July 8, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पूर्व राजा दरबार पस्ने जोखना हेर्दै, सरकार उल्टो गतिमा


काठमाडौं । ७४ वर्ष अघि राजा बनेको स्वाद अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहले विर्सेका छैनन् । उनी नेपालकै इतिहासमा दुई पटक राजा बने । दलहरुलाई अहिले पनि कहिलेकाँही उनले ‘विज्ञप्ती बम’ फ्याकेर तर्साउँदैछन् । नेपालको इतिहासमा राजाहरु मध्ये बढि उमेर बाच्ने मध्येका पनि एक हुन् पूर्व राजा ज्ञानेन्द्र शाह । नेपालको शासन व्यवस्था लोकतन्त्र समर्थक समुहले पछिल्लो पटक शासन हातमा लिएको २०६३ साल वैशाख ११ गते हो । यसरी नेपालमा तत्कालिन राजा ज्ञानेन्द्रको सक्रिय शासन अन्त्य भएको आगामी वैशाखमा ११ गते १९ वर्ष पुग्दैछ । २०६२ साल चैत्र २४ गतेबाट १९ दिनसम्म चलेको जनआन्दोलनले ११ वैशाख २०६३ मा लोकतन्त्र स्थापना गर्ने सम्झौतामा टुङ्गिएको थियो । यो समय दलहरुको सञ्चालन गरेको शासन व्यवस्थामा कति पारदर्शिता, सुशासन, भ्रटाचार नियन्त्रणका लागि काम गरे ? वैदेशिक ऋण अहिले २६ खर्ब ९ अर्ब पुग्यो । अन्य देशको अवस्था कस्तो छ । नेपालमा यो अवधिमा कतिवटा सरकार बने ? किन नेपालको राजनीतिमा स्थिरता आउन सकेन ? यी विषयहरु गम्भीर छन् ।
वि.स.२००७ साल कार्तिकमा पहिलो पटक तीन वर्षको उमेरमा राजा भएका ज्ञानेन्द्र शाह २०५८ साल जेठ १९ गते राजा विरेन्द्रको वंशनास भएपछि सुरुमा अचेत अवस्थामा दिपेन्द्र शाहलाई राजा घोषणा गरिएको थियो । अचेत अवस्थाका राजा दिपेन्द्रको पनि मृत्यु भएपछि राज्य सहायक ज्ञानेन्द्र शाह जेठ २२, २०५८ पछि राजा बनेका थिए । २०६३ साल वैशाख ११ गते लोकतन्त्र स्थापना भएको घोषणा गरेका उनी विदेश पलायन नभई नेपालमै बसेका छन् । दलहरुले संविधानसभाको पहिलो बैठकबाट २०६५ साल जेठ १५ गते गण्तन्त्र घोषणा गरेका थिए ।
पटक पटक दलहरुको सुशासन स्थापना गर्न नसकेको आलोचना गरेका पूर्व राजा ज्ञानेन्द्र शाहले पछिल्लो समयमा पटक पटक भारतीय नेताहरुसँग गोप्य भेटघाट पनि गरिसकेका छन् । संयुक्त राज्य अमेरिकाले समेत नेपाललाई भारतीय आँखाबाट हेर्न थालेपछि नेपालका राजनीतिमा मूख्य मियो नै भारतका शासकहरु बन्न पुगेका छन् । त्यसैकारण नयाँ संविधान जारी गरेपछि बेखुस भारतीय पक्षलाई खुशी पार्ने अभिप्रायले पूर्व राजा ज्ञानेन्द्रको सत्ता आउने चर्चा गरिएको छ । जुन नेपाली जनताका लागि भने घातक र फेरी सयौ वर्ष पछि पार्ने प्रपञ्च बाहेक केहि हुने छैन ।
अबौं रुपैया खर्च गरी जनताका निर्वाचित प्रतिनिधिहरुले संविधानसभाबाट बनाएको संविधानका कारण झनै अस्थिर र विवादस्पद सरकार बनेपछि ‘पर्ख र हेर’को अवस्थामा रहेको पूर्व राजा ज्ञानेन्द्रको मनोबल बढेको हो । अस्थिर सरकार भएकै कारण कुनैपनि पार्टीका सरकारले जनताका लागि सुशासन स्थापना गराउन सकेनन् । सत्तामा बसेर मोजमस्ति गर्न पल्केका केहि राजनीतिक दलका केहि सीमित नेताहरुले मात्रै आफु केन्द्रीत बह्मालुटको साम्राज्य चलाए । जसका कारण जनतामा निरासा उत्पन्न भयो । युवाहरु अध्ययन र रोजगारीका लागि विदेशका भूमिमा परिश्रम गर्न बाद्य भए । जसका कारण पछिल्लो परिस्थितिमा झनै निरासा बढ्न थाल्यो । त्यसको विकल्प चाहिँ पुरानै शक्तिको पुनरागमनभने नभएको बताईन्छ । २०४६ सालमा भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखर नेपालमै आएर बहुदलीय व्यवस्थाका लागि प्रत्यक्ष नै सक्रियता देखाएपछि नेपालको सार्वभौम सत्ता लामो समय लुटिन पुगेको थियो । अहिले हिन्दू राज्य स्थापना गर्ने नाममा प्रधानमन्त्री मोदीको इशारामा उत्तर प्रदेशका मूख्य मन्त्री योगी आदित्यनाथहरु पूर्व राजा ज्ञानेन्द्र र उनका अराजक पात्र दुर्गा प्रसाईहरुलाई उक्साएको सुत्रको दाबी छ । त्यसो त काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) समेत योगी आदित्यनाथकै इशारामा राजनीतिमा आएको बताईन्छ ।


