October 11, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

गोठाटार हत्यामा भारतीय अपराधीको संलग्नता पुष्टि

गोठाटारमा हत्या गरिएका लाल मोहम्मद

काठमाडौं । खुला सीमाका कारण भारतीय अपराधीहरु नेपालको राजधानी काठमाडौंमै आएर दिन दहाडै हत्या गरी फरार भएका छन् । नेपालका लाचार राजनीतिज्ञहरु भने सन् १९५० को सन्धिलाई मानेर खुला सीमा व्यवस्थापन गर्ने पक्षमा बोल्न सकिरहेका छैनन् । गत आश्विन तीन गते सोमबार साँझ काठमाडौंको गोठाटारमा हत्या गरिएका लाल मोहम्मदलाई भारतीय अपराधीहरुले गोली हानेर हत्या गरेको भएपनि अहिलेसम्म पक्राउ गर्न सकिएको छैन । यसबाट नेपाल प्रहरीको व्यवसायिकतामै गम्भीर प्रश्न चिन्ह खडा भएको छ । सीसी टिभी फुटेजका आधारमा अपराधीको पहिचान गरिए पनि गृहमन्त्री बालकृष्ण खाँण र आइजी धिरज प्रताप सिंहकै कारण हत्यारा पक्राउ गर्न ढिलाई भइरहेको । दुई जनालाई पक्राउ गरिएको प्रहरीस्रोतले बताएको छ । तर, को को पक्राउ परेका हुन् अझै एकिन हुन सकिरहेको छैन ।
मोहम्मद केहि वर्ष अघि बिभिन्न प्रकारका अपराधिक घट्नामा संलग्न थिए । प्रहरीको अनुसन्धान अनुसार घटनास्थलभन्दा करिब २ सय मिटर टाढा रहेको एक होटलमा बसेर नितिन मदन अरोरा नाम गरेका व्यक्तिले व्यवस्थापन गरेका थिए । उनीहरु गोठाटारकै एक होटलमा बसेर रेकी गरेका थिए । घटना भन्दा तीन दिनअघिदेखि उक्त होटलमा बसेका नितिनले सुटरदेखि हतियार व्यवस्थापनको काम गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटना भएको दिन दुई जना उनिसँग दिउँसैदेखि थपिएको अनुसन्धानका क्रममा खुलेको छ । घटना योजनाबद्ध भएकाले महिनादेखि अघिदेखि नै लाल मोहम्मदको उनीहरुले रेकी गरेको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । घटनामा उनीहरु कसरी सहज रुपमा भाग्न सफल भए ?
सुरुमा उनी पनि भारतीय नागरिक नै भएको खुलासा भएको छ । भारतीय पक्षले भने मोहम्मद पाकिस्तानी नागरिक भएको भन्दै हावादारी समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गरिरहेको छ । भारतीय अपराधिहरु नेपालमा खुलेआम प्रवेश गरीरहेका छन् । साथै नेपालीहरुलाई बिभिन्न कारण देखाएर हत्या गरी सिमा पार गर्ने गर्दछन् ।
भारतीय अपराधी पक्राउ गर्न नसक्नुमा प्रहरी बिभिन्न निकायले दिएकोदवाव र प्रभाव न मूख्य बाधक रहेको अनुमान सुरक्षा विज्ञहरुको छ । नजिकैको होटलमा बसेर अपराधीहरुले मोहम्मदलाइृ रेकी गरेका थिए । नेपालमा भएका ठूलो अपराधिक घट्नाहरुमा भारतीयहरुकै हात रहेको अनुमान गरिएपनि हालसम्म दुई देश बीचमा भएका वार्ताहरु फलदायी बन्न सकिरहेका छैनन् ।
गृहमन्त्री खाँण र नेपाल प्रहरीका आइजीपी र सिंहको पनि संलग्नता ?
भारतीय अपराधीहरु कसरी सहज रुपमा झण्डै दुई समय किलो मिटरको सीमासम्म सुरक्षित भएरै भाग्न सफल भए ? भन्ने प्रश्नमा जो कोहि नागरिकले पनि सहजै उत्तर दिने गरेको छन् । यो घट्नामा भिआपीहरुको संलग्नता छ । नेपालका जेलमा बसेर बिभिन्न गैरकानूनी व्यवसायमा संलग्न भारतीयहरुले करोडौं रुपैया कमाईरहेका छन् । कारागारमा चौकिदार बनाउने र भारतीयसँग कमिसन लिन सहज भएका कारण गृहमन्त्रालयका पदाधिकारीहरु देखि कतिपय राजनीतिक दलका नेताहरु पनि संलग्न रहँदै आएका छन् ।
त्यसैकारण डा. भक्तमान श्रेष्ठका अपहरणकारीका प्रमुख रोहित पालिवाल अग्रवाललाई कैलाली कारागारमा चौकिदार बनाएको थियो । जहाँ उनले कारागारभित्रै लागू औषधको कारोबार, जुवा खालको सञ्चालन जस्ता अवैद्य काम गर्दै आएका थिए । डा. श्रेष्ठलाई अपहरण गरेपछि पालिवालले पाँच किलो सुन फिरौति लिएका थिए । त्यसपछि मात्रै डा. श्रेष्ठ अपहणकारीहरुको पञ्जाबाट फुत्केका थिए । उनलाई फिरौतिको सुन बोकेर प्रदेश अध्यक्ष अमिक शेरचन भारतको गोरखपुर पुगेका थिए ।
को थिए लाल मोहम्मद् ?
गोठाटारमा गामेन्ट ब्यवसाय सञ्चालन गरेका लाल मोहम्मद सुरुमा भारतीय नागरिक थिए । २०६३ सालपछि नेपाली नागरिकता लिएका थिए । बा ६ च ५१५२ नम्बरको गडीमा सवार रहेको अवस्थामा मोहम्मदलाई जम्बुडाँडामा रहेको उनको गार्मेन्ट फ्याक्ट्रीअगाडि ओर्लन लागेका बेलामा गोली हानिएको थियो । उनी हारगुहार गरिरहेको सुनेर छोरी एक तला माथिबाट हाम्फालेर लखेटेकी थिएन् । अपराधमा संलग्नहरु कोशीपारी गेष्ट हाउसमा बसेका थिए । जहाँको सिसी टिभी फुटेजमा हत्यामा व्यवस्थापन गरेका नितिन मदन अरोरा र सार्प शुटरको तस्वीर पत्ता लागे पनि अहिलेसम्म आइएसआइसँगको संलग्नता भन्दै प्रहरीले यो घट्नालाइ अन्यत्रै मोड्ने प्रयास गरिरहेको छ ।


गोलीकाण्ड पछि अनुसन्धान गर्न समिति

उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । तथापि यो समितिले स्वतन्त्रपूर्वका काम गर्ने निर्देशन प्राप्त गर्ला भन्ने आशंका नै छ । नेपाल प्रहरीले पनि अपराधीको पहिचान गरी कानूनी दायरामा ल्याउनुभन्दा दाउद इब्राहिमको हवला दिएर उम्किने बाटो खोजिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.