Sat. Mar 6th, 2021

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

९ केजी लागूऔषध चरेससहित देवान पक्राउ

1 min read


वीरगञ्ज । पर्सा प्रहरीले ९ केजी २० ग्राम चरेससहित बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरका ६० वर्षिय मुस्लिम देवानलाई पक्राउ गरिएको जनाएको छ । शनिवार दिनको अन्दाजी ११ बजेको समयमा विक्री वितरण गर्ने प्रयोजनका साथ राखिएको उक्त परिमाणको चरेससहित पक्राउ गरिएको हो ।
प्रहरीले प्राप्त गरेको सूचना अनुसार देवानको घरमा खानतलासी गर्दा घरको कोठामा रहेको खाटमुनि लुकाएर राखिएको ५०० ग्रामको १२ पोका र २५० ग्रामको १२ पोका गरी ९ केजी २० ग्राम चरेस र चरेस बनाउन आवश्यक पर्ने लासा ९२० ग्राम साथै चरेस पेल्ने तीनवटा मेसिनसहित उनलाई अनुसन्धानको लागि हिरासतमा लिइएको पर्सा प्रहरीको विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *