April 19, 2026

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेपाली साहित्यमा मोतीराम भट्टले सुरु गरेको कामलाई बिस्तार गर्ने कार्यमा बाबुराम आचार्य

1 min read

प्रा.डा. दयाराम श्रेष्ठ, वरिष्ठ साहित्यकार
नेपालको इतिहासको बारेमा इतिहास शिरोमणि बाबुराम आचार्यलाई इतिवृतान्त ज्ञान थियो । हामीले इतिहास भन्ने बित्तिकै शासकहरुको इतिहास, राजा महाराजाको इतिहास वा राजनीेतिक इतिहास भनेर बुझ्दछौं । तर इतिहास त सांस्कृतिक इतिहास, सामाजिक इतिहास, आर्थिक इतिहास र साहित्यक पनि इतिहास हुन्छन् ।
इतिहासको आयाम राजनीतिमा मात्रै सिमित छैन तथापि हामीले इतिहास भनेको भाई भारदारहरुको भन्ने बुझाई छ । नेपालको इतिहासमा इतिहास शिरोमणि बाबुराम आचार्यको विशेष योगदान रहेको छ । यस बारेमा संक्षिप्त वर्णन गर्न चाहन्छु । बाबुराम आचार्यसँग इतिहासको कुरा गर्दा दुई जना ब्यक्तिहरु छन् । पहिलो हुन् मोतिराम भट्ट जस्ले एक जना पुराना श्र्रष्टा भानुभक्त आचार्यको खोजिगरिदिए । साहित्यको खोजिको पहिलो चरणका रुपमा भानुभक्त आचार्यको खोजि गर्नु साहित्यको पहिलो चरण थियो । पुराना प्रतिभाहरु खोज्नुपर्दछ तर, बिलाउनु हँदैन भन्ने चेतना मोतिराम भट्टले समाजमा ल्याए । साथै भानुभक्त आचार्य नै हाम्रा आदीकवि हुन् भनेर उनले बाहिर ल्याए । उनले भानुभक्त आचार्य भन्दा अघि अरु पनि कविहरु थिए भनेर संकेत पनि गरे । साथै भाषामा पद्य लेख्ने कवि भानुभक्त नै हुन् भनेर स्पष्ट गरेका थिए । अन्य कविहरुको विषयमा उनको उमेरले पनि लेख्न भ्याएनन् होला । किनकी उनको ३० वषको उमेरमैै निधन भयो । अन्य कुनै कारण पनि हुनसक्छ ।
नेपालको इतिहासमा अन्य कविहरु पनि थिए, भनेर खोजि बाबुराम आचार्यले गरेँ । यसै क्रममा इतिहासको जग बसाल्ने कामको सुरुवात गरे । नेपाली साहित्यको काल विभाजन गर्ने काम गरे । उनले पुरानो काल र नयाँ काल भनेर सीमारेखा तय गरे । पुराना भनेर आफ्ना मौलिक रचना नलेखि अनुवाद गरे । बिभिन्न धार्मिक श्रोतहरु रामायण र भागवत गीताबाट अन्ुवाद गरेका थिए । त्यो समयमा नेपाली कविहरुले मौलिक विचारधारालाई अभिव्यक्त गरे । यसरी पुरानो काल भन्नाले १९६० सम्म र नयाँकाल भन्नाले १९६१ भन्दा यता भन्ने बुझिन्छ । उनले पुरानो काल भनेर धमाधम पुराना पाण्डुलिपिहरु खोज्दै संग्रहहरुको तयार पारे । २००३ सालमा उनले सरकारी संस्था नेपाली भाषा अनुवाद परिषद्बाट प्रकाशित गरे । मोतिराम भट्टले नामै लिन नसकेका विद्याधरण केशरी, बसन्त कवि, इन्दिरस, रघुनाथका कृति र उनीहरुका जीवनीसमेतको एउटा अनुसन्धानात्मक कृति नेपाली साहित्यलाई बाबुराम आचार्यले दिए । यसमा उनले प्रथम पटक कति जना कविहरुका बिचमा तुलना गर्न सकिन्छ भनेर भानुभक्त र पतञ्जली गजुरेल, भानुभक्त र रघुनाथको तुलनाको पनि परम्परागत रुपमा सुरु गरे । यसरी मोतीराम भट्टले सुरु गरेको कामलाई बिस्तार गर्ने कार्य बाबुराम आचार्यले गरे । त्यसपछि बाबुराम आचार्यले गरेका कामहरुलाई अघि बढाउने काम ईश्वर बरालले गरे । उनले विद्यादण्डित केशरी, इन्दिरसहरुका बारेमा विस्तृत गराए । यसरी बाबुराम आचार्यले नभ्याएका कामहरु ईश्वर बरालले पुरा गरेका थिए । नेपालको इतिहासको पृष्ठभूमि तयार गर्नुमा बाबुराम आचार्यको ठूलो योगदान रहेको छ ।
