प्रचण्डको लचकतालाई कम्जोरी र दृढतालाई असंभव देख्नेहरु माक्र्सवादी हुन सक्दैनन्
1 min readकालि बहादुर मल्ल
स्-“मणिर्लुण्ठति पादाग्रे काचस्शिरसि धार्यते ।
क्रयविक्रय बेलायां काचस्काचो मणिर्मणि ।। “(चाणक्य)
अर्थः कुनै परिस्थिति बस मणि रत्न खुट्टामा बाधियोस र काँच (शिशा) लाई शिरमा लगाईयोस तर किन बेच गर्ने बेलामा काचलाई काचकै र मणिलाई मणि कै मुल्यमा हिसाब गरिन्छ ।
सन्दर्भ हो हिजो आज नेपाल कम्युनिस्ट पार्टीमा (नेकपा) मा नेतृत्व मुल्यांकन, आलोचना या गाली गलौजको हो । पार्टीमा “सामुहिक निर्णय ब्यक्तिगत उत्तरदायित्वको नीतिलाई स्थापित गर्ने वा “हरिभंग राजा भिताभंग काजि” बनाएर जाने भन्ने बारेमा तिब्र संघर्ष छ । पार्टी जीवनको पेचिलो संक्रमणको बेला पार्र्टी पंक्तिले गम्भीरता पूर्वक विधिमा रहि छलफल गरेर गलत प्रवृत्तिलाई सच्याएर अगाडि बढ्न कि ? कुखुराले मल खोस्रे झै खराव प्रवृत्तिलाई समातेर पार्टी माथि नै आक्रमण गर्ने ?
आलोचना रुपान्तरण र निर्माणका लागि हुनु पर्छ । तर, फुट र ध्वंसको लागि होईन । जहाँसम्म मुख्य नेतृत्वमा रहुनु भएका अध्यक्ष प्रचण्ड माथि ज्यादतिपुर्ण र घटिया टिप्पणी भैरहेका छन् । त्यो सामान्यतया टाउकोमा हानेर शरीर मार्ने प्रतिक्रियावादी सिद्धान्त र नीति हो । हरेक कार्यकर्तालाई नेतृत्वको विधिमा रहि आलोचना गर्ने हक छ । अराजक ढंगले खुईल्याउने हक छैन । प्रचण्डमा कमि कमजोरी छन् । किन कि प्रचण्ड पनि मानिस नै हो ।
One divide in to two को नियम
प्रचण्डमा पनि लागू हुन्छ । आलोचनाको विषयमा पत्रकार रबि लामिछानजीसँग सहमत् छु अरु नभनौं । प्रचण्ड आन्तरिक होस या बाह्य संकटका बेलामा चमत्कार देखाउने नेता हो । दृष्टिकोण हो । “चरा मार्ने गुलेली नहुने ले जनयुद्ध ! “भन्नेहरुका अगाडि जनयुद्ध गरेर अन्तिममा ज्ञानेन्द्र सत्ता हातमा लिएपछि सात दललाई युद्द कै बीचमा साथ लिएर जनयुद्ध र जन आन्दोलन लाई फ्युजन गरि संविधानसभाको निर्वाचन सम्भव बनाउने नेतृत्व हो प्रचण्ड ।
पहिलो संविधानसभाले संविधान जारी नगरी भंग भएर प्रतिगमनको खतरा बढेकै बेला दोस्रो संविधानसभाको चुनाव संभव बनाउने सक्षम नेता हो प्रचण्ड । दोस्रो संविधानसभाबाट पनि संविधान जारी नहुने स्थिति पैदा भया । ठीक त्यसै बेला तत्कालीन एमाले, नेकाका तत्कालिन नेता स्वर्गीय सुशील कोईरालाको सरकारलाई ढाल्ने तयारी गर्दै गर्दा संसदमा “संकटको बेला राष्ट्रिय एकता आजको आवश्यक्ता” भनेर एकता र सरकारलाई मद्दत गरौं भनि आह्वान गरि सबैलाई चकित पार्ने नेता हो प्रचण्ड । कमरेड केपी शर्मा ओलीलाई संविधान जारी गरेपछि प्रधानमन्त्रीमा समर्थन गर्ने र सुशील कोईरालाको अबधि लम्ब्याउने पहल गर्ने नेता पनि प्रचण्ड नै हो । नेपाली कांग्रेसलाई संविधान घोषणको जस जाने सम्मका कुरा संझाएर संविधान जारी संभव बनाउने नेता हो पनि प्रचण्ड नै हो । संविधान घोषणा हुनै लाग्दा भारतको हस्तक्षेप हँुदा प्रधानमन्त्री कोइराला र केपी ओलीसमेतलाई साथ लिएर भारतको हस्तक्षेपलाई चिरेर संविधान जारी गराउने पहल कदमी लिने नेता पनि प्रचण्ड नै हो । संविधान जारी भएपनि कार्यन्वयन गर्न नदिने भारतको षडयन्त्र चिरेर स्थानिय तहको चुनाव सम्पन्न भयो । जब कि हुनु पर्ने पहिले संघको चुनाव हो । यस्तो किन गरियो भने जहाँबाट संभव छ, त्यहि बाट संघियता कार्यन्वयन गर्ने रणनीति अन्तरर्गत त्यसो भयो यो संभव बनाउने पनि प्रचण्ड नै हो ।
प्रचण्ड आफैले महाविपत्ति सिर्जना गरेर आफै खेल्ने विचार हो प्रचण्ड । जनयुद्ध त्यहि महा विपत्ति थियो । २१औं शताब्दीको जनवादको प्रबर्तक हुन उनै हुन् । रणनीतिमा दृढता र कार्यनीतिमा लचकताको नाम पनि हो प्रचण्ड नै हो । माक्र्सवादलाई गतिमा बुझ्ने सरल र गतिशील नेता पनि प्रचण्ड नै हो ।
प्रचण्डको लचकतालाई कम्जोरी र दृढतालाई असंभव देख्नेहरु माक्र्सवादी हुन सक्दैनन् । प्रचण्ड एकको दुईमा बिभाजन हुनु विज्ञानको नियम हो । प्रचण्डका कम्जोरी छन् । यी कम्जोरी सच्याउनु पर्छ र हामीले मद्दत गर्नु पर्छ । प्रचण्डका उल्लेखित क्षमता र गुणका अगाडि कम्जोरी नगण्य नै हुन् । यसरी
प्रचण्ड संकटको बेला अगाडि बढ्ने क्षमता हो । त्यसै काँच र मणि बेच्दा मूल्य बाट चिनिन्छ शिरमा पहिरिएको भए पनि काच काच हो मणि मणि नै हो भन्दा फरक पर्दैन कि ?