर, खुला सिमाना नियन्त्रण गर्ने कुरा गर्दैन ।
दिनमा हजारौं थरिका व्यापारिक समान राजश्व नतिरी खुला सिमानाको उपयोग गर्दै प्रहरी प्रशासन र स्थानीय तस्करको आडमा नेपाल भित्रिरहेका छन् । यसबाट अबौं रुपैयाको राजश्व चुहावट भइरहेको छ । अहिले त तस्करीको समानसँगै गोलि, बम र बारुदसमेत त्यत्तिकै मात्रामा भित्रिएको समाचार माध्यममा सुन्न पाईन्छ । खुला सिमानाबाट तस्कर सम्बन्धित भन्सार प्रहरी प्रशासन र कर्मचारीका हाकिमहरुको नयाँ भवन बन्नु बाहेक नेपाली जनताका लागि केहि फाइदा छैन । तैपनि सरकार राजनीतिक पार्टी, स्थानीय प्रशासन कसैले पनि सीमा नियन्त्रण गर्ने कुराको आँट पनि गर्दैनन् ।
उता भारतले किन गर्छ, जसले बेला मौकामा आफ्ना सुरक्षाका अंगहरुलाई हतियारसहित नेपालको राजधानी काठमाडौंसम्म पु¥याई मानिसहरु पक्राउ गर्ने र मार्नेसम्मका कामहरु गर्न पाइरहेका छन् । यसबाट प्रत्येक स्वाभिमानी नेपालीहरुलाई आफ्नो सुरक्षामा खत्तरा महसुस हुन्छ । सन् १९५० को सन्धिको आडमा भारतीयहरु बिना रोकतोक आइरहेका छन् । त्यस्ता बिभिन्न थरीका अनरिकर्डेड मानिसहरुको चाप बढ्न गई सुरक्षामा पनि ज्यादै ठूलो खत्तरा भइरहेको छ । केहि प्रतिशत नेपालीहरु भारतमा कामको खोजिमा गएर उनीहरुलाई केहि फरक पर्दैन । तर, भारतको कहि प्रतिशत मानिसहरु नेपालमा आउँदा सानो देश नेपाललाई के असर पर्दछ ? हामी सबैले बुझेकै हुनुपर्दछ । बेला मौकामा भारतीयहरु यहि खाुला सिमानाबाट नेपाल छिरी सीमा अतिक्रमण, लुटपाट, हत्या, अपहरण, डकैतीका घट्नाहरु घटाईरहेका छन् । भारत नेपाल तर्फका सीमाना व्यवस्थापन गर्न चाहदैन किनकी त्यसको प्रत्यक्ष असर नेपालाई मात्रै छ ।
नेपालको तराईमा सुरक्षाका लागि सुरक्षा निकायले बारम्बार नयाँ नयाँ सुरक्षा योजना बनाई कार्यन्वयन गरेपनि त्यहाँ हुने अपराधका घट्नाहरु नियन्त्रण हुन सकेका छैनन् र हुन पनि सक्तैनन् । जबसम्म हाम्रा तराईका सिमाना पुरै नियन्त्रण हुँदैनन्, त्यसका लागि आवश्यक बिभिन्न नाकाहरु बनाई मजबुत तारको बारहरु राखि सीमा नियन्त्रण गर्न आवश्यक छ । नत्र त्यस्तै क्रम बढेर एकदिन नेपाल पनि फिजी जस्तै बन्न बेर छैन । अनि नेपालमा भारतीयहरुहरुको संख्या बढेर नेपाल जस्तो सार्वभौम सम्पन्न राष्ट्रलाई अप्ठ्यारो स्थिति आउन सक्तछ ।
