December 8, 2022

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सानो भर्याङको यातायात कार्यालयबाट ११ जना बिचौलिया पक्राउ


काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले यातायात कार्यालयमा अनाआवश्यक रुपमा प्रवेश गरी सेवाग्राहीसँग इजाजत तस्तूरमा बढि मूल्य लिने र कर्मचारीहरुसँग मिलेमतो गर्ने ११ जना बिचौलियाहरु पक्राउ गरि अनुसन्धान गरिरहेको महानगरीय प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । यहि पौष २१ गते दिनको १० बजे काठमाडौं महानगरपालिका वडा नं. १५ सानो भ¥र्याङस्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने÷दिनेकार्यमा बाधा पु¥याई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिन खोजी छिटो छरितोकाम गरिदिने भनी आश्वासन दिई जवरजस्ति सेवाग्राहीहरुलाई तानी अनावश्यकदुःख हैरानी दिई सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
पक्राउ परेका बिचौलियाहरुलाई मुलुकी फौजदारी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भई रहेको महानगरीय प्रहरी परिसरले बताएको छ । पक्राउ परेका बिचौलियहरुमा ताप्ली गाउँपालिका वडा नम्बर दुई उदयपुरका अजय मगर, राजघाट गाउँपालिका वडा नम्बर ७ का हेम बहादुर खपाङ्गी, तावाश्री गाउँपालिका उदयपुरका वडा नम्बर ९ का सरज मगर, जानकी गाउँपालिका वडा नम्बर ३ सर्लाहीका साजन मगर, चन्द्रनिगाहपुर नगरपालिका वडा नं.१, रौतहटका विश्व बल्ल, भरत पोखरी कास्कीका सृजन थापा, चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर १, रौतहटका सुवास योन्जन लामा, दुधपोखरी गाउँपालिका ८ का मेघराज गुरुङ, नेपाल गञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का सुशान गिरी, नागर्जुन नगरपालिका वडा नम्बर दुईका लक्ष्मण सुनुवार, उमाकुण्ड गाउँपालिका वडा नम्बर ८, रामेछापका विज्ञान सुनुवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.