बिआरआईमार्फत लुम्बिनीलाई पिस टुरिजम् सेक्टर बनाउन सकिन्छ
सन्दर्भः बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’ चैत्र २, २०८१
शिव अधिकारी, राजनीतिक विश्लेषक
फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले काठमाडौंमा आयोजना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’ शनिवार र आइतवार दुई दिनका लागि चलेको छ । कार्यक्रम प्रतिनिधिसभाका देवराज घिमिर, पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गरेका थिए । नेपालका लागि चिनियाँ राजदूत छङ सङ र आयोजक संस्था फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमका अध्यक्ष डा. बि.के. मान सिंह, प्रा.डा. युवराज संग्रौला, चीनका लागि नेपाली राजदूत टंक कार्की, लीलामणि पौड्याल, चिनियाँ प्राध्यापकहरु हान युनसाङ, झाङ सुबिन र याङ याबो, एससीआइजीका सहायक महाप्रवन्धक वेइ जिसङले बेल्ट एण्ड रोड इनिसियटिभका बारेमा चर्चा गरेका थिए । नेपाली प्राध्यापकहरु डा. दिनेश राज भुजु, युवराज संग्रौला, पूर्वाधार विकास र नीति सम्बन्धी विज्ञ डा. सूर्यराज आचार्यले बिआरआई बारे अवसर र चुनौतिका विषयमा धारणा राखेका थिए । कार्यक्रममा नेपाल र चीनका विज्ञ, प्राध्यापक, कुटनीतिज्ञहरु, वरिष्ठ सञ्चारकर्मीहरु लगायत सयौ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा व्यस्तताका वावजुद विआरआई इनिसियटिभ परियोजनालाई नजिकबाट निहालेका एक विज्ञ शिव अधिकारीसँग डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको छोटो कुराकानीः
नेपालका सन्दर्भमा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना लागू गर्न के कस्ता चुनौतिहरु देख्नुभएको छ ।
चुनौति नै भनेर पहिले नै सुरु गर्नुभयो, पहिला त बेल्ट एण्ड रोड के हो भनेर बुझ्न जरुरी छ । यो असाध्यै ठूलो महत्वकांक्षी परियोजना हो । किनभने चीनले संसारलाई नै एक चीनमा राख्छु भनेर राम्रो कुराको सोच ल्याएको छ । उसले रित्तो हातमा हैन आफुले पनि लगानी गर्दै जाने र सबैलाई सहभागी बनाउने भन्ने सोचमा छ । यसरी बेल्ट एण्ड रोड राम्रो इनिसियटिभ कार्यक्रम हो । यो विषयमा सुरुवात मेरै घरमा बैठक बसेर गरिएको हो । यो अवस्थामा आउँला भन्ने लागेको पनि थिएन । चुनौति भनेको हरेक पाइलामा हुने गर्दछ । तर, पनि एउटै चुनौति के हो भने देश विकास गर्नुपर्ने र जनतालाई पनि सुचित गर्नुपर्ने अवस्था छ । त्यसका लागि कसले साथ दिन्छ भन्ने हो ? एमसीसीको हामी सबैले विरोध गरेका हौं । किनकी एमसीसी उनीहरुकै आदेशले चल्नुपर्ने परियोजना हो । बीआई त सहभागितामा काम गरौं भनिएको छ । यसबाट ठूलो चुनौति छैन । मात्रै यसको व्यवस्थापन कसरी गर्ने भन्ने मात्र हो । सरकारले यस बारेमा सोच्नै सकेको छैन । अहिले हामीले अगाडि बढाएको काम सरकार स्वयं वा राजनीतिक पार्टीहरुले नै गर्नुुपर्ने थियो ।
एमसीसी जस्तो सैन्य रणनीतिमा आधारित परियोजना संसदबाटै अनुमोदित भयो तर, बीआरआई किन राजनीतिक नेतृत्वले सकरात्मक लिएको पाइदैन नी ?