कुलमान घिसिङलाई कारबाही सरकारका लागि घाडो
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इमान्दारर योग्य व्यवस्थापक कुलमान घिसिङलाई कारबाही गर्नु सरकारको बहलठ्ठिपन हो । सरकारले शून्य नम्बर दिएर गरेको कार्य सम्पादन मुल्यांकन हेर्दा राम्रो काम गर्नेलाई भीम मल्लकी पत्निले दिएको श्राप आम नेपालीहरुले सम्झिएका छन् । राज्यले गरेको अक्षम्य ठूला ेभूल तत्कालै सुधार गर्नुपर्छ । त्यसैले राम्रो कामको जस दिन नसक्ने सरकारलाई आम मानिसहरुले धिक्कारेका छन् । यस्तो अवस्थामा लोकतन्त्र नै कमजोर बन्ने निश्चित छ । जहानियाँ शासनमा रमेका दलका नेताहरु किन असल मान्छेका पछि लागिरहेका छन् बुझ्न झन कठिन बनिरहेको छ ।


बेरोगारी समस्या समाधानका लागि लगानीको वातावरण किन बनेन ?

सरकारले रोजगारी र देशमा आत्मनिर्भरताका लागि अति आवश्यक उद्योगहरु कौडीको मोलमा बेचेको थियो । राज्यले सञ्चालन गरेका उद्योगहरु कौडीको मोलमा बच्ने सरकारले दलाल पुँजीपतिहरुका निमित्त मात्रै लाभ हुने बाटो राज्यो । जसका कारण सरकारले सञ्चालन गरेका प्रतिष्ठित उद्योहरु भृकुटी कागज कारखाना, हरिसिद्धि इट्टा टायल कारखाना, वीरगञ्ज चिनी कारखाना, सुनवल चिनी कारखाना, बुटवल धागो उद्योग, जनकपुर चुरोट कारखाना, बाँकेको कपास कारखाना, चिया विकास निगमलगायतका उद्योगहरु विदेशी अनुदानमै बनेका भएपनि कौडीको मोलमा बेचिए र बन्द गरिए । तर, नयाँ उद्योग सञ्चालन गर्ने वातावरण बनाउन सरकारले आफै अवरोध सिर्जना गरिरहेको छ । कम्पनी खोल्न र बन्द गर्न नै दलालहरु प्रयोग गर्नुपर्ने देशमा उद्योगका लागि सहजीकरणको त कल्पना नै गर्न नसकिने अवस्था रहन गयो ।


राजाका पात्र पनि कति खराव ?

