April 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पञ्जिकरण नगरिएका गाडीहरु सञ्चालनमा


हाकिमहरुले नै राख्छन् जस्केलाबाट करारमा आफन्तलाई जागिरे

काठमाडौं । सरकारले पञ्जिकरण नगरिएको गाडीहरुलाई राज्य दिनु पर्ने सम्पूर्ण सेवा सुबिधाहरु बन्द गर्ने निर्णय गरेको थियो । त्यस्ता गाडीहरुको रोड पर्मिट खारेज गर्ने, नामसारी रोक्का गर्ने, प्रदुषण जाँच पासलगायतका सेवाहरु रोक्का गर्ने, बिल बुक नविकरण नगर्ने र सवारी दर्ता पनि खारेज गर्ने २०७६ साल जेठ १८ गते सबै अञ्चल यातायात कार्यालयहरुमा परिपत्र पठाइएको थियो । अहिलेसम्म कतिवटा गाडीहरु पञ्जिकरण गरियो त्यो डाटा विभागले दिन चाहेको छैन । त्यसमा अझै झुलाउनका लागि प्रदेशबाट डाटाआइनपुगेको बताउने गरिन्छ ।
अहिले एकातकुना स्थित साना ठूला सवारी साधन कार्यालयमा धमाधम पञ्जिकरण नगरिएका, घरेल पनि मा पनि दर्ता गरिएका गाडीहरु दलाल मार्फत नविकरण गरिएको छ । दलालहरुलाई पाँच हजार रुपैया दिएपछि सहजै नविकरण गर्न गरेका गुनासो आम कार्यकर्ताहरुले नगाउने गरिएको छ ।
लेखनदासका रुपमा काम गर्दै आएका यातायात कार्यालयका बिचौलियाहरुले कर्मचारीलाई मिलाएर कमिसनमा काम गरिरहेका छन् । नाम नबताउने शर्तमा एक जना थापा थरका चालक भन्छन् हामीले चार महिनाको अवधिको नविकरण बापत तिर्नुपर्ने शुल्क पाँचसय मात्रै भएपनि बिचौलियाहरुलाई पाँच हजार दिनुपर्ने हुन्छ ।
यातायात कार्यालय बिचौलियालाई सहज रुपमा भित्र पस्न दिइएको छ । बिचौलियाहरुलाई यातायात कार्यालयका कर्मचारीहरुले नै पहँच बनाइदिएका हुन्छन् । यस्तो कार्य राज्यले अनुगमन गरी तत्काल रोक्नुपर्ने बताउँछन् यातायात क्षेत्र सुधारका अभियन्ता प्रेम बहादुर थापा ।

करारका कर्मचारी नै दलाली गर्छन् यातायात कार्यालयमा
यातायात विभाग र उपत्यकाका कार्यालयहरुमा सहयोगी र ड्राइभरहरु मार्फत बिचौलियाका भूमिकामा रहेर कमिसन खाने गरेका छन् । कतिपय करारका कर्मचारीहरुलाई घुस लिने गरी कार्यालय प्रमुखले नै मिलाउने गरेका छन् ।
क्यान्टिन सञ्चालनमा अधिकांश कर्मचारीहरु नै
यातायात व्यवस्था विभागमै करारमा राखिएकी कर्मचारीलाई क्यान्टिन सञ्चालन गर्न दिइएको छ । उनी कार्यालयमा हाजिर मात्रै गर्दछिन् । तर, काम चाहिँ आफ्नै क्यान्टिनमा गर्ने गरेकी छन् । त्यसो त वन मन्त्रालयका कर्मचारीले पनि आफ्नै मन्त्रालयमा क्यान्टिन सञ्चालन गरेका छन् । त्यसै गरी अधिकांश कर्मचारीका आफन्तहरुबाट यस्ता खालका अवैध धन्दा गरिन्छन् ।
नेपाल सरकारका सचिव दिपक सुबेदीले सेवा निवृत स्टोरका प्रमुखलाई पहुँच देखाएर पुनः करारमा राखिदिएका थिए । करारका अधिकांश कर्मचारीहरु सचिव र सहसचिवका घरमा काम गर्ने कामदार, ड्राइभरका छोरा छोरीहरु करारमा राख्ने गरिन्छ । घरमा काम गर्ने मानिसलाई जागिर लगाइदिने आश्वसनमा काम गर्दा पूर्व सचिव अर्जुन कार्कीको श्रीमतीको हत्या भयो । घरमा काम गर्ने कामदार बिजय चौधरीले अर्जुनकी श्रीमती मुना कार्कीको हत्या गरेका थिए । त्यसो त पूर्व राजदूत झाको पनि घरेलु कामदारबाटै हत्या भएको प्रमाणित भइसकेको छ । यसरी हाकिमहरुले काममा राखेका मानिसहरुकै कारण अपराध घटेको पाइएपनि अहिलेसम्म राज्यले करारमा राख्न पूर्ण रुपमा बन्द गरेको छैन ।
संसद सचिवालयमा पनि कामै नजान्ने प्राविधिकमा जागिर
संघीय संसद सचिवालयमा प्रशासनका सहसचिव सुरज कुमार दुराले आफ्नो सालो पहाड थापालाई प्लम्बरमा र साली कुसुम थापालाई पुस्तकालय सहायकमा जागिर लगाएका थिए । त्यसै गरी कानूनका उपसचिव विष्णुकाजी थापाले छोरीलाई र राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले पनि एक जना करारका कर्मचारी राखेर आफ्नो पहुँच देखाएका छन् ।
जस्केलाबाट कम्प्युटर अप्रेटरमा जागिर
संघीय संसद सचिवालयमा बसको हेल्पर भन्दै तीन जना करारमा कर्मचारी राखिएको छ । उनीहरु पनि सहसचिव र सचिवकै पहुँच पु¥याएर जागिर खाएका हुन् । संसद सचिवालयमा ५ जना कम्प्युटर अधिकृत र ११ जना कम्प्युटर अपरेटरहरु स्थायी रुपमा जागिर खाएका छन् । तथापि कुसुम शर्मा, सुशीला शर्मा केसी, आइतमाया योङहोङ, बबिता देबी शर्मा र होमा घिमिरेलाई पहुँचकै आधारमा कम्प्युटर अपरेटरमा करारको जागिर दिलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.