महालक्ष्मी विकास बैंंकको २२औ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । “सबल बंैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २९वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तिय सेवा प्रदान गर्र्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडकोे २२औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा यहि २०८० साल पौष २८ गते शनिवार काठमाडौमा सम्पन्न भएको छ ।
यस अवसरमा आर्थिक वर्ष २०७९÷८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित भएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आ.व. २०७९÷८० को नाफा नोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत ९ऋयलकयष्मिबतभम० वित्तिय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् ।
यसै गरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९÷८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
उक्त साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार÷लगानीकर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०÷८१मा बैंकको लेखापरिक्षण गर्न जे. बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाका अध्यक्ष उपाध्यायले शेयरधनी महानुभावहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवाप्रदानगर्ने प्रण गर्नुका साथै आगामी दिनमा थप प्रगति हाँसिल गर्न जस्तो सुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्घता व्यक्त गरे । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पु¥र्याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदासयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।