भोक हडतालकै क्रममा मानवअधिकारकर्मी कानून व्यवसायीको निधन
काठमाडौं । मानव अधिकार र न्यायका लागि लड्दा क्रुर फासिस्ट टर्की सरकारको विरुद्धमा भोक हडताल गरेकी एक परिवर्तनकारी योद्दाको २३८ दिनमा यहि २७ अगस्तमा टर्कीको राजधानी स्तानवुलमा निधन भएको छ । टर्कीकी कानून व्यवसायी तथा मानव अधिकारवादी ४२ वार्षिय इब्रु तिम्तिकलाई प्रतिबन्धित रेभ्युल्युसनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरी अदालतले १३ वर्ष ६ महिनाको सजाय सुनाएको थियो । अदालतको आदेश विरुद्ध उनले उच्च अदालतमा दिएको याचिका पनि खारेज गरिदियो । उनलाई सन् २०१७ सेप्टेम्बरमा पक्राउ गरेको थियो । बिना कारण पक्राउ परेकी तिम्तिक १८ जना रहेको कानून व्यवसायीहरुको समूह प्रगतिशिल कानून व्यवसायी संघको एक जना सदस्य थिइन् ।
टर्की सरकारको फासिष्ट र गैर न्यायिक कार्यको विरुद्धमा भोक हडतालका क्रममा यस अघि नै एक वर्ष भित्रमा तीन जनाको निधन भइसकेको छ । निधन हुनेमा प्रख्यात गायिका हेलिन बोलेक, इब्राहिम गोक्सेक र मुस्ताफा कोक्याको हुन् । बोलेकको भोक हडतालको २८८ दिनमा निधन भएको हो ।
तिम्तिकले फैसला विरुद्ध इतानबुल क्षत्रिय पुनरावेदन अदालतमा अपील गरिन् । तर, उनको अपील अदालतले खारेज गरिदियो । त्यसका विरुद्ध सर्वोच्च अदालतमा उनको मुद्दा पेण्डिङमा थियो । बिनाकारण फासिबादी सरकारले गिरफ्तार गरेपछि उनी सरकार विरुद्ध जेलमै जनवरी २, २०२० मा भोक हडताल सुरु गरिन् । भोक हडताल तोड्नका लागि उनलाई यातना दिइयो । तथापि उनले भोक हडताल छाडिनन् । यसै क्रममा भोक हडतालको २३८ दिनमा टर्कीको स्तानबुलमा परिवर्तनकामी अधिकारकर्मी तिम्तिककोे निधन भयो । सरकारसँग उनको एक मात्रै माग थियो निष्पक्ष न्यायको । सन् १९७८ मा टर्कीमा जन्मेकी तिम्तिक कुर्दिश मानवअधिकारवादी वकिल थिइन् । तिम्तिकसँगै उनको भोक हडतालमा सहमत हुँदै अर्का साथी आयतक अन्सल पनि फेब्रुअरी २, २०२० देखि भोक हडतालमा सामेल भए ।
इन्टरनेशनल एशोसियसन अफ डेमोक्रेटिक लयर्सले ३ सय ६५ जना विदेशी र ४ सय जना टर्कीका कानून व्यवसायीहरुको हस्ताक्षरमा त्यहाँको सर्वोच्च अदालतमा बन्दी वकिलहरुलाई रिहा गर्न रिट निवेदन दियो । त्यसपछि भोक हडतालमा संलग्न द्धय तिम्तिक र अन्सललाई उच्च सुरक्षासहित राखिएको सिलिभरी जेलबाट स्तानवुलको एक अस्पतालमा सारियो । त्यसैगरी १२ अगस्त २०२० मा युरोपियन एसोसियसन अफ लयर्स फर डेमोक्रेसी एण्ड ह्युमन राइट्सले संयुक्त राष्ट्र संघलाई खुलापत्र लेखेर यो भोक हडताललाई गम्भिर चासो लिन आग्रह गरेको थियो । अस्पतालमा भोक हडताल तोड्नका लागि तिम्तिकलाई एकदमै ठूलो मानसिक दवाव दिइएको उनका आफन्तले बताएका थिए । तथापि उनको समानता र न्यायका लागि क्रुर सरकार सामु गरिएको भोक हडतालकै २३८ दिनमा दुःखद निधन भयो । निधन भएको समयमा मानवअधिकारवादी कानून व्यवसायी तिम्तिकको शरिरको तौल मात्रै ३० केजीको थियो ।
तिम्तिकको निधनलाई लिएर विश्वभर नै सामाजिक सञ्जालमा टर्की सरकार विरुद्ध तिब्र आक्रोस पोखिएका छन् । नेकपाको नेताहरु गोरख बोगटी, त्रिलोचन ढकाल, नारायण दाहाल, सोभियत ढकाल, गोबिन्द बहादुर बटलालगायतले भोक हडतालकै क्रममा निधन भएकी मानव अधिकारवादी तथा क्रान्तिकारी इब्रु तिम्तिकको निधन प्रति तिब्र बिरोध जनाएका छन् । त्यसै गरी नेपाल बार एशोसियनका पूर्व महासचिव सुनील पोखरेल, डिएलएका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, एनएलएका बालकृष्ण देवकोटालगायतले पनि भोक हडतालमा ज्यान गुमाएकी टर्कीकी मानव अधिकारवार्दी कानून व्यवसायीको भोक हडतालकै क्रममा भएको निधन प्रति टर्की सरकारको घोर भ्रत्सना गरेका छन् ।