January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरको प्रथम नगर सम्मेलन सम्पन्न


वीरगञ्ज । नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरको प्रथम नगर सम्मेलन सम्पन्न गरेको छ । गजाधर पटेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटी सदस्य छोटेलाल यादव, प्रदेश सभा सदस्य पस्मीना कादरी, नेताहरु नन्दकिशोर पंजियार, प्रभु यादव, अक्षेलाल ठाकुर, डा. नुरुल होदा, बिजय पटेल, रामबाबु बैठा लगायतले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा नेताहरुले बदलिदो परिस्थितीमा जनताले माओवादीको साथ दिनु पर्नेमा जोड दिएका थिए । नेताहरुले जनताको सुख दुःखलाई बुझने एक मात्र पार्टी नेकपा माओवादी केन्द्र रहेको बताए । वीरगञ्जको मुर्लीमा रहेको वीरगञ्ज सिटी प्यालेसमा भएको कार्यक्रममा नेता कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन संतोष राज धिमिरेले गरेका थिए । साथै सम्मेलनबाट महानगर अध्यक्षमा सब्बाह अन्सारी, उपाध्यक्ष अक्षय पटेल, बिजय पटेल, रुपा पान्डे, सचीव नन्दकिशोर पन्जियार, सहसचिवमा मनोज यादव लगायत ९९ सदस्यीय कमिटी गठन सर्वसहमतिले निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.