October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पूर्व महान्यायाधिवक्ता विष्ट हिरासतमा

पूर्व महान्यायाधिवक्ता विष्ट


काठमाडौं । राजाको शासनकालमा सूर्य बहादुर थापा प्रधानमन्त्री हुँदा सरकारको कानूनी सल्लाहकार (महान्यायाधिवक्ता) रहेका प्रेम बहादुर विष्टलाई अदालतमा बिगो जरिवाना नतिरेका कारण पक्राउ गरिएको छ । ललितपुर जिल्लाको फैसला कार्यन्वयनको आदेशमा ललितपुरको ज्वागल प्रहरी प्रभागले आइतवार बिहान घरबाटै ८५ वर्षिय विष्टलाई पक्राउ गरेको थियो । उनले पाँच हजार रुपैया बिगो नतिरेको कारण पक्राउ गरिएको सुरक्षा स्रोतले डायरी एक्सप्रेस साप्ताहिकलाई जानकारी दियो ।
सरकारी वकिल भएर लामो समय काम गरेका व्यक्तिसँग नै बिगो असुल उपर गर्नुपरेका कारण पनि आम मानिसहरु छक्क परेका छन् । पञ्चायतकालमा लामो समय सरकारी वकिल बनेका विष्टले कति कामहरु कानून र न्यायको परिधिभित्र रहेर गरे होलान् शंका उत्पन्न भएको छ । त्यसो त बिष्टले छिमेकी राधेश्याम श्रेष्ठसँग एभरेष्ट एकेडेमी उच्च मावि नामक स्कूलको शेयर लिए । पछि उनले शक्तिको दुरुपयोग गरी उक्त स्कूल पनि हड्पेका थिए । त्यसपछि विष्टले बीस लाख नगद दिएको भन्दै जिल्ला अदालत ललितपुरमा मुद्दा हाले । र, उक्त मुद्दा ललितपुर जिल्ला अदालतमा जितेका थिए । तर, तत्कालिन पुनरावेदन अदालत पाटनबाट मुद्दा हारे पछि अहिले सर्वोच्च अदालतमा बिचाराधिन छ । जीवनको उत्तराद्धमा प्रहरी प्रभागमा भेटिएका विष्ट अहिले भने छिमेकीलाई दुःख दिएकोमा पछुतो मानिरहेका छन् ।
ललितपुरको ज्वागल प्रहरी प्रभागमा भेटिएका विष्ट अहिले भने पक्राउ गर्दा आफुलाई जुत्तासमेत लगाउन नदिएको भन्दै बिपक्षी राधेश्याम श्रेष्ठलाई जसरी पनि मिलापत्र गर्नुपर्छ भनेर उल्टै सम्झाएका थिए । प्रहरीको गाडीमा अभियुक्त भएर अदालत जानुपर्ने आज कस्तो नराम्रो दिन रहेछ भन्दै ८५ वर्षिय बिष्टको गुनासो सुन्नेहरु छक्क परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.