बीआरआईबाट कार्यक्रम जाने बित्तिकै सोझै राजनीतिक नेतृत्वको हातमा पर्ने देखिएन । बीआरआइले व्यक्तिगत रुपमा अवसर उपलब्ध गराएन । यो त समग्र राष्ट्रको हितमा मात्रै हुने परियोजना हो । त्यसैकारण बीआरआईमा कमिसनको बार्गेनिङ नै भएन । तथापि मलाई प्रष्ट त भएन । बीआरआईको इनिसियसन मैले नै अघि बढाएको हुँ । प्रचण्ड प्रधानमन्त्री भएकै समयमा ऋषि अधिकारी कुटनैतिक सल्लाहकार थिए । उनसँगै व्यवसायी अजय सुमार्गीको घरमा मणि चौलागाई भन्ने चीनमै बसेर अध्ययन गरेका ब्यक्तिलाई लिएर उनीमार्फत चिनियाँ दुतावासका इकोनोमिक काउन्सिलरलाई भेट गरियो । त्यसपछि प्रचण्डले यो कार्यक्रम अगाडि बढाउनुभयो ।
यो बीआरआईमा हामी संलग्न हुनै पर्ने मूख्य कारण के हो भने चीन हाम्रो छिमेकी हो । उसँग यत्ति धेरै परियोजनाहरु छन् । संसारभरका १५० देशमा बीआरआईका परियोजना लागू गरिएका छन् । यसैलाई केन्द्रीत गराउन सकिन्छ । संसारभरमा यस प्रकारका डाइलगहरु भएका छैनन् । हामीले चीन र नेपाल दुबैलाई वीन वीन होस् भनेर सुरु गरेका हौं ।
सरकार र बाहिर बसेका केहि दलहरुले ऋण लिनै हुन्न अनुदान पाए लिनुपर्छ भन्ने एक खालको बक्तब्य बाजी गर्दै आएका छन् । २६ खर्ब नौ अर्ब नेपालको वैदेशिक र आन्तरिक ऋणमा चीनको मात्रै दुई प्रतिशत नै रहेछ । चीनबाट पोखरा विमानस्थलका लागि लिएको ऋणबाट देश डुब्यो भन्दै हल्ला चलाइएको छ नी ?
हामीले यो देशलाई कुन क्षेत्रबाट अघि बढाउन सकिन्छ भन्ने सोचको अभाव हो । पूर्वाग्रह र पश्चिमाबाट निर्देशित मानिसहरुले गरेको हल्ला हो । अवको अवस्था त्यो छैन । अहिले जेर्बेशाक्सले भनेका छन् ‘अबको अवसर भनेको एशियन कन्टिनेन्टलको मात्रै हो । ‘ओशियन’हरुले ‘क्याप्टालिजम् रिभाइव’ गर्न गाह्रो छ ।’ मैले बुद्धिस्ट इकोनोमिक्स’ अगाडि बढाउनुपर्छ भनेको छु । लुम्बिनीमा एउटा मार्टनिटी सेन्टर (प्रसुति गृह) बनाउने । जहाँ चार(पाँच हजार मानिसहरु आएर बच्चा जन्माउन सकून । लुम्बिनीलाई एउटा पिस ‘टुरिजम् सेक्टर’ बनाउने । त्यसपछि घोडाघोडी ताल हुँदै खप्तड पु¥याएर रामारोशन हुँदै काक्रे विहार र रारासम्म पु¥याएर रिणी हुँदै मुक्तिनाथ पु¥याएर गोरखा हुँदै काठमाडौं ल्याएर रुटमा नमूना गाउँ बनाएर पर्यटकका लागि गन्तब्य बनाउने बित्तिकै नेपालका मानिसहरुले नपुग्ने गरी रोजगारी सिर्जना हुन्छ । त्यस प्रकारको काम बेल्ट एण्ड रोड इनिसियटिभको परियोजनाबाट मात्रै सम्भव हुन्छ । त्यहि विषयमा नेपालका लागि चिनिया राजदूतसँग कुरा पनि भएको छ ।
केरुङ(काठमाडौं, काठमाडौं(पोखरा, पोखरा (लुम्बिनी रेल सञ्चालनको विषय किन अहिले सेलाएको हो ? चिनियाँ रेल नेपालको भूगोलमा पक्कै पनि सहज हुँदैनथ्यो र ?