गणतन्त्र आएपछि जुन किसिमले लाखौं लाख भारतीयहरुलाई गिरिजा प्रसाद कोइरालाको सरकारबाट नागरिकता वितरण गर्न हत्तार गरियो, त्यहि किसिमले हाम्रा नेता र उच्च तहका कर्मचारीहरु लागेमा देश सिक्किमीकरण हुन धेरै कुर्नपर्दैन । त्यो नभए पनि भुटानको स्थिति भने आउन सक्ने देखिन्छ । अहिले संक्रमणकालिन राजनीतिक स्थितिमा हाम्रा नेताहरुको भारत भक्ति र भारतसँग भएको अत्याधिक निर्भरताले पनि देखाइरहेको छ ।
नेपाल भारतको खुला सिमानालाई सीमा सुरक्षा निकायको निगरानीमा तारको बार वा अन्य उपयाबाट नियन्त्रण वा नियमित गर्दा त्यसबाट देशको राजश्व बढ्ने, हाम्रो भूभाग सुरक्षा रहँने, अपराधिक गतिविधि नियन्त्रण हने, चेलीबटेटी महिला बेचबिखन नियन्त्रण हुने, सिमानामा बस्ने नागरिकहरुमा सुरक्षाको प्रत्याभूति हुने आदि इत्यादि फाइदाहरु छन् । यो कसरी गर्ने भन्ने बारेमा दुई राष्ट्रका सम्बन्धित ब्यक्तिहरु बसि स्थानीय तराईका नेताहरुसमेतलाई ुसंलग्न गराई सम्झौता गर्ने व्यवस्था गर्नुपर्दछ । दुबै देशको सिमानको निश्चित क्षेत्र दशगजा (नो म्यान्स लेण्ड)खाली राख्नुपर्छ ।
भूगोल तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित ‘नेपालको सिमाना व्यस्थापन’ मा उल्लेख गरे अनुसार मजबुत तारबार लगाई त्यसको रेखदेख गर्न सीमा सुरक्षा बलको पोष्टहरु निर्माण गर्न उचित हुनेछ । यसबाट स्थानीय व्यक्तिलाई सीमा वारपारमा जहाँसुकै जान आउन रोकतोक भएपनि सुबिधाका लागि प्रशस्त नाकाहरु राखि तोकिएको सिमानाको गेटबाटै आफु नेपाली भन्ने परिचय दिई जान आउन बानी पार्न केहि समय लाग्न सक्छ । सिमानाको नाकामा जाँदा आउँदा आफु नेपाली हो भने कुनैपनि कागजात, राहदानी, नागरिकता, परिचय पत्र, निर्वाचनको मतदाता परिचयपत्र इत्यादिबाट जान आउन सकिने हुनुपर्दछ । भारतीय नागरिकलाई सोहि अनुरुप चेक गरी आवतजावत गर्न दिनुपर्दछ । तर, निजहरुको रेकर्ड भने अनिवार्य राखिनुपर्छ । यसबाट दुबै तर्फ के कति कस्ता मानिसहरु ओहोरदोहोर भए ? त्यसको रेकर्ड दुबै देशमा रहन्छ, त्यसपछि मात्र देशमा कति नागरिक र कति आप्रवासी छन् ? भन्ने जनगणना गर्न सकिन्छ । चेक प्वाइन्टमा मानिस र गाडी राम्रोसँग चेक गर्ने व्यवस्था हुनुपर्दछ । सिमाना पार गर्दा समान चेक गर्दा गाडीमा भएका मानिसलाई गाडीबाट तल झारेर चेक गर्नुपर्दछ ।
स्मिा समयमै व्यवस्थापन गर्न सकिएन भने भारतद्वारा तीनतिरबाट घेरिएको हाम्रो देशको अस्तित्व नै गुम्न सक्छ । संसारभर फैलिएर रहेका नेपाली मात्रको राष्ट्र नेपाल जोगाउन हामी सबैले लाग्नुपर्ने बेला आइसकेको छ । नत्र भने पुर्खाहरले सिर्जना गरी जोगाएको यो सानो राष्ट्र इतिहासमा मात्र सिमित रहनेछ ।
