देश डुबाउने र जलाउने दुवै जनताका शत्रु हुन्: प्रेम सुवाल
1 min read
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनको नाममा देश जलाउने दुवै पक्ष नेपाली जनताका शत्रु भएको बताएका छन्। नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्याली पछिको सभालाई सम्बोधन गर्दै सुवालले यस्तो कुरा बताएका हुन्। नेपाली कङ्ग्रेस, एमाले, माओवादी लगायतका पुराना पार्टीहरूले भ्रष्टाचार गरी देश डुबाएको र नयाँ भनेर आएको पार्टीले भदौ २३ र २४ गते देश जलाएको आरोप उनले लगाए। उनले यी दुवै पक्षबाट देश बन्न नसक्ने ठोकुवा गरे।देशमा भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्रीबाटै सुधारको सुरुवात हुनुपर्ने खाँचो सुवालले औँल्याए। प्रधानमन्त्रीले भ्रष्टाचार गरेनन् भने मन्त्रीहरूले गर्न सक्दैनन्, र मन्त्रीहरूले नगरेपछि हाकिमहरूले पनि भ्रष्टाचार गर्ने आँट गर्दैनन् भन्ने उनको भनाइ थियो। उनले १७ वर्ष अगाडि भक्तपुर मालपोत कार्यालयमा सरोकारवाला मन्त्री निरीक्षणमा आउँदाको एउटा रोचक प्रसङ्ग स्मरण गरे। तत्कालीन मालपोत हाकिमले आफूहरूले खाएको घुसको हिस्सा प्रधानमन्त्रीसम्म पुग्ने मन्त्रीकै अगाडि बताएको उनले खुलाए। “मालपोत हाकिम साबले हामी प्रधानमन्त्रीसम्म रकम पुर्याउँछौँ, राष्ट्रपतिसम्म पुग्छ कि पुग्दैन त्यो चाहिँ थाहा भएन भन्दा मन्त्रीज्यूले केही भन्न सक्नुभएन,” उनले सम्झिए।फरक प्रसङ्गमा सुवालले नेपाल मजदुर किसान पार्टी चुनावमा हार्नु भनेको वास्तवमा नेपाली जनता नै हार्नु भएको दाबी गरे। भारतले नेपालको सीमा अतिक्रमण गर्दा होस् वा देशमा ठूला भ्रष्टाचार काण्डहरू हुँदा, अरू कुनै पनि दल र तिनका नेताहरू नबोल्ने बरु सबै मिलिजुली खाने गरेको आरोप उनले लगाए। उनले देशको कला र संस्कृतिको संरक्षण गर्नु सबैको साझा कर्तव्य भएको बताए। नेपाल संवत् नयाँ वर्षलाई केवल पात्रो परिवर्तनका रूपमा मात्र नभई भाषा, संस्कृति, इतिहास र मौलिक पहिचानसँग जोडेर मनाउनुपर्नेमा उनले जोड दिए।उक्त सभामा नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्चार, ४६ औँ नेपाल भाषा साहित्य सम्मेलन आयोजक समिति गोल्मढीका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवां लगायतले पनि आफ्ना विचार राखेका थिए।नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना र्याली आयोजक समितिको संयुक्त आयोजनामा भएको उक्त र्यालीमा सयौँ बाजागाजा समूहसहित हजारौँ सर्वसाधारणको सहभागिता थियो। र्याली भक्तपुरको सूर्यमढी र टौमढी गरी दुई अलग-अलग स्थानबाट सुरु भएको थियो। नगरका विभिन्न टोल तथा बजार परिक्रमा गर्दै र्याली भक्तपुर दरबार क्षेत्रको खौमामा पुगेर टुङ्गिएको थियो। त्यहाँ उपस्थित सहभागीहरूले नेपालभाषाका सेवी, समाज सुधारक तथा मास्टर जगतसुन्दर मल्लको सालिकमा फूलमाला अर्पण गरी माल्यार्पण गरेका थिए। माल्यार्पणपछि विभिन्न गीत-संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिसहित सभा आयोजना गरिएको थियो, जसमा सयौँ स्थानीय कलाकारहरूले आफ्नो कला प्रदर्शन गरेका थिए।परम्परागत बाजागाजा, सांस्कृतिक समूह तथा विभिन्न जातजातिका मानिसहरूको उत्साहजनक सहभागिता रहेको उक्त र्यालीले नेपालको भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य बोकेको थियो, जसले भक्तपुरको भव्य सांस्कृतिक वैभवलाई फेरि एकदा प्रदर्शन गरेको छ।
