July 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पूर्व निर्वाचन आयुक्त शर्माले गरिन् बिदेशीसँग विवाह !

नेपालकी पूर्व निर्वाचन आयुक्त ईला शर्मा र भारतका पूर्व मूख्य निर्वाचन आयुक्त शाहबुद्धिन याकूव (एस वाई) कुरैशी


नैतिक आचरणको प्रश्न

काठमाडौं । पदमा हुँदा वा बाहिर रहँदा पनि पटक पटक विवादमा आउने गरेकी पूर्व निर्वाचन आयुक्त इला शर्माले भारतको गोरखपुरमा राम लीला देखाएकी छन् । भारतका आइएएस अफिसर तथा पूर्व प्रमुख निर्वाचन आयुक्तसँग दोस्रो विवाह गरेकी उनले काठमाडौंबाट लगेको बिरालो हराएको भन्दै त्यहाँको सुरक्षा निकायमा उजुरी गरिन् । रेल्वे स्टेशनमा हराएको उक्त बिरालो खोज्ने क्रममा उनले भेट्टाउनेलाई ११ हजार भारु इनाम दिने घोषणा समेत गरिन् । प्लेटफर्ममा पोष्टर टासिन । गोरखपुरको रेल्वेमा प्लेटफर्ममा उनको नेपालबाट लगिएको हिवर नामक बिरालो हराएको थियो । यस सम्बन्धमा भारतीय सञ्चार माध्ययमहरुले प्राथमिकताका साथ समाचार प्रकाशन गरे ।
को हुन् इला शर्मा ?
भारतका मूख्य निर्वाचन आयुक्त शाहबुद्धिन याकूव (एस वाई) कुरैशीसँग दोस्रो विवाह गरेकी इला शर्माको विगत सधै विवादमा रहँदै आएको थियो । उनी नेपालकै निर्वाचन आयुक्त भएकै समयमा कुरैशीसँग विवाह गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्त तथा १९७१ का आइएएस ब्याचका अफिसर कुरैशीसँग विवाह हुनुले नेपालका संवैधानिक निकायमा जिम्मेवार पदमा नियुक्ति पाएकी शर्माले सपथ खाए बमोजिम गोपनियता भंग गर्लिन वा नगर्लिन भन्न सकिदैन । ११ जुन सन् १९४७ मा भारतको राजधानी दिल्लीमा जन्मेका कुरैशीले सेन्ट स्टेफन कलेजबाट पोस्ट ग्राजुएटेड र कम्युनिकेसन र सोसल मार्केटिङमा बिद्याबारिधी गरेका छन् । जुन १० सन् २०१२ सम्म कुरैशी भारतको प्रमुख निर्वाचन आयुक्तको पदमा बहाल थिए । नेपालकी निर्वाचन आयुक्त इला शर्मा २०६९ साल फागुन १२ गते नियुक्ति भई २०७५ साल फागुन ११ मा अवकाश पाएकी थिइन् ।
दुई सन्तानकी आमा कुपण्डोल ललितपुर निवासी शर्माले नेपाल प्रहरीका इन्स्पेक्टर नवराज पौडेलसँग विवाह गरेकी थिइन् । पौडेलसँगको सम्बन्ध पनि उनको सुखद थिएन । प्रहरी कार्यालय महाराजगञ्जमा कार्यालय प्रमुख हुँदा आफ्नै श्रीमान् पौडेलका विरुद्ध गुन्डा परिचालन गरेर भाग्न बाद्य बनाएकी थिइन् । पाल्पाका ज्योतिषी ज्ञानेश पोखरेलले होटलमा लगेर सुरक्षाका साथ राखी पौडेललाई बचाएका थिए । माओवादी प्रभावित जिल्लामा सरुवा भएका पौडेलको पछि माओवादीको आक्रमणमा परि निधन भयो । इन्स्पेक्टर पौडेलको निधनमा समेत माओवादीकै द्वन्द्वमा मारिएको भन्नेमा आशंका गर्नेहरु छन् । पूर्व आयुक्त शर्मा नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको सिफारिसमा निर्वाचन आयुक्त बनेकी थिइन् । कोइराला समक्ष पूर्वमन्त्री तथा सासद डा मिनेन्द्र रिजालले परिचय गराएका थिए ।
कुरेशीसँगको सम्बन्ध कहिले देखि थियो ?
भारतीय अनलाइन फस्टपोस्टका अनुसार नेपालकी तत्कालिन निर्वाचन आयुक्त इला शर्मा र भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त एस वाई कुरैशीसँग मेक्सिकोमा भएको एक सम्मेलनमा २०१५ मै भेट भएको थियो । उक्त समयमा इला नेपालको बहालवला निर्वाचन आयुक्त थिइन् । उमेरले २० वर्ष जेठा कुरैशीसँगको सम्बन्धपछि उनी भारतीय नागरिक भइन् वा नेपाली नै छन् ? अहिलेसम्म जानकारी हुन सकेको छैन । भारतीय सञ्चार माध्यमका अनुसार २०१६ मै उनीहरु दुबै जना विवाह बन्धनमा बाधिएको बताइएको छ ।
संविधान मौन
नेपालको संविधान २०७२ ले संवैधानिक पदमा काम गरेको व्यक्ति विदेशीसँग विवाह गरेर देश छाड्न पाइने कि नपाइने स्पष्ट रुपमा उल्लेख नगरेको अधिवक्ता धनन्जय खनालले बताए । खनालका अनुसार संविधानले यो विषयमा कुनै स्पस्ट नपारेको भएपनि नैतिक रुपमा भने एक विदेशी खुफिया संस्थाको अधिकारी तथा प्रमुख निर्वाचन आयुक्त जस्तो महत्वपूर्ण पदमा आसिन व्यक्तिसँग विवाह गरेकी महिलाले कुनै हालतमा पनि गोपनियता राख्न नसक्ने जिकिर गरे । संवैधानिक कानूनका ज्ञाता वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञावलीले भने “यदि कसैले बहुविवाह नै गरेको भएपनि नैतिक आचरणमा कुनै फरक नपर्ने भन्ने भरखरै सर्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाको बेञ्चबाट ब्याख्या भएको हुँदा इला शर्मा भारतीय नागरिकसँग विवाह गर्दैमा नेपाली नागरिकता त्यागेको भन्ने नठहर्ने” बताए । संविधान र ऐनहरुमा भने यस विषयमा प्रष्ट पारेको छैन ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले “निर्वाचन आयोगलाई पूर्व निर्वाचन आयुक्तले विवाह गरेको भन्ने जानकारी छैन । र, पदाधिकारी र पूर्व पदाधिकारीहरुको नैतिक आचरण सम्बन्धमा के ब्याख्या गरिएको छ आफुले बुझ्ने बताए” । यस अघि २०७५ सालमा पनि पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीलाई ओली सरकारले भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । तर, संविधान बिपरित भएको भन्दै बिरोध भएपछि मात्रै प्रस्ताव फिर्ता लिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.