October 26, 2026

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु


के थियो विगतमा कम्युनिस्टहरुको निर्वाचनमा अवस्था ?


शारदा देवी सापकोटा ।
काठमाडौं । जनताकाबीचमा गएर जनताका आकांक्षादेखि गुनासासम्म सुन्ने र त्यसलाई आत्मसमीक्षा गर्न नेपाली कम्युनिस्ट पार्टीले शनिबारदेखि देशभर दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको बताएको छ । यो कार्यक्रम मंसिर २५ गते समापन हुने बताइन्छ । यो अभियानका क्रममा पार्टीले सदस्य संख्या पाँच लाख पु¥याउने बताएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले दुई तिहाईको सरकारबारे विभिन्न खालका टिप्पणी भइरहँदा आफूहरू तमासा मात्रै हेरेर नबस्ने बताएका थिए । पार्टीको केन्द्रीय मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालले उक्त कुरा बताएका थिए । अभियानमा पार्टी संगठन सुदृढीकरण, सदस्यता नवीकरण, संगठन समायोजन तथा जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकता दिइनेछ । साथै, बैठक, भेला, प्रशिक्षण, जनसेवा र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । महँगी, भ्रष्टाचार, बेरोजगारी, कालोबजारीलगायत जनजीविकाका समस्या उठाउँदै केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा सम्बन्धित निकायसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको छ । नेपालमा २००६ सालमा भारतको वानरसमा स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टीले २०१५ सालको संसदीय निर्वाचनमा भाग लिएर चार सीट जित्न सफल भयो साथै पटक पटक ठूलो पार्टी पनि बन्यो ।


१. २०१५ सालको पहिलो संसदीय निर्वाचन (प्रतिनिधि सभा)ः नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचनमा जम्मा १०९ सिटका लागि मतदान भएको थियो। तत्कालीन समयमा प्रतिबन्धित अवस्थाबाट भर्खरै खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चौथो शक्तिका रूपमा उदायो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ४ सिट प्राप्त गरेको थियो । यसरी कुल सिटः १०९ मा जसमा नेपाली कांग्रेसले ७४ सिट जितेर दुई–तिहाइ बहुमत ल्याएको थियो ।


२. २०४८ सालको संसदीय निर्वाचन (प्रतिनिधि सभा):पञ्चायती व्यवस्थाको अन्त्य र वि.सं. २०४६ को प्रजातन्त्र पुनस्र्थापनापछिको यो पहिलो निर्वाचन थियो । यस निर्वाचनमा कम्युनिस्ट पार्टीहरू प्रमुख प्रतिपक्षी दलका रूपमा स्थापित भए । नेकपा (एमाले)ः ले ६९ सिट प्राप्त गरेको थियो । जसमा संयुक्त जनमोर्चा नेपालले ९ सिट, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ः २ सिट, नेपाल कम्युनिस्ट पार्टी (प्रजातान्त्रिक)ः २ सिट गरी कम्युनिस्ट पार्टीहरूको जम्मा सिटः ८२ सिट प्राप्त भएको थियो । जम्मा सीटः २०५ मा नेपाली कांग्रेसले ११० सिट जितेर बहुमतको सरकार बनाएको थियो ।


३. २०५१ सालको प्रतिनिधि सभा मध्यावधि निर्वाचन
नेपाली कांग्रेसको आन्तरिक विवादका कारण संसद् विघटन भएपछि यो मध्यावधि निर्वाचन भएको थियो । यस निर्वाचनपछि नेपाल र दक्षिण एसियाकै पहिलो लोकतान्त्रिक कम्युनिस्ट सरकार (मनमोहन अधिकारीको अल्पमतको सरकार) गठन भएको थियो । यसमा नेकपा (एमाले) ले ८८ सिट ल्याएर सबैभन्दा ठूलो दल बन्यो । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ४ गरी जम्मा कम्युनिस्ट पार्टीहरूको सिट ९२ सिट पुग्यो । (कुल सिटः २०५, यो निर्वाचनमा नेपाली कांग्रेस ८३ सिटमा खुम्चिएको थियो ।
४. २०६४ साल चैत २८ गतेको पहिलो संविधानसभा निर्वाचनः सशस्त्र द्वन्द्व अन्त्य र २०६२÷६३ को जनआन्दोलनपछि ६०१ सदस्यीय संविधानसभाका लागि (प्रत्यक्ष २४०, समानुपातिक ३३५ र मनोनित २६) निर्वाचन भएको थियो । यस ऐतिहासिक निर्वाचनमा तत्कालीन विद्रोही नेकपा (माओवादी) पहिलो शक्तिका रूपमा उदायो । यो निर्वाचनमा नेकपा (माओवादी) ले २२९ सिट ल्याएर सबै भन्दा ठूलो दल बन्यो । नेकपा (एमाले)ः १०८ सिट, नेकपा (माले)ः ८ सिट, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ४ सिट, जनमोर्चा नेपालले ४ सिट, नेकपा (संयुक्त)ले ५ सिट गरी कम्युनिस्ट पार्टीहरूको जम्मा सिटः ३५८ सिट (संविधानसभामा स्पष्ट बहुमत) आएको थियो ।