बिभिन्न नाकाहरुबाट जान आउन सक्ने गरी अन्य स्थानलाई मजबुत तारबार लगाउन दुबै देशका सरकार, राजनीतिक दलका नेता, स्थानीय जनताको तत्परता र पहल हुन अब ढिलाई गर्नु हुँदैन । त्यस्तै सुरक्षा निकायलाई रेखदेख गर्न बिभिन्न स्थानमा ओपी (अब्जरर्भेसन पोष्ट) निर्माण गर्नुपर्दछ । यो कार्य सशस्त्र प्रहरी बलले गर्नुपर्छ ।
बिभिन्न स्थानमा भवन निर्माण गर्दा यस्ता पोष्टहरुको योजना बनाई संगसंगै निर्माण गरिएमा उपयुक्त हुनेछ । राष्ट्रको सीमा मजबुत र व्यवस्थित बनाउने विषयमा गहन छलफल र बहस सुरु होला र त्यसलाई सहि निष्कर्षमा पु¥याउन नयाँ नेपालका नेता र कार्यकर्ताहरु पहल गर्लान् कि भन्ने आफुलाई लागेको थियो । उक्त इलाकामा घर हुने कतिपय व्यक्तिका आफन्त नातागोताहरु सीमापार भएपनि तोकिएको नाकाबाट सीमापार जान सक्छन् । यसबाट अनियन्त्रित रुपमा आउने अपराधिक तत्वबाट समाजमा पर्न सक्ने प्रभाव कम गर्न सकिन्छ । सीमा व्यवस्थापन भएमा सीमा पारिबाट अलि अलि गर्दै हाम्रो तर्फको मलिलो जमिन कोट्याउँदै सीमा अतिक्रमण गर्ने कार्य पनि रोकिन सक्छ ।
मैले आफ्नो घर बनाइसकेपछि कम्पाउण्ड बनाउन केहि समय लागेको थियो । त्यस बखत मैले आफ्नो जग्गामा मकै लगाएको थिएँ । एक दिन एउटा बाख्राले भरखरै उम्रिएको मकैको टुसा खाएछ । बाख्रालाई नजिकैको पोलमा बाधे । साँझतिर बाख्रा धनी बाख्रा खोज्दै आइपुगे । मैले उनलाई किन बाख्रा छाडेको हो ? मेरो मकै खायो भनेपछि उनले सरी भन्दै बाख्रा लिएर गए । त्यसपछि आफुसँग भएको इट्टा राखेर बाख्रा नछिर्ने बनाए ।
एक दिन छिमेकीको गाई नै आएर बाँकी सबै मकै खाइदियो । त्यसपछि मेरो र गाईधनीबीच केहि विवाद भयो । मैले भने कि गाई बाध्नुप¥यो कि हेनुप¥यो । उनले सबैतिर खुला चौर भएकाले त्यहि चौरमा मात्रै घास खान्छ भनेर छाडेको । तपाईको मकै देखेर लोभियो होला । त्यसैले ‘कम्पाउण्ड राम्रोसँग लगाउनुप¥यो, कसैको वस्तुले खादैन’ उनले भने । मैले पनि केहि दिनपछि कम्पाउण्ड लगाए ।
राष्ट्रको सुुरक्षाका लागि पनि हामीले बलियोसँग दुई वा तीन फेजको तारको बारमा कन्सर्नटिना वायर लगार्य सीमा सुरक्षालाइृ मजबुत पार्न सकिन्छ । यसबाट खुला रुपमा आउने अबैद्य र अनियन्त्रित आवगमन नियन्त्रण हुन्छ । राष्ट्र र राष्ट्रबीचको सिमानाको महत्व अनि मात्र हुन्छ । त्यसबेला मात्रै सार्वभौम राष्ट्रको अनुभूति हुन्छ । तराईका सबै जिल्लाहरुबाट आउने आम्दानीको केहि प्रतिशत रकम छुट्टाई सम्बन्धित जिल्लालाई जिम्मा दिएमा पनि ठूलो बोझ हुँदैन । बरु त्यो सीमा नियन्त्रणबाट आएको थप राजस्वले राम्रोसँग क्षतिपुर्ति गर्ने मात्रै