October 4, 2023

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

मालपोत कार्यालय टोखामा गाईजात्रा आफैले श्रेस्ता हराउने, सेवाग्राहीलाई तारेख लगाउने


काठमाडौं । मालपोत कार्यालयमा अहिले पनि सेवाग्राहीहरुले समयमा काम गराउन सक्तैनन् । सेटिङमा काम गर्ने लेखापढि व्यवसायीका काम बाहेक अन्य सर्वसाधारणले कुनै काम गर्नुपरेमा एकै दिनमा हुन सक्ने काम दश दिनमा पनि हुँदैन ।
धापासीका कुलमान तामाङको बैकबाट फुकुवाका लागि सिफारिस भएको जग्गालाई मालपोत कार्यालय टोखामा जाँदा श्रेस्ता नै भेटिएन । उनी मालपोत कार्यालय टोखामा धाएको १५ दिनपछि मात्रै श्रेस्ता नभेटिएका कारण खोजी गरिदिन मालपोत कार्यालय चावहिलमा पत्रचार गरियो यसरी मालपोत कार्यालयमा डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधि बुधवार कार्यालयमा जाँदा कर्मचारीहरु ११ बजे पनि आएर हाजिर गरिरहेका थिए । कार्यालय प्रमुख रमेश पौडेल पनि ११ बज्न पाँच मिनेट मात्रै बाँकी हुँदा कार्यालयमा प्रवेश गरेका थिए । तर, उनी विभागको मिटिङमा गएको झुठ कुरा बताए ।
मालपोत कार्यालयका बडापत्रमा सेवाग्राहीको कामहरु समयमा नभएमा प्रति दिन २५० का दरले बढिमा पाँच हजार रुपैयासम्म क्षति पुर्ति दिने व्यवस्था गरिएको भनेर लेखिएको देख्न पाईन्छ । तर, हालसम्म कसैलाई पनि क्षतिपुर्ति नदिएको मालपोत अधिकृत कार्यालय प्रमुख रमेश पौडेल बताउँछन् । कार्यालय प्रमुख नै समयमा नआउने भएकाले कार्यालयका कर्मचारीहरुलाई नत कुनै कारबाही नै अहिलेसम्म गरेका छन्, नत समयमा आउनेहरुलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरुस्कार नै । मन्त्री र सचिवहरुले मालपोतमा घुसखोरीको नियन्त्रण गरेको, ढिला सुस्तीको अन्त गरेको भाषण गर्दै हिड्ने भएपनि अहिले पनि मालपोतमा सेटिङमै काम हुने गरेको छ । सेटिङ बाहेक कामै नहुने बताउँछन् मालपोतमा भुक्तमान पाएका सेवाग्राही कुलमान तामाङ ।
मालपोत कार्यालयमा सानो कामका लागि जानु पर्दा पनि हेल्प डेक्स समेत नराखेका कारण लेखापढि व्यवसायीलाई मोटो रकम दिएर काम लिनुपर्ने बाद्यता आम सर्वसाधारण मानिसहरुलाई छ । अहिले कृषि मन्त्रालयमा सरुवा भएकी मन्त्री पद्मा अर्यालले भूमि मन्त्री हुँदा मालपोतको हाताबाट १५ दिनभित्र बिचौलिया हटाउने भाषण गरेपनि पछि उनी आफै शरणमा परेकी थिइन् । देशका केहि मालपोत कार्यालयमा डिजिटलाज्ड गर्ने गुलिया भाषण गर्दै आएपनि अहिलेसम्म पनि कहिले नेट नहुने कहिले के बिग्रने भन्दै ‘म्यानुअल सिस्टम’ नै घुस माग्ने कर्मचारीहरुको सहज बाटो बन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.