प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
२४ साउन, २०७७
काठमाडौं । संसद, न्यायाधीश, महानगर प्रमुख, प्रहरी उपरीक्षक, प्रदेश न्यायाधिवक्ता लगायतका शिर्ष तहमा पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण भएका छन् । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका सुरक्षाकर्मिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, पर्साका संघीय सांसद प्रदिप यादव, संसद सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे, प्रदेश दुईका कानूनमन्त्री ज्ञानेन्द्र यादव पनि संक्रमित भइसकेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चाहिँ शुक्रवार स्वाव परीक्षणमा पठाइएको र साँझमा रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।