October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सरकारलाई नै चुनौति दिँदै पिडित जनताको घाउमा मल्हमपट्टि लगाउँदैछन् पूर्वसचिव ईन्जिनियर उपाध्याय

पूर्व सचिव ईन्जिनियर भीम उपाध्याय


काठमाडौं । लामो समय देखि सामाजिक सञ्जालमा सूचनामूलक समाचारहरू सार्वजनिक गर्दै आएका नेपाल सरकारका पूर्व सचिव ईन्जिनियर भीम उपाध्यायले दर्जनौ पीडित र गरिब नेपालीहरुको घाउमा मल्हमपट्टि लगाउने काम गर्दै आएका छन् । साथै महाविर पुन जस्ता मेगासासे पुरुस्कार बिजेताको आविस्कार केन्द्रमा पनि सहयोग जुटाइदिएका छन् । ईन्जिनियर उपाध्याय एक जना योग्य र इमान्दार ब्यूरोक्रेट्सका रुपमा नेपाल सरकारको सचिव पदबाट अवकाश प्राप्त गरेका हुन् । ईन्जिनियर उपाध्यायले खानेपानी मन्त्रालयमा सचिव र डोलिडारका महानिर्देशकसमेत भएर काम गरेका थिए ।
समाजवाद उन्मुख भनिएको केपी शर्मा ओली नेतृत्वको सरकारले सामान्य मानिसहरुको पीडा सुन्ने कष्ट नगरेपछि उपाध्याय जस्ता मनकारीहरुको खोजि पीडितहरुले गर्ने गर्दछन् । त्यसो त ‘सतिले सरापेको देश’ भनेर चिनिएको नेपालमा साईबर सम्बन्धि अपराध गरेको आरोपमा उपाध्यायलाई केपी ओलीको नेतृत्वको सरकारले २०७७ साल वैशाख १० गते बुधबार नियन्त्रणमा लिएर तीन दिन थुनामा समेत राखेको थियो । कोभिड–१९ नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामाग्री घोटाला भएको समाचार सार्वजनिक भएपछि तत्कालिन स्वास्थ्य सचिव यादव कोइरालासँग उपाध्यायको दोहोरो भनाभन परेको थियो ।
पीडामा परेका नेपालीहरुलाई उपाध्यायले कारण खुलाएर सहयोग आब्हान गर्ने बित्तिकै स्वदेश र विदेशमा बस्ने केहि नेपालीहरुले दिल फुकाएर सहयोग पनि गरेका छन् । यसरी उपाध्यायको मिसनमा सहयोग जुटाउनेहरुमा बेलायतबाट इशा गुरुङ, इजरायलकी सुनिता गुरुङ र अन्य ठाउँबाट जानकी पन्त, जून कमुद पन्त, विध्यावती पन्त, रेबिका थापा, निराजन लामिछाने, भोजराज खड्का लगायत विश्वभरका नेपालीहरू छन् । यसरी मनकारी दाताहरुलाई उपाध्यायले आफ्ना पाँच हजार फेसबुकका साथी र एक लाख पचासहजार भन्दा बढि संख्यामा रहेका फ्लोअरहरूमार्फत सार्वजनिक गर्दै आएका छन् । उपाध्यायको समूहले मेगासासे पुरुस्कार बिजेता महाविर पुनको आविस्कार केन्द्र र उद्दार गरिएका केहि पिडितहरुः


१. क्यान्सर पीडित झापाकी ४५ वर्षीया शारदा भट्टराई रू ७ लाख सहयोग, देहान्त ।
२.डडेलधुराकी ९ वर्षीया बालिका अनिता भण्डारीको पढाईका लागि रू १ लाख सहयोग ।
३. विदेशमा कामगर्ने पतिको निधनबाट पीडित बाराकी विधवा रूक्साना खातुनका लागि राहत रू एक लाख २५ हजार सहयोग ।
४. जनयुद्धकी पूर्व लडाकू घरबिहिन हुम्लाकी उषा थापा मगरको घर निर्माण रू ४ लाख ६० हजार सहयोग ।
५. क्यामारूनबाट नेपालमा आएका विदेशी खेलाडी ड्ड्डी वाम्बालाई घरफिर्ता गर्न रू १ लाख २५ हजार सहयोग ।
६. रोल्पाका १६ वर्षिय किशोर ठेकेन्द्र बिकलाई पढाउन रू १ लाख सहयोग ।
७. दैलेखकी ६ वर्षीया छाला रोग पिडित बिपना कठायतलाई कान्तिबालमा सबै निशुल्क उपचार र रू ५० हजार अन्य खर्च सहयोग ।
८. प्युठानका गरिब १३ वर्षीय पहिरोपीडित दुबै खुट्टा नराम्ररी घाईते भएका जीवन पुन मगरको दुबै खुट्टाको बी एण्ड बीअस्पतालमा शल्यक्रियाका लागि रू ६ लाख सहयोग ।
९. सर्लाहीका उखु किसान गगनदेव राय यादवको जग्गा लिलामीबाट जोगाउन रू ३ लाख सहयोग ।
१०. दलित परिवारका एमबीबीएस पाचौँ वर्षमा अध्ययनरत रामजी रामको खर्चका लागि रू ७ लाख सहयोग ।
११. क्यान्सर पीडित दार्चुलाका युवा नरेन्द्र पालका लागि सहयोग रू ३० हजार ।
१२. क्यान्सर पिडित बझाङका नविन खड्काका लागि सहयोग रू ३ लाख, देहान्त ।
१३. ठेलावाली मन्जु कुवँर क्षत्रीलाई रू ८ लाख सहयोग ।
१४. नेपाली रकेट गरूड बनाउन लागि परेका युवा टेलेन्ट प्राविधिक टोलीलाई रू २ लाख सहयोग ।
१५. अछाम कमलबजारस्थित श्री कालिका विद्यालयका बालबालिकाका लागि डेस्क बेन्च खरिद गर्न र जिर्ण स्कूल भवन मर्मत गर्न रू ८ लाखको सहयोग ।
१६. महाबीर पुन नेतृत्वको आविष्कार केन्द्रलाई दान रू २७ लाख ५० हजार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.