April 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

उदयपुरमा प्रेस काउन्सिलको सचेतना कार्यक्रम


काठमाडौ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ उदयपुर शाखाको संयोजनमा यहि माघ १९ गते उदयपुरको गाइघाटमा मिडिया बिकास कोषबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार तीर्थ कोइरालाले अहिलेको पत्रकारिता मोफसलमा मात्रै सिमित नभएर अन्तर्राष्ट्रिय स्तरको भएको बताएका छन् । उनले भने ‘नयाँ प्रविधिसंगै अभ्यस्त बन्दै फट्को मार्नुपर्ने परिस्थितिमा अहिलेको युग कुदेको छ तसर्थ पुराना पत्रकारले वरिपरिको परिवेश बुझेर समाचार पस्किन सक्यौं भने पत्रकारिता क्षेत्रमा सहयोग पुग्नेछ’ ।
मन्तव्यका क्रममा वरिष्ठ पत्रकार कोइरालाले भने ‘थोरै लगानीबाट धेरै प्रतिफलको चाहना लगानीकर्ताबाट अपेक्षा हुने गर्दै गर्दा पत्रकारको बाटो फरक हो भन्नेतर्फ सचेत रही लगानीकर्ताको आरिस र चिन्ता नलिइ आफ्नो पत्रकारिताको धर्म र कर्ममा दत्तचित्त भएर लागे पत्रकारितामा शुद्धता कायम हुने र यसको प्रतिष्ठा झनै उचो हुनेछ’ । सबै संचारमाध्यमका सस्थाबाट भाषागत शुद्धताकालागि आ–आफ्ना भाषाशैलीमा शुद्धता कायम हुँदा समग्र पत्रकार र पत्रकारिता जगतको गरिमा रहने हुँदा निरन्तर एक आपसमा बहस र छलफलले सही सुचना पस्किन सहयोग पुग्नेछ भन्नुभयो । बहस र छ्लफलको निरन्तरताले आपसी सद्भाव बढ्ने हुँदा राजनीतिमा गहिरो छ्लफलको कमी महसुस भएकोले नै अहिले समस्या देखा परेको हो उनले प्रष्ट पारे ।


नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्काको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रेस काउन्सिल नेपालका सह प्रशासकीय अधिकृत रामप्रसाद पोखरेलले मिडिया बिकास कोषका सहयोगका क्षेत्रहरू र कोषबाट संचार केन्द्र स्थापनाका लागि हालसम्म अनुदान प्राप्त गरेका बिभिन्न जिल्ला शाखाहरुका सम्बन्धमा प्रकाश पार्नुका साथै कोषबाट व्याज अनुदान लगायतका सुबिधा लिनका लागी पेस गर्नुपर्ने कागजातहरुका बिषयमा प्रष्ट पारेका थिए । छ्लफलका क्रममा उठेका प्रश्न र जिज्ञासा सम्बन्धमा सहप्रशासकीय अधिकृत पोखरेलले स्पष्ट पारेका थिए । सो कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जोङले प्रबिधीमैत्री अनलाइन पत्रकारिताबाट छिटो रेस्पोन्स हुने गरेको हुँदा यसको प्रभावकारिता र क्रेज बढेकोले पत्रकारलाई चनाखो भै सत्य तथ्य समाचार पस्किनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.