ग्यासको कालाबजारीमा आयल निगमका कर्मचारी उद्योगी र डिपो
उद्योगीको नियन्त्रणमा छ ग्यासको व्यापार
शिव कुमार थापा
काठमाडौं । नेपाल आयल निगमले अनुगमन नगर्दा बजारमा ग्यासको चरम कालाबजारी भएको छ । ठूलो दवावपछि मात्रै सामान्य अनुगमन गरिएको छ । तथापि ठूलो मात्रामा कालोबजारी गरिएको भेटएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा निवर्तमान मन्त्री गौरी कुमारी यादवले कर्मचारीले सहयोग नगर्दा र ब्यवसायीहरुले नटेरेका कारण पाता कस्नुपर्छ भन्दै पाता नकसेसम्म ग्यासको अभाव समाधान हुदैन भनेकी थिएन् । मन्त्री यादवले ललकारेपछि उनको मन्त्रीपद धरापमा पर्न गयो चौतर्फी विरोध सुरु गरियो । तर, उद्योगी र ब्यापारीहरु चलखेल उस्तै छ ।
ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले महासंघका अध्यक्ष विष्णु दुलाललाई कार्यबहाक दिएर पन्छिएका छन् । अर्याल अध्यक्ष बनेको समयमा बिभिन्न विवादमा पर्दै आएका थिए । उद्योगीहरुको मिलेमतोमा उनी धेरै ठाउँमा अनियमितताका काम गरेको आरोप लगाइने गरिन्छ । त्यसो त उद्योगीहरुले नयाँ सिलिण्डर खरिद गरेको खण्डमा मात्रै ग्यास दिने गरेका थिए । यस अघि सिलिण्डरसहित चार हजार दुई सय रहेको ग्यासको मूल्य उद्योगीहरुले पाँच हजार पाँच सयमा धमाधम विक्री गरिरहेका छन् । सिलिण्डरसहितका ग्यास बेच्नेहरुमा पनि नेपाल ग्यासका गोकुल भण्डारीको नेपाल ग्यास, त्रिवेणी लगायतका कम्पनीहरु छन् । त्यसै गरी एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेका सुगम, एभरेष्ट र त्रिशुल लगायतका छन् । भने राजेन्द्र डल्लाकोटीको श्रीकृष्ण ग्यास र साइबाबा, त्यसै गरी एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दको हिमालय ग्यास उद्योग रहेको छ ।
अहिले डिपो भन्दा बाहिरका ब्यवसायीसँग ग्यास भेटिएको छ । यसरी ग्यास बेच्नेहरु किराना व्यवसायीको केहि ग्यासका सिलिण्डर भेटिएको छ । यसरी डिपो प्रमाणिकरण नभएका कारण पनि यो अवस्था आएको हो । पछिल्लो पटक अनुगमन पश्चात झण्डै दुई हजार ग्यास सिलिण्डर भेटिएका छन् । भक्तपुरका राजेश कर्मचार्यले २ हजार आठ सयमा ग्यास बेचेका थिए । त्यसै गरी उमेश साहलाई हिमाल ग्यासका सिलिण्डरसहित पक्राउ गरेको छ । यि त केहि प्रतिनिधि पात्र मात्रै हुन् । ग्यास उद्यागीहरु, उनका मेनेजरसहितका कर्मचारीहरु होटल र अत्याअवश्वश्यक ब्यक्तिहरुलाई बढि मूल्यमा बेचेर कमाउँ धन्दामा लागिहेका छन् ।
ग्यास उद्योगको अनमुति दूई तीनवटालाई बनाउन मिल्छ ?
अहिले आयल निगमसँग अनुमति लिएका एलपी ग्यासका उद्योगहरु ५८ वटा छन् । यो संख्या अत्याधिक धेरै भएको निवर्तमान मन्त्री गौरी यादवले खुलसा गरेकी छन् । उनले ग्यास कम्पनीको अनुमति केबल दुई तीनवटालाई मात्रै दिए हहुन्छ भनेर प्रत्येकाबाट एक करोड लेनदेन गर्ने गरेको आरोप निवर्तमान मन्त्रीले उपभोक्ता हित संरक्षण विभागमा नै नयाँ मन्त्री दीपक शाहले पनि १०। २० वटा सिलिण्डर समातेर मात्रै दीर्घकालिन रुपमा समाधान नहुने बताईन्छ । आम जनताले ग्यास नपाइरहेको अवस्थामा निवर्तमान मन्त्री यादवले भने जस्तै दुई तीन वटा कम्पनीलाई मात्रै ग्यासको कारोबारका लागि अनुमति दिनुपर्ने सरोकारवलाको राय छ । ग्यासको कालाबजारीमा उद्योगीहरु सिधै संलग्न हुँदा पनि सम्बन्धित मन्त्रालयका अधिकारीहरु मौन बसेका छन् ।
उद्योगीहरुलाई सधै छुट
बुलेटबाट ल्याएर ग्यास रिफिलिङ गर्नेहरु आफुलाई उद्योगी भन्ने गरेका छन् । यिनीहरुले सरकारसँग उद्योगको सुविधा लिँदै आएका छन् । अहिले बजारमा कुन ग्यास कम्पनीको कतिवटा डिपो छन् ? कति ग्यास सिलिण्डर छन् । कुनै तथ्यांक छैन । आयल निगमले उद्योगीसँग त्यो तथ्यांक माग्न सक्तैन । किनकी उ व्यवसायी प्रति नै किर्तज्ञ छ ।
कुन उद्योगीको कस्तो आर्थिक अवस्था ?
