April 15, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

संवैधानिक निकायमा नियुक्ति गर्दा संविधानकै धारा उल्लेख भएन


काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको विभिन्न धारा बमोजिम संवैधानिक परिषद्को सिफारिसमा तपसिल अनुसार संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको २०७७ साल माघ २१ गते बुधबारका दिन नियुक्त गरेकी छन् । पौष ३० गते प्रधानमन्त्री ओलीले संविधानमा उल्लेखित विषयमा अध्यादेश ल्याई संविधान संशोधन गरेका थिए ।
आज सपथ ग्रहण गर्नेहरुमा
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त प्रेम कुमार राई (पूर्व गृहसचिव), आयुक्तमा किशोर कुमार सिलवाल (पूर्व न्यायाधीश) र जय वहादुर चन्द (पूर्व प्रहरी अतिरिक्त महानीरिक्षक), २. निर्वाचन आयोगमा आयुक्त राम प्रसाद भण्डारी (वरिष्ठ अधिवक्ता) र निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर,
३. राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तप वहादुर मगर (सर्वोच्च अदालतका पूर्व न्यायाधीश, सदस्य डा. सूर्य प्रसाद शर्मा ढुङ्गेल (वरिष्ठ अधिवक्ता), सदस्य मिहिर ठाकुर (पूर्व न्यायाधीश), सदस्य मनोज दुवाडी (अधिवक्ता), सदस्य लिली हजुर बस्न्यात,
४. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सदस्य श्री जुद्ध बहादुर गुरुङ (पूर्व दस्य सचिव, नेपाल प्राकृर्तिक संरक्षण कोष), सदस्य श्री अमर राज मिश्र,
५. राष्ट्रिय महिला आयोग अध्यक्ष कमला कुमारी पराजुली
सदस्य कृष्ण कुमारी पौडेल, सदस्य विद्याकुमारी सिन्हा,
६.राष्ट्रिय दलित आयोग अध्यक्ष, देवराज विश्वकर्मा, सदस्य मीना देवी सोब, सदस्य टुन्जे कामी, सदस्य मेहले पार्की,
७. राष्ट्रिय समावेशी आयोग सदस्य रामचन्द्र जोशी
सदस्य हरिदत्त जोशी
८. आदिवासी जनजाति आयोग अध्यक्ष राम वहादुर थापामगर (तत्कालिन माओवादीबाट समानुपातिकबाट सभासद)
सदस्य डा. मीन बहादुर श्रीस, सदस्य श्रीमती रिना राना, सदस्य शरण राई
९. मधेसी आयोग सदस्य जीवछ साह, सदस्य श्री रेणु देवी साह, सदस्य विजय कुमार गुप्ता
१०. थारु आयोग सदस्य सुवोध सिंह थारू, सदस्य श्री भोला राम चौधरी
११. मुस्लिम आयोग सदस्य महमदिन अलि, सदस्य मिर्जा अर्सद वेग
राष्ट्रपति विद्यादेबी भण्डारीकोे उपस्थितिमा नव नियुक्त प्रमुख आयुक्त र अध्यक्षहरूले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर ज.ब.रा. समक्ष तथा आयुक्तहरू र सदस्यहरूले सम्बन्धित आयोगका प्रमुख आयुक्त र अध्यक्ष समक्ष आ–आफ्नो पदको पद तथा गोपनीयताको शपथग्रहण राष्ट्रपति भवन, महाराजगञ्जमा भएको थियो । राष्टपति कार्यालयबाट जारी विज्ञप्तीमा नियुक्ति गरेको संविधानको धारा बिभिन्न धारा भनेर गोलमाल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.