January 22, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

अपाङ्गता भएका व्यक्तिहरुलाई खोप कार्यक्रममा प्राथमिकता दिलाऔं ःडा.पोखरेल

डा. वीरेन्द्र राज पोखरेल, पुर्व अध्यक्ष, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल


कोभिड खोप लगाउने सन्दर्भमा सो सेवाको पहुँचबाट टाढा हुनपुगेका बर्ग समुदायका अभियन्ताहरुले सामाजिक सञ्जालहरुमा आ–आफ्ना तर्क, गुनासाहरु र आक्रोस पोख्ने गरेको कुरा अस्वाभाविक मान्न सकिंदैन । तर यस्ता अभिव्यक्तीहरुले कुनै संस्था र यसको नेतृत्वले गरेको पहलकदमी, सम्पर्क र समन्वयको अवमुल्यन हुने गरि पुर्वाग्रही ढंगबाट कुराहरु लेख्ने गरेको कार्यप्रति गहिरो चिन्ता लागेको छ । हालै राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरु प्रतिको आफ्नो समर्पण, अभिभाबकत्व र जिम्मेवारीका खातिर गर्दै आइरहेको कार्यमा अवमुल्यन हुनेगरी कोभिड खोपको पहुँचमा अपाङ्गता भएका व्यक्तिहरुको प्राथमिकता नभएको भनि फेसबुकमा गरिएको पोष्टहरुले अपाङ्गता अधिकार आन्दोलनलाई थोरै पनि लाभ पु¥याउँदैन ।
हाल आस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको खोप भेरोसेल नेपाल सरकारले प्राथमिकताको आधारमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षा निकाय र जेष्ठ नागरिकहरुलाई लगाउन शुरु गरेको कुरा सबैको जानकारीमा छंदैछ । यो खोप कतिपय अपाङ्गता भएका व्यक्तिहरुलाइ समेत प्राथमिकतामा राखेर दिइएको छ । हुनत नेपाल सरकारले जारी गरेको अपांगता समावेसी कोभिड निर्देशिका २०७७ ले समेत अपाङ्गता भएका व्यक्तिहरुलाई स्थानिय सरकारले कोभिड सम्बन्धी राहत, प्रतिकार्य र उपचारमा समेत प्राथमिकता दिने कुरा उल्लेख छ । यो प्राथमिकता खोपमा समेत लागु हुने कुरा मेरो बुझाइ हो । यसै कुरालाइ सैध्धान्तिक आधार मानेर कतिपय साथीहरुले आ–आफ्नो व्यक्तिगत पहलकदमीमा कतिपय अपाङ्गता भएका व्यक्तिहरुलाइ खोपको पहुँचमा पु¥याउन सकेको कुरा यथार्तता हो । अझ राष्ट्रिय अपाङ्ग महासंघ नेपालले त संस्थागत रुपमा नै देशव्यापी संयन्त्र मार्फत झनै धेरै पहलकदमी गरिरहेको कुरा मेरो जानकारीमा छ ।
कोभिड १९ को बढ्दो संक्रमण र जोखिमपुर्ण अवस्थाबाट जोगाउन अपाङ्गता भएका व्यक्तिको सुरक्षालाई ध्यान दिन अनुरोध गर्ने देखि लिएर राष्ट्रिय मानव अधिकार आयोग, गृहमन्त्रालय राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाहरु र गाउँपालिकाहरु समक्ष देशव्यापी संयन्त्र मार्फत कोभिड् महामारीको संकटमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको सुरक्षा र खोपमा प्राथमिकताको लागी महासंघको अध्यक्ष मित्रलाल शर्माले आफ्नो टिम परिचालन गरि कार्य गरिरहेको कुरा यथार्तता हो । यस कार्यमा प्रोत्साहन गर्नुको साटो आलोचना गर्दा नेतृत्व तहको मनोबल कस्तो हुन्छ होला ? फेरी यो विषय कुनै राजनितिक विषय होइन । अपाङ्गता अधिकारमा समर्पित सबै अभियन्ताहरुले अपाङ्गता अधिकारका बारेमा सरकारले लिएको निती तथा कार्यक्रमको दोष र गुणको आधारमा मुल्यांकन गरिरहेका हुन्छन् । यसमा कुनै पार्टि विशेष र नेता विशेषको नाम जोडेर महासंघलाइ नकारात्मक टिप्पणी गर्नु आफ्नै अभियान कमजोर बनाउनु हो । तसर्थ मेरो सबैमा आग्रह के छ भने आजको यस कोरोना कहरको विषम परिस्थितीमा एकअर्कालाइ सहयोग गर्दै सबै अपाङ्गता भएका व्यक्तिहरु, तिनका परिवार र केयर टेकरहरुको सुरक्षाका लागी खोप कार्यक्रममा प्राथमिकता दिलाउन पहल गरौं र हाम्रो साझा अभियान सफल बनाऔं ।
डा. वीरेन्द्र राज पोखरेल, पुर्व अध्यक्ष, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.