नेपाल ग्यासका गोकुल भण्डारीः
पशुपति शम्शेर जवराको श्रीमती उषा राजे सिन्धया राणाको नाममा रहेको नेपाल ग्यास चितवनका गोकुल भण्डारीले खरिद गरेका थिए । उनी मदिरा कम्पनीका मालिक हुन् । उनले मदिरा कम्पनीको लाइसेन्स लामो समय होल्डमा राखेर पछि मात्रै अत्याधिक बढि रकम लिएर बेचिदिएका थिए । उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई मामा भनेर धेरै अवैधानिक काममा छुट पाउँदै आएका छन् । भण्डारीका नेपाल ग्यासको अतिरिक्त अहिले तारा ग्यास, राजधानी ग्यास लगायतका कम्पनीहरु छन् ।
शिव प्रसाद घिमिरेः मकवानपुरमा पैत्रिक घर र धादिङ ससराली भएका शिव प्रसाद घिमिरेका सात वटा ग्यास कम्पनीहरु छन् एभरेष्ट, सुगम, सैपाल, त्रिशुल, साहारा, कामख्या र प्रिमा ग्यास कम्पनीहरु छन् । उनले यि कम्पनीहरुबाट ग्यास वितरण गर्दछन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बनेका घिमिरे छोटो समयमा ग्यास उद्योगबाटै अर्बपति बनेका व्यवसायी हुन् । फुटरिङ काटेर चर्चामा आएका घिमिरेलार्य कुनै पनि कानूनले छुन सक्तैन ।
राजेन्द्र डल्लाकोटीः धादिङमा जन्म घर भई चितवनमा स्थायी बसोबास गरेका राजेन्द्र डल्लाकोटीका साईबाबा र श्रीकृष्ण गरी दुई वटा ग्यास कम्पनी छन् । उनको कम्पनीले कमाएको नाफाबाट हुण्डीमार्फत अमेरिकामा पठाएर छोराले त्यहि तीन वटा पेट्रोल पम्प सञ्चालन गरेका छन् । अध्ययनका हिसावमा औठाछाप भए पनि ब्यापारमा कमाउनका लागि चलाख मानिन्छन् । उनको कम्पनीले पनि आइपिओ निस्कासन गर्न लागेको छ । एकजना ग्यास उद्योगीले बताए अनुसार कम्पनीको रेटिङमा समेत घुस रकम दिएर तीन गुणा ठूलो रकमको लगानी देखाएर आम जनतालाई बर्वादी बनाउने क्रममा डल्लाकोटी रहेको बताईन्छ । डल्लाकोटीको कलंकीमा विशाल महल छ ।
दिवान चन्द, अध्यक्ष एलपी ग्यास उद्योग संघः यहि भाद्रमा पोखरामा भएको सम्मेलनमाट अध्यक्ष बनेका चन्दको हिमालयन ग्यास सञ्चालनमा छ । शिव घिमिरेका सम्धि सीताराम तिमिल्सेनाको सिताश्री ग्यास उद्योग छ । उनी पनि औठाछाप ब्यवसायी हुन् । उनको पेट्रोल पम्पमा ठूलो मात्रामा लगानी रहेको छ ।
अन्य कुन ग्यास कस्को ?
कृष्ण भक्त श्रेष्ठको उग्रचण्डी ग्यास, सुरेन्द्रराज पौडेलको बाबा ग्यास, धर्मराज बतौलाको गृहलक्ष्मी ग्यास, अमित अग्रवालको चण्डेश्वरी ग्यास, आयुष नेपालको श्रीराम ग्यास उद्योग प्रालि, सुदिप घिमिरको प्रिमा ग्यास उद्योग प्रालि, भेरी ग्यास उद्योग प्रालिका सुनिल सिन्हा, सहारा ग्यास उद्योग प्रालि, लोकहर्ष शाक्यको लुम्बिनी ग्यास उद्योग प्रालिका बिमल कालाखेती, राजेन्द्रप्रसाद दंगालको सिताश्री ग्यास, बिमला सुबेदी ढुंगानाको नोवेल ग्यास उद्योग, मनिषकुमार जोशीको पञ्चमहालक्ष्मी इन्डष्ट्रिजका छनलगायतका ५८ वटा कम्पनीहरु छन् ।
ग्यास उद्योगी की खुद्रा ब्यापारी ?
रफिलिङ गर्नेहरु उद्योगीको सुबिधामा अहिले अभाव भएको निहुमा बजारमा खुद्रा विक्री गरिएको छ । खुद्रा विक्रीको कमिसन आयल निगमसँग मिलेर विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले समेत खाउको आरोप एक जना जिल्ला विक्रेता संघका अध्यक्षले लगाएका छन् । खुद्रा विक्रेताहरु ग्यास कमपनीसँग ४८ रुपैया प्रति सिलिण्डर कमिसन पाउने गर्दछन् । अहिले बजारमा आयल निगमसँगको सहकार्यमा ७० हजार भन्दा बढि सिलिण्डर बेचिएको छ । त्यसको कमिसन कस्ले पाएको छ ?