५. २०७० सालको दोस्रो संविधानसभा निर्वाचन
प
हिलो संविधानसभाले संविधान जारी गर्न नसकी विघटन भएपछि दोस्रो संविधानसभा निर्वाचन भएको थियो । यस निर्वाचनमा नेकपा (माओवादी) तेस्रो स्थानमा खस्कियो भने एमाले दोस्रो ठूलो दल बन्यो । संविधान सभाको ६०१ सीट मध्ये नेकपा (एमाले)ले १७५ सिट, नेकपा (माओवादी–केन्द्र÷एकीकृत)ः ८० सिट, नेकपा (माले)ले ५ सिट, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ४ सिट, नेकपा (संयुक्त) ले ३ सिट, राष्ट्रिय जनमोर्चाले ३ सिट गरी कम्युनिस्ट पार्टीहरूको जम्मा २७० सिट थियो । यसरी कुल सिट संख्या ६०१ मा नेपाली कांग्रेस १९६ सिटसहित पहिलो दल बनेको थियो ।


६. २०७४ सालको प्रतिनिधि सभा निर्वाचन
नयाँ संविधान (२०७२) जारी भएपछिको यो पहिलो संघीय निर्वाचन थियो । यस निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले वाम गठबन्धन बनाएर चुनाव लडेका थिए, जसले गर्दा उनीहरूले ऐतिहासिक सफलता पाए । यो निर्वाचनमा नेकपा (एमाले)ले १२१ सिट (प्रत्यक्ष ८०, समानुपातिक ४१) ल्याएको थियो ।
नेकपा (माओवादी केन्द्र)ः ५३ सिट (प्रत्यक्ष ३६, समानुपातिक १७), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले १ सिट, राष्ट्रिय जनमोर्चाले १ सिट प्राप्त गरेको थियो । यसरी कम्युनिस्ट पार्टीहरूको जम्मा १७६ सिट प्राप्त गरे ।
कुल सिट २७५ मध्ये वाम गठबन्धनपछि यी दुई ठूला दल मिलेर ’नेपाल कम्युनिस्ट पार्टी – नेकपा’ बनेको थियो र केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । तर, ओलीको हठले दुई पटक सम्म मध्यवधि निर्वाचन गर्ने भन्दै संसद विघटनको प्रस्ताव अदालतले रोकिदियो ।


७. २०७९ सालको प्रतिनिधि सभा निर्वाचन
नेकपाको विभाजन र तीव्र राजनीतिक ध्रुवीकरणपछि भएको यो निर्वाचनमा कम्युनिस्ट पार्टीहरूको सिट संख्या निकै घटेको देखिन्छ । यो निर्वाचनमा नेकपा (एमाले)ले ७८ सिट (प्रत्यक्ष ४४, समानुपातिक ३४) ल्याएको पििथयो । नेकपा (माओवादी केन्द्र)ले ३२ सिट (प्रत्यक्ष १८, समानुपातिक १४), नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा १० सिट प्रत्यक्ष र समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेकोको कारण मत खेर गएको थियो । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले १ सिट ल्याएको थियो । राष्ट्रिय जनमोर्चाले १ सिट गरी कम्युनिस्ट पार्टीहरूको जम्मा सिट संख्या १२२ सिट थियो ।


८. वि.सं. २०८२ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको मध्यावधि निर्वाचनः
यो निर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेकपा (एमाले)ले २५ सिट र नेपाली कम्युनिस्ट पार्टीले मात्रै १७ सिट प्राप्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.