पाकिस्तानी दुतावासको सहयोगमा निशुल्क चिकित्सा शिविर
काठमाडौं । शनिवार पाकिस्तानी राजदूतावासले नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (एनपीएफसीए) को सहकार्यमा काठमाडौंको जनप्रभात उच्च माध्यमिक विद्यालय वडा नं १३ कालीमाटीमा निःशुल्क चिकित्सा शिविर आयोजना गरेको छ । यो निःशुल्क चिकित्सा शिविरको १६ औं संस्करण हो ।
निशुल्क चिकित्सा शिविरको नेपालका पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली, नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाह, काठमाडौं महानगरपालिकाका उपमेयर श्रीमती हरिप्रभा खड्गी (श्रेष्ठ)ले सामुहिक रुपमा उद्घाटन गरेका थिए ।
नेपाली डाक्टर र प्यारा–मेडिकल स्टाफहरुले (जसले पाकिस्तानको विभिन्न मेडिकल इन्स्टिच्यूटबाट स्नातक गरेका थिए) निःशुल्क सेवाहरू प्रदान गरे । चार सयभन्दा बढी पुरुष, महिला र बालबालिकालाई निःशुल्क उपचार र तीन महिनाको औषधि वितरण गरिएको थियो । बिरामीहरूलाई कोभिड–१९ विरुद्धको रोकथामका उपायहरूबारे जानकारी गराइएको थियो ।
राजदूत शाहले जनप्रभात उच्च माध्यमिक विद्यालयका लागि काठमाडौं महानगरपालिकाका उपमेयर श्रीमती हरिप्रभा खड्गी (श्रेष्ठ) लाई फोटोकपी मेसिन उपहार पनि हस्तान्तरण गरेका थिए ।
आफ्नो मन्तव्यमा काठमाडौं महानगरपालिकाकी उपमेयर श्रीमती हरिप्रभा खड्गी (श्रेष्ठ)ले काठमाडौं महानगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएकोमा पाकिस्तानी राजदूतावास र एनपीएफसीएलाई धन्यवाद ज्ञापन गरिन् । उनले मानवतालाई उदारतापूर्वक सहयोग गरेकोमा पाकिस्तान सरकार र एनपीएफसीए को प्रशंसा गरेकी थिइन् । ृउपमेयर खड्कीले जनप्रभात उच्च माध्यमिक विद्यालयलाई सहयोग गरेकोमा कृतज्ञता पनि व्यक्त गरिन ।
नेपालका पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाल र पाकिस्तानबीचको गहिरो र सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै निःशुल्क चिकित्सा शिविर आयोजना गरेकोमा पाकिस्तानी राजदूतावास र एनपीएफसीएलाई धन्यवाद दिँदै सहयोगको निरन्तरताको कामना व्यक्त गरे । दुई देश बीच आफ्नो मन्तव्यमा राजदूत शाहले निःशुल्क चिकित्सा शिविरले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धको झल्को रहेको बताए । मानवताको सेवा गर्ने भावना कायम राखेकोमा एनपीएफसीए, डाक्टर र प्यारा मेडिकल स्टाफलाई धन्यवाद दिदै राजदूत शाहले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरका लागि पाकिस्तानले निरन्तर सहयोग गर्ने आश्वासन पनि दिए ।