केरुङ(काठमाडौ रेलका लागि हामीले दवाव दिन खोजेका हौं । सरकार ब्यक्तिगत कमाउन बाहेक अन्य सोच्नै सकेन । अहिले सरकार पुरै ब्लाइण्ड भएको छ ।
सरकार ब्लाइण्ड भयो कि दक्षिणायन भयो ?
दक्षिणायन पनि भयो । आफुलाई मात्रै होस् भनेर लागियो भने केहि पनि हुँदैन । त्यसैले मैले भनेको छु ।
‘म पात हुँ झरे हुँन्छ बगैचा सप्रियो भने,
म थोपा हुँ सुके हुन्छ समुन्द्र भरियो भने ।
म धुलो हुँ उडे हुन्छ धर्ति स्थिर भयो भने,
म एउटा नबने हुन्छ मेरो देश बन्यो भने ।
यस्तो सोँच चाहियो । मैले २०५९ सालमा म प्रधानमन्त्री भएभने भन्ने लेख २०५९ सालमा लेखेको थियो । त्यो लेख राजेश्वर देवकोटाले पढेछन् । त्यसपछि उनले फोन गरेँ । त्यसपछि मेरो उनीसँग नजिकको सम्बन्ध बन्यो । २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीको दरखास्त मागे । मैले पनि हाले । जुन पढ्न लायक छ । सबैलाई बैरी नठानी सबैको सहभागितामा अघि बढ्नु पर्ने हो । प्रधानमन्त्री ओली यस अघि बालुवाटारबाट हटेर बालकोट जाँदा एउटा कविता लेखेँ
ओली तिमीलाई बचाउन सकिँन,
तिमीलाई नेपालका कोहि मानिस चाहिएन ।
नरभाने, सामन्त गोयल, चौधरी भए पुग्छ,
माधव र प्रचण्ड कोहि चाहिएन ।
तिमी यस्तो हालतमा पुग्यौं,
मैले बचाउन सकिन ।
यो कविता मैले लेखेपछि उनलाई कसैले देखाएछ र एक दिन कार्यक्रममै भने ‘सेतो कपाल र दाह्री हुँदैमा हुने रहेनछ बुद्धि बिग्रे पछि गलत मानिसको संगत गरेपछि, पद र पैसामा लागेँपछि । बुद्धिजिबी भनौं बुद्धिजिबी होइन, आक्रोस छ, कुण्ठा छ, रोष छ, तथानाम गाली गरेको छ भन्दै आधाघण्टा बिताएछन् ।’ यस्ता मानिसहरु देशको नेतृत्वमा पुगेपछि केहि पनि हुँदैन । तपाई जस्तो सक्रिय मानिसले मौका पाउनुभएको छ ?
यो परियोजना जत्ति चर्चामा छ, त्यसको अनुपातमा कामै अघि बढ्न सकेन अब के होला त ?
यसको पहल सरकारले नै गर्नुपर्छ । बुद्धिजिबीहरुलाई समेटेर चलाउँनुपर्छ । अहिले एकलौटी किसिमले कुनै शक्तिले चलाएको छ । त्यसैले गाह्रो भएको छ । हामीले दवाव दिएर चीन सरकारसँग एप्रोच गरेर अगाडि बढाउने नै हो ।
त्यसो भए एक दिन नेपालमा चिनियाँ रेल आउँछ ?
पक्कै आउँछ । किनभने यो प्लेटफर्म चीन सरकारलाई दियौं । हामीले मई महिनामा ठूलो सम्मेलन हुन्छ । अनुसन्धान गरेर एउटा पुस्तक नै तयार हुन्छ । त्यसपछि त्यो अन्तर्राष्ट्रिय हुन्छ ।
दुई ठूला कम्युनिस्ट पार्टी एक भएर नेकपा भएका समयमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’को विषयमा बुद्धिजिबी संगठनले आयोजना गरेको कार्यक्रममा नेताहरुले बोलेको सन्दर्भ बिर्सिएको हो ?
त्यो स्थायी किसिमको भएन । त्यसैकारणले अब केहि हुन्छ । तपाई हामी सबैजना लाग्नुपर्छ ।