दुर्गा प्रसाई जस्ता अराजक र अश्लिल पात्रहरु पूर्व राजा ज्ञानेन्द्रलाई सिहसानमा राख्नका लागि आन्दोलनको नेतृत्व लिनु आफैमा लज्जास्पद् विषय हो । राजा ज्ञानेन्द्रले पुरानै पात्रलाई नेतृत्वको कमाण्डर बनाउँदा उनले डा. तुलसी गिरी जस्ता पात्रलाई मन्त्रीपरिषद्को उपाध्यक्ष बनाएका थिए । जुन पात्र सर्वत्र आलोचित बने । दुर्गा प्रसाईको आन्दोलनका भरमा भारतीय स्वार्थ समूहको सहयोगमा राजा सक्रिय भूमिकामा राजनीतिमा आउने अवस्थाले केहि स्वार्थी समूहको बाहेक कसैको भलो हुने छैन । केहि वर्ष अघिसम्म राजाको शासन चासिहन्छ भन्ने मकवानपुरका कमल थापाहरु अहिले निदाएका छन् भने नयाँ पात्रहरु ज्ञानेन्द्र शाही, दीपक सिंह, धवल शम्शेर राणाहरु सांसदको हैसियतले चिच्याएका छन् ।


सुशासनको बाटो किन अवरुद ?
सरकारमा रहेका पात्रहरुले जनताका लागि किन सुशासन स्थापना गर्न सकिरहेका छैनन् ? मालपोत, यातायात, भन्सार, कम्पनी रजिष्ट्रारको कार्यालयमा अहिले पनि खुलेआम घुस लेनदेन छ । यस्ता कार्यालयमा सुशासनका लागि कहाँ अवरोध भयो ? झण्डै दुई तिहाई संसद सदस्य रहेको सरकारले सुशासनका लागि अध्यादेश ल्याएको बताएको छ । तर, अध्यादेशलाई राष्ट्रिय सभामा अनुमोदन गर्न नसक्ने संख्या सत्ताधारी दलहरुको छ । प्रतिनिधिसभामा झण्डै दुई तिहाई मत भएपनि दलसँग ५० प्रतिशत मत पुग्दैन ।


राजा र नेताहरुबीच भएको गोप्य सम्झौतामा को को थिए ?
तत्कालिन राजा ज्ञानेन्द्र शाहसँग बेबी किङ राख्ने सहमति भएको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, एमालेका तत्कालिन महासचिव माधव कुमार नेपाल र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको बताईन्छ । भद्रसहमति गरेका पात्रहरु मध्ये गिरिजा प्रसाद कोइरालाको निधन भइसकेको छ । प्रत्यक्ष सम्पर्कमा रहेको पात्र माधव नेपाल मात्रै हुन् भने पुष्पकमल दाहाल प्रचण्डले चाहिँ तत्कालिन राजा ज्ञानेन्द्रसँग मोबाइलमा कुरा गरी स्वीकृति दिएर गोप्य सम्झौता गरिएको राजाबादीहरुको दाबी छ । जुन आम मानिसहरुले त्यहि समयमै खुलासा गर्नका लागि दवाव दिएका थिए ।


पूर्व राजा ज्ञानेन्द्र उत्साही हुँदै आइतबारै पोखराबाट काठमाडौंमा
नेपालका आफ्ना समर्थक र भारतबाट ल्याइएका जोगीहरुको प्रदर्शनबाट पूर्व राजा भने उत्साहित छन् । नेपालको राजनीति नेपालीकै लागि हुनुपर्दछ । तर, पछिल्लो समयमा नेपालको राजनीति भारतका लागि जस्तै भएको छ । संविधान जारी गर्ने विषयमा भारतले देखाएको हर्कतलाई नै उसको पक्षमा नभएको पुष्टि हुन्छ । भारतले नेपालको संविधान जारी गर्न रोकेको थियो र तर, नेपाली जनताबाट संविधानसभामा प्रत्यक्ष निर्वाचित भई आएका जनप्रतिनिधिबाट बनेको संविधान रोक्न सकिने अवस्था नै थिएन । पूर्व राजा आइतबार पोखराबाट काठमाडौंतफै आउँदा विमानस्थलमा समर्थकहरुले भब्य स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.