September 1, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा बिस्तार


काठमाडौं । देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवाबिस्तार गरि सकेकोछ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको जानकारी बिक्रि प्रबन्धक मनोज शर्माले दिनु भएको छ । नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा, पनौती, पोखरा र बिराटनगर लगायतअन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज र धनगढीमा पनि पुग्दै छ ।
अवग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दाकममुल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने भएको छ । ग्राहकहरुले मासिक मात्र रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा पाँच जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नुहुनेछ ।
अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साहथप्न डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ । २०७८ असोज ११ गते देखि लागुहुने यो योजनाअन्तरगत डिशहोम फाइवरनेटको नयाँ कनेक्सनलिने चारजना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जानपाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा वा नजिकैको डिशहोम डिलर दाईलाई संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.