होइन, अरु आम्दानीमा वृद्धि हुनेछ । सही सीमा व्यवस्थापनबाट दुबै देशको सुरक्षामा प्रत्यक्ष लाभ पुगि बिभिन्न समयमा हुने सीमा अतिक्रमणको वादविवाद र एक अर्कोलाई लगाउने आरोप पनि रोकिन जानेछ । यसका लागि दुबै राष्ट्रका नेताहरुले यस विषयमा गम्भीर भई लागेमा अवश्य पनि यो कार्य सफल हुनेछ । यसले दुबै देशलाई फाइदा पुगि सम्बन्ध पनि प्रगाढ हुनेछ ।
हाम्रो देशका राजनीतिक नेताहरु सरकार बाहिर बसुन्जेल राष्ट्रियताको कुरा निकै ठूलो आवाजमा गर्ने गछैन् । सीमा व्यवस्थापन गर्र्ने, १९५० को सन्धिलाई खारेज गर्ने कुराहरु भन्न बिर्सदैनन् । तर, सरकारमा पुगेपछि राष्ट्रिय हितलाई लत्याएर आफ्नो व्यक्तिगत स्वार्थ र छिमेकीलाई खुशी पार्न जस्तो सुकै सन्धि र सम्झौताहरु गर्न पनि पछि हट्दैनन् ।
सीमा व्यवस्थापनमा छिमेकी राष्ट्र भारतका बिहारी नेताहरुले बोल्न सक्छन् भने हाम्रा नेताहरुले किन बोल्ने आँट गर्दैनन् । बिहारका तत्कालिन मूख्यमन्त्री नितिस कुमारले २०६७ साल माघ ८ गते दिल्लीमा भएको मूख्यमन्त्रीहरुको आन्तरिक सुरक्षा सम्बन्धी बैठकको पत्रकार सम्मेलनमा बोलेको कुरा २०६७ साल माघ २० गतेको नागरिक दैनिकमा प्रकाशन गरिएको थियो । जसमा भनिएको छ ‘नेपाल भारत (बिहार)को ७२६ किमी खुला सीमामा सडक निर्माण तथा भारत बंगलादेश र भारत पाकिस्तानमा लगाए जस्तै नेपाल भारत सीमालाई पनि व्यवस्थापन गर्नका लागि माग गरेका छन् । यसबाट अवैद्य घुसपैठ, लागू औषध तस्करी, नक्कली नोटको कारोबार, मानव तस्करी जस्ता अवैद्य र अपराधिक गतिविधि विरुद्ध लड्न सकिने बताएका छन्’ ।
खुला सिमानाका कारण नेपालमा प्रतिवर्ष पाँच अर्ब रुपैयाको लागू औषध नेपाल भित्रिने गरेको खबर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिएको देखेको छु । यसबाट हाम्रा युवा युवतिहरुमा लागै औषधको कुप्रभावलाई मद्दत पु¥याउन कति सजिलो भइरहेको रहेछ भन्ने कु।ाको सहजै थाह हुन्छ । त्यस्तै भारतीय रुपैया कुनबाटोबाट भारतमै फर्किरहेको छ ? भन्ने पनि बुझ्न सकिन्छ । यसले नेपालको व्यापार घाटालाई मद्दत पु¥याएको छ ।
नेपाल सरकारले तराईमा बढ्दो असुरक्षा, लटपाट, हत्या,अपहरण जस्ता अपराधिक कार्यलाई रोक्नेतर्फ यस्तै नीतिगत कुराहरु उठाउँन आवश्यक छ । २०६९ वैशाख ७ गतेको नागरिक दैनिकमा पनि ‘सीमा नियमन आवश्यक’ शिर्षकको सम्पादकीय निकै समसामयिक र व्यवहारिक छ । दुबै पक्षको हितलाई मध्येनजर गरी लेखिएको प्रसतुत सम्पादकीयले धेरैको आँखा खुल्ने कुरामा कुनै शंका छैन ।
महासेनानीको डायरीबाट