May 9, 2026

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

दराज नेपालको ठगी धन्दा !


काठमाडौं । ठगी धन्दाका पीडितहरुलाइ न्याय दिलाउने कानून व्यवसायी नै दराज नेपालको सामग्री खरिद गर्दा ठगीमा परेका छन् ।
दराज नेपालले एक जना कानून व्यवसायीलाई नै ठगी गरेको तथ्य फेला परेको छ । अहिले यो विषय वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागमा पुगेको छ । तथापि अझै पनि दराज नेपालले आफ्नो गल्ति महसुस गरेको छैन । अनलाइनमार्फत भुक्तानी गरी लिइएको जुत्ता अर्को गुस्तरको ल्याएपछि यो विवाद भएको थियो । सुरुमै मूल्य भुक्तानी भइसकेको हुँदा पटक पटकको अनुरोध पछि पनि रकम फिर्ता दिन आनाकानी गरेको पीडित सर्वोच्च अदालत बारका कानून व्यवसायीले यो प्रतिनिधिसँग स्पष्ट पारेका छन् । दराजले फेसबुकमार्फत विज्ञापन गरेको जुत्ता २०८१ साल चैत्र १२ गते १५९९ रुपैयामा कानून ब्यवसायीले खरिद गरेका थिए । विज्ञापनमा देखाएको जस्तो चमक र गुणस्तर नभएपछि समान फिर्ताका लागि उनले अनुरोध गरे । दराज नेपालको समान ५–७ दिनभित्रमा फिर्ता गर्न सकिने उल्लेख भएपनि उनका प्रतिनिधिले रकम नदिई समान लैजान खोजेपछि कानून व्यवसायीले यो समान नदिई वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन दिएका छन् । रकम नदिई समान फिर्ता लिन आएका दराज ब्वाईले कुनै प्रमाण नै नदिई फिर्ता लैजान खोजेका कारण कानून व्यवसायी ग्राहकले फिर्ता नदिई विभागमा निवेदन दिएका हुन् । पटक पटक प्रयास गरेपछि सिस्टममा भएको हेल्प सेन्टरमा गएर सम्पर्क गर्ने कोशिश गर्दा असफल भएको निवेदनमा उल्लेख गरेका छन् । निवेदनमा मुलुकी देवानी संहिता २०७४ को दफा ५४५ बमोजिम करार करार सम्झौता भएकाले २०७४ को दफा ५४८ बमोजिम समानको मूल्य चुक्ता गरिसकेको हुँदा पोर्टलमा उल्लेख भएबमोजिम समान फिर्ता नगर्ने दराज नेपाललाई देवानी संहिता २०७४ को दफा ५६१ बमोजिम क्षतिपुर्तिको दाबी गरिएको छ । अनलाईन ब्यापारमा नाम कमाएको दराज नेपालले आधिकारिक फोन नम्बर नराखेको तथा फोन उठाउने व्यक्तिले आफ्नो नामसमेत नभन्ने प्रवृति देखिएको छ ।
यस विषयमा डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधि विष्णु होमागाईले विभागका सूचना अधिकारीसँग सम्पर्क गर्दा योे उजुरी बारेमा आफुले बुझेर मात्रै बताउन सक्ने बताए । महानिर्देशक कुमार प्रसाद दहालसँग सम्पर्क गर्दा सफल हुन सकेन । दराज नेपालका आफुलाई कस्टोम केयर अफिसर बताउने रुपेश भट्टराईसँग सम्पर्क गर्दा सफल हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.