देश डुबाउने र जलाउने दुवै जनताका शत्रु हुन्: प्रेम सुवालभक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनको नाममा देश जलाउने दुवै पक्ष नेपाली जनताका शत्रु भएको बताएका छन्। नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्याली पछिको सभालाई सम्बोधन गर्दै सुवालले यस्तो कुरा बताएका हुन्। नेपाली कङ्ग्रेस, एमाले, माओवादी लगायतका पुराना पार्टीहरूले भ्रष्टाचार गरी देश डुबाएको र नयाँ भनेर आएको पार्टीले भदौ २३ र २४ गते देश जलाएको आरोप उनले लगाए। उनले यी दुवै पक्षबाट देश बन्न नसक्ने ठोकुवा गरे।देशमा भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्रीबाटै सुधारको सुरुवात हुनुपर्ने खाँचो सुवालले औँल्याए। प्रधानमन्त्रीले भ्रष्टाचार गरेनन् भने मन्त्रीहरूले गर्न सक्दैनन्, र मन्त्रीहरूले नगरेपछि हाकिमहरूले पनि भ्रष्टाचार गर्ने आँट गर्दैनन् भन्ने उनको भनाइ थियो। उनले १७ वर्ष अगाडि भक्तपुर मालपोत कार्यालयमा सरोकारवाला मन्त्री निरीक्षणमा आउँदाको एउटा रोचक प्रसङ्ग स्मरण गरे। तत्कालीन मालपोत हाकिमले आफूहरूले खाएको घुसको हिस्सा प्रधानमन्त्रीसम्म पुग्ने मन्त्रीकै अगाडि बताएको उनले खुलाए। “मालपोत हाकिम साबले हामी प्रधानमन्त्रीसम्म रकम पुर्याउँछौँ, राष्ट्रपतिसम्म पुग्छ कि पुग्दैन त्यो चाहिँ थाहा भएन भन्दा मन्त्रीज्यूले केही भन्न सक्नुभएन,” उनले सम्झिए।फरक प्रसङ्गमा सुवालले नेपाल मजदुर किसान पार्टी चुनावमा हार्नु भनेको वास्तवमा नेपाली जनता नै हार्नु भएको दाबी गरे। भारतले नेपालको सीमा अतिक्रमण गर्दा होस् वा देशमा ठूला भ्रष्टाचार काण्डहरू हुँदा, अरू कुनै पनि दल र तिनका नेताहरू नबोल्ने बरु सबै मिलिजुली खाने गरेको आरोप उनले लगाए। उनले देशको कला र संस्कृतिको संरक्षण गर्नु सबैको साझा कर्तव्य भएको बताए। नेपाल संवत् नयाँ वर्षलाई केवल पात्रो परिवर्तनका रूपमा मात्र नभई भाषा, संस्कृति, इतिहास र मौलिक पहिचानसँग जोडेर मनाउनुपर्नेमा उनले जोड दिए।उक्त सभामा नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्चार, ४६ औँ नेपाल भाषा साहित्य सम्मेलन आयोजक समिति गोल्मढीका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवां लगायतले पनि आफ्ना विचार राखेका थिए।नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना र्याली आयोजक समितिको संयुक्त आयोजनामा भएको उक्त र्यालीमा सयौँ बाजागाजा समूहसहित हजारौँ सर्वसाधारणको सहभागिता थियो। र्याली भक्तपुरको सूर्यमढी र टौमढी गरी दुई अलग-अलग स्थानबाट सुरु भएको थियो। नगरका विभिन्न टोल तथा बजार परिक्रमा गर्दै र्याली भक्तपुर दरबार क्षेत्रको खौमामा पुगेर टुङ्गिएको थियो। त्यहाँ उपस्थित सहभागीहरूले नेपालभाषाका सेवी, समाज सुधारक तथा मास्टर जगतसुन्दर मल्लको सालिकमा फूलमाला अर्पण गरी माल्यार्पण गरेका थिए। माल्यार्पणपछि विभिन्न गीत-संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिसहित सभा आयोजना गरिएको थियो, जसमा सयौँ स्थानीय कलाकारहरूले आफ्नो कला प्रदर्शन गरेका थिए।परम्परागत बाजागाजा, सांस्कृतिक समूह तथा विभिन्न जातजातिका मानिसहरूको उत्साहजनक सहभागिता रहेको उक्त र्यालीले नेपालको भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य बोकेको थियो, जसले भक्तपुरको भव्य सांस्कृतिक वैभवलाई फेरि एकदा प्रदर्शन गरेको छ।
