परिवार दलका ढकाल प्रधानमन्त्री ओलीको दाहिने हात !

शिवकुमार थापा
काठमाडौं । प्रधानमन्त्री ओलीले पचासौं वर्ष अघि देखि आफुलाई सहयोग गर्नेहरुलाई पटक्कै बिर्सेर पाँच वर्ष अघि सम्पर्कमा आएका एकनाथ ढकालहरुको पल्लाभारी बनाईदिएका छन् । कानूनी रुपमा नेकपा एमालेका समानुपातिक सांसद एकनाथ ढकाल आफुलाई परिवार दलको अध्यक्ष भन्ने गर्छन् । उनी नेकपा एमालेको समानुपातिक सीटमा दोस्रो नम्बरमा थिए । समानुपातिक सीटमा संसद पनि भए । उनी एक आइएनजीओको लगानीमा सन् २०२५ को फेब्रुवरी पहिलो सातामा अमेरिकाका राष्ट्रपतिसँग बे्रकफास्ट कार्यक्रममा सहभागि हुने अवसर पाए । अमेरिकामा राष्ट्रपतिसँग ब्रेकफास्ट खाने चाँजोपाँजोको संयोजन मधेसी नेता तथा श्रममन्त्री शरत सिंह भण्डारीले गर्दै आएका छन् । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक सीटमा सांसद नबनाएको भए रातो राहदानी लिएर ढकाल कहाँ जान पाउँथे ? यो ब्रेकफास्टका लागि न्यूनतम योग्यता क्रिश्चियन धर्म मान्ने मात्रै हुनुपर्दछ ।
उनी किन राजनीतिक रुपमा पनि शक्तिशाली बन्ने अवसर प्राप्त गरे ? खोजीको विषय बनेको छ । नेकपा एमालेको कार्यकर्ता र नेता भएर पाँच दशक भन्दा बढि समय बिताएका स्याङ्जाका चक्र बहादुर पराजुली, प्रेम नारायण पौडेल, खड्ग बहादुर नेपाली, लक्ष्मी कार्की, पर्वतका मोती पौडेल, कास्कीका झलक सुबेदी, तनहुँको एक बहादुर रानाले त्यो तहको लाभको पद कहिल्यै पनि पाउन सकेनन् । तर, नेपाली नेताहरुलाई सोल्टी होटलमा भेला गराएर होली वाइन खान बाद्य पारेका ढकाललाई भने तुरुन्तै हात लाग्यो । यो सहज कसरी भयो ?
गोरखाका एक नाथ ढकाल परिवार दल खोलेर २०६४ र २०७० को संविधानसभामा सभासद बन्ने अवसर प्राप्त गरे । त्यसपछि २०७९ को संघीय संसदको निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट समानुपातिक सीटमा सांसद बने । नेकपा एमालेका हजारौं योग्य र इमान्दार नेता कार्यकर्ताहरु हुँदा हुँदै विवादस्पद भूमिकामा रहेका ढकाल कसरी प्रधानमन्त्री ओलीको पकडमा परे । उनी अहिले पनि कतिपय ब्यक्तिहरुसँग परिवार दलका अध्यक्ष भनेर चिनाउँछन् भने आफुलाई तत्कालै फाइदा लिनका लागि सांसदको पदबाट चिनाउँछन् ।
ढकाल युनिभर्सल पीस फेडेरेशनका एशिया प्यासिफिक क्षेत्रका प्रमुख हुन् । उनको संस्थाका संस्थापक दक्षिण कोरियाका सन् योङ मुन हुन् । उनको निधनपछि यो संस्थाका प्रमुख नेतृत्व श्रीमती हाक जा हान मुनले सम्हालेकी छन् । यो एफएफडब्लुपीयु नामक धार्मिक संस्था हो । युपिएफ अर्थात युनिभर्सल पीस फेडेरेशनका एशिया प्रमख ढकालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई संयोजक बनाएर सोल्टी होटलमा कार्यक्रम गर्दा होली वाइन ख्वाएर सबैलाई आश्चर्य चकित पारेका थिए । यो कार्यक्रम एकदमै विवादस्पद बनेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पनि तीन दिनसम्म उक्त कार्यक्रममा सहभागि हुन सोल्टी होटलमै बास बसेका थिए ।
ढकालको संस्था युनिभर्सल पीस फेडेरेशन संयुक्त राष्ट्र संघको इकोनोमिक सोसियल काउन्सिलमा आवद्धता पाएको छ । इकोनोमिक सोसियल काउन्सिलमा संसारभरीबाट सन् १९४५ मा ४१ वटा एजजिओ, सन् १९९२ मा ७०० वटा एनजिओ, सन् २०२१ मा ५५९१ वटा एनजिओ, सन् २०२४ सम्ममा ६४६८ वटा एनजिओ आवद्ध भएको रेकर्डमा उल्लेख छ । एकनाथको युनिभर्सल पीस फेडेरेशनले नेपालको शान्ति प्रक्रियामा सक्रिय भूमिका निभाएको भन्दै विदेशी संस्थालाई हावादारी दाबी वेभसाइटमा उल्लेख गरेको छ । जुन देखि जान्ने नेपालीहरु तीन छक परेका छन् । उनले शान्ति प्रक्रियाका लागि सिन्को पनि नभाचेको बताईन्छ ।
संयुक्त राष्ट्र संघको इकोनोमिक सोसियल काउन्सिलमा आवद्धता प्राप्त गरेका एनजीओहरुमा ग्रुप फर इन्टरनेशनल सोलीडारीटी, इसिमोड, गोपाल कृष्ण शिवाकोटीको इन्हुरेड इन्टरनेशनल, पूर्व राजदूत अर्जुन कार्कीको आरआरएन, सभिस फर अनप्रिभिलेज्ड शेक्सन अफ सोसाइटी, सेवा नेपाल, वुमेन्स इन्टरनेशनल फर पीस एण्ड फ्रिडम नेपाल छन् । यहि आवद्धताका कारण उनीहरुले नेपाली जनताका नाममा सहयोग लिएर फोटो र कथा बेच्ने गोरख धन्दा सञ्चालन गरिरहेका छन् ।
को हुन् सांसद एकनाथ ढकाल ?
गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको बोर्लाङमा बाबु माया नाथ र आमा टंक कुमारीको सुपुत्रको रुपमा अगस्त १३, १९७४ मा जन्मेका ढकालको श्रीमती फिलिपिनो नागरिक ब्लेसी गाडन ढकाल हुन् । उनका पाँच जना छोरी छन् । संयुक्त राज्य अमेरिकाबाट थेओलोजीमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी पटक पटक सांसद र मन्त्री बन्ने अवसर प्राप्त गरेका छन् ।
प्रधानमन्त्री ओलीको निकट भएर ढकालले धेरै फाइदा लिएका छन् । हुनतः प्रधानमन्त्री ओलीसँग निकट भएर एमालेमा राप्रपाबाट प्रवेश गर्ने बित्तिकै राष्ट्रिय सभा जस्तो प्रतिष्ठित सभाको सांसद बन्ने अवसर कोमल ओलीले पाइन् । उनी जस्तै झापाके दुर्गा प्रसाई पनि केन्द्रीय सदस्य बन्ने सौभाग्य प्राप्त गरे । मारवाडी ब्यापारी मोतीलाल दुगढले पनि प्रधानमन्त्री ओलीको नाम भजाएर लाभका पदमा खुबै मोजमस्ती नै गरे । दुगढ मन्त्री र सांसद पनि बने ।