July 9, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

माल्टा सम्मेलनको कुनै औचित्य छैन: पूर्व युरोप संयोजक आचार्य


काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद अझै मत्थर भएको छैन । बद्री केसी समूहले अदालतको आदेश पनिअ झै सहज नलिएको उनीहरुको व्यवहारबाट प्रष्ट हुन्छ ।
अभियन्ता तथा पूर्व युरोप क्षेत्रिय संयोजक नारायण आचार्यले आगामी मे महिनामा काठमाडौँमा हुन गै रहेको एकताको अधिवेशनको तयारीलाई नै असर पर्ने गरी माल्टामा आयोजना गर्न लागिएको भनिएको क्षेत्रीय सम्मेलनको कुनै औचित्य नभएको जनाएका छन् ।
“सर्वोच्च अदालतको परमादेश अनुसार यही मे ३–५, २०२५ मा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनलाई असर पर्ने गरी कुनै पनि गतिविधि नगर्न, नगराउन उच्चस्तरीय समितिले सबै एनसीसीहरुलाई पत्राचार गरिसकेको छ । अदालतको अबहेलना हुने गरी साथै एनआरएनएको एकतामै असर पर्ने गरी कुनै पनि सभा सम्मेलन नगर्न म सबै साथीहरुलाई अपिल गर्दछु,“ आचार्यले भने ।
युरोपका एनसीसीहरुलाई माल्टाको अधिवेशनमा सहभागी भई समय र पैसा खर्चिनु भन्दा ३१ मार्चभित्र सदस्यता वितरण गरी ठूलो संख्यामा काठमाडौँमा आयोजना हुन गइरहेको एकताको अधिवेशनमा सहभागी हुने वातावरण बनाउन उनले आग्रह गरे।

“नागरिकता, सुरक्षित आप्रवासन, प्रवासमा रहेका नेपालीहरुको मताधिकार लगायतका विषयमा नेपालमै आएर नेपाल सरकारलाई दबाब दिन जरुरी छ , त्यसैले अहिलेको अवस्थामा क्षेत्रीय सम्मेलनको नाममा लाखौं युरो खर्च गर्नु जरुरी छैन। त्यहाँ छलफल गर्ने विषयहरु काठमाडौँमै आएर छलफल गरौँ,“ उनले भने। साथै माल्टाको क्षेत्रीय सम्मेलनका नाममा विना अनुमति विभिन्न व्यक्ति र संस्थाहरुको अनुमति बिनै सहयोग उपलब्ध तथा स्पन्सर गरेको भनी फ्लाएर बनाएर सामाजिक संजालमा प्रचारप्रसार गरेर जनमानसमा भ्रम सृजना गरिएको छ । भविष्यमा यी सबै गतिविधिको हिसाबकिताब बद्रि केसी समूहले दिनु पर्ने उनले जनाए।
पूर्व युरोप संयोजक आचार्यले थाइल्याण्ड र कम्बोडियामा विभिन्न सम्मेलनको नाममा करोडौं रुपियाँ खर्च गर्ने बद्री केसी समूहको अराजक गतिविधिको पनि आलोचना गरे । आगामी ५ मे मा अधिवेशन सकिएपछि बन्ने नयाँ कार्यसमितिले एक छानबिन आयोग गठन गरी केसी र उनको टोलीमाथि गंभीर छानबिन गर्न जरूरी छ र संस्थाको कोष दुरुपयोग गर्नेहरु विरुद्ध कानूनी कारवाही चलाइने छ,“ उनले भने । उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन अनुसार बालुवाटारस्थित संघको केन्द्रिय सचिवालय तत्काल उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न माग पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.