September 13, 2021

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

जनता आवास अन्तर्गतको दलित डोमहरुको घर निर्माणमा पनि भ्रष्टाचार !

1 min read


वीरगञ्ज । जनता आवास कार्यक्रम अन्तर्गत २० वटा घर दलित बस्तीमा निर्माण गर्नका लागि बजेट बिनियोजन भए पनि निर्माण समितिका अध्यक्षले निर्माण सम्पन्न नहुँदै रकम झिकिसकेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर वडा नम्बर १ को छपकैया बजार डोम बस्तीमा घर निर्माणका लागि प्रदेश नम्बर २ अन्तर्गतको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय अन्तर्गतको जनता आवास कार्यक्रम अन्तर्गत यो परियोजना सञ्चालन गरिएको हो । तर, अहिले उक्त बस्तीमा बनेका घरहरु ढलानसमेत नभइसकेको अवस्था छ ।
प्रति घर तीन लाख ३६ हजार रुपैयामा निर्माण गर्नुपर्नेमा दुई किस्ता रकम झिकिएको सब इन्जिनियर तथा उक्त परियोजनाका निरीक्षक मनोज गुप्ताले डायरी एक्सप्रेस साप्ताहिकलाई बताए । ‘कार्यविधिमै खन्ने बित्तिकै पहिलो किस्ता भुक्तानी गर्नुपर्ने र डिपिसी गरेपछि दोस्रो किस्ता भुक्तानी गर्नुपर्ने भएकाले आफुले त्यसै अनुसार काम गरेको हुँ’ सब इन्जिनियर गुप्ताले बताए ।


निर्माण समितिका अध्यक्षमा बंका डोमलाई राखेर जसपाका प्रदेश सभा सदस्य रमेश पटेलले निर्माण सम्पन्न भइसकेको भन्दै बैंकबाट रकम झिक्न लगाईसकेको स्रोतले डायरी एक्सप्रेस साप्ताहिकलाई बतायो । स्रोतका अनुसार जनता आवास कार्यक्रम पर्साका निमित्त प्रमुख राजेन्द्र साहसँग पटक पटक सम्पर्क गर्दा मोबाइल नम्बर स्वीच अफ गरिएको पाइयो ।
जनता आवास कार्यक्रम अन्तर्गत प्रति घर तीन लाख ३६ हजार पाएर खुशी भएका दलित डोमहरुको सपना अहिले यत्तिकै तुहिने अवस्थामा छ । साथै दलित डोमहरु अहिले ढलान पनि नभएका कारण वर्षातको पानीबाट जोगिन मुश्किल हुने अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.