October 8, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पत्रकार आछामीलाई नियन्त्रणमा लिएकोमा प्रेस चौतारीको भ्रत्सना


काठमाडौं । प्रेस चौतारी नेपालले एक विज्ञप्ती प्रकाशित गरी समाचार संकलनका क्रममा सिन्धुलीका पत्रकार बुद्धकुमार आछामीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति प्रेस चौतारी नेपालको गम्भीर भत्र्सना गरेको छ । चौतारीका महासचिव हिरामान लामाले एक विज्ञप्ती जारी गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै चैत्र ५ चैत काठमाडौंबाट सिन्धुली जाने क्रममा द्धन्द्धपिडित, घाइते अपाङ्ग र बेपत्ता परिवारका सदस्यहरुले कालो झन्डा देखाएर बिरोध गरेका थिए । सोही बिरोध कार्यक्रममको समाचार संकलनगर्ने क्रममा प्रेस चौतारी नेपालका नेता आछामीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
समाचार संकलनका लागि कार्यक्षेत्रमा खटेकापत्रकारलाई नियन्त्रणमा लिने यस प्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी कदमको चौतारी भत्सर्ना गर्दछ । साथै निर्वाध प्रेस स्वतन्त्रता उपभोगको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ महासचिव लामाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.