बाबुराम आचार्यका कृतिहरुको विषयमा वर्णन गर्नुपर्दा पुराना कवि र कविता –२००३ सालमा प्रकाशित र तुलनात्मक सुन्दरकाण्ड जुन नेपाली भाषा प्रकाशिनी समितिद्वारा २००२ सालमा प्रकाशित भएको थियो । साथै उनले नेपाली साहित्यका बारेमा भानुभक्त आचार्य, मोतिराम भट्ट र राजधर्मका बारेमा लेख लेखे साथै मोहन बहादुर स्वार अटल बहादुर नाटकको बारेमा उनले विश्लेषण गरेर लेख लेखे । यसरी समष्टिमा नेपाली साहित्यका बारेमा तथ्यपरक अनुसन्धानलाई अघि बढाउने काम गरे । यसै सिलसिलामा बाबुराम आचार्यको योगदानका बारेमा भन्नुपर्दा खोजि गर्ने क्रममा मोतीराम भट्टले गरेका गल्तिहरु बाबुराम आचार्यले औल्याइदिए । मोतिराम भट्टले लेखेः घासीबाट प्रेरणा पाएर भानुभक्तले घासीको पहिलो कविता लेखे तर, त्यो होइन । घासी र भानुभक्तको सम्वादको प्रसंग सरासर गल्ति छ । किनभने तनहुँमा अहिलेसम्म पनि घाँस बेच्ने चलन छैन भने त्यो समयमा घास बेचेर पैसा कमाएर कुवा खनाउने भन्ने प्रसंग मिल्दै मिल्दैन । यो त किस्सामात्रै भयो । तथ्यमा आधारित नै भएन । सर्वप्रथम यस्का खुलासा गर्ने काम बाबुराम आचार्यले गरे । त्यो त मोतीराम भट्ट प्रथम कवि थिए । उनी भावनामा बहकीय तर, बाबुराम आचार्य त इतिहासकार थिए । उनले तथ्य नै खोजे । यसरी यो विषयमा आचार्यले खण्डन मण्डन नै गरे । यो कविता नै ‘फेक’ (नक्कली) हो भनेर प्रमाणित गरे ।
मोतिराम भट्टले १९४८ सालमा प्रकाशित गरिएको भानुभक्तको जीवन चरित्रमा ‘पैसा खाएर भानभक्तले तिर्न नसकेपछि झ्यालखानामा परेका थिए ।’ झ्यालखानामा परेको कुनै प्रमाण छैन । तर, कुमारी चोकमा एक प्रकारको नजरबन्द जस्तो दण्ड सजाय पाएका हुन भनेर आचार्यले पुष्टि गरेका छन् । यसरी इतिहासलाई आँखा चिम्लेर स्वीकार गर्ने होइन, परिमार्जन गर्ने काम बाबुराम अचार्यले क्रमिक रुपमा गरेको पाईन्छ । यसलाई हामीले नेपाली साहित्यमा अतुलनिय योगदानका रुपमा लिन सकिन्छ ।
छोटकरीमा भन्नुपर्दा बाबुराम आचार्यले गरेको ऐतिहासिक काम भनेको नेपाली साहित्यको इतिहासलाई १८६० सम्म धकेलेको देखिन्छ । कुनै कुरालाई पनि स्वीकार गर्दा भावनामा नआई त्यसलाई सिद्धान्तमा आधारित भएर स्वीकार गर्नुपर्छ । यसरी भानुभक्तलाई आदीकविका रुपमा तीनवटा कुराको आधारमा स्वीकार गरेका छन् । ति तीनवटा कुरामा लालित्य, सरलता र विचारको मौलिकता हुन् । यसरी मापदण्ड तयार गरेर मात्रै स्वीकार गर्ने बाबुराम आचार्यको विशेषता नै हो । उनले काल विभाजन गरेँ । यद्यपि वैज्ञानिक थिएन तर, नेपालको इतिहास निर्माणका लागि जग बसाल्ने काम भयो । काल विभाजनका खाका निर्माण गर्नु नै नेपाली साहित्यको ईतिहास निर्माणका लागि पृष्ठभूमि तयार गरिएको थियो । साहित्यमा तुलानात्मक अध्ययन (ऋयmउचभतष्खभ क्तगमथ) अत्यन्तै महत्वपूर्ण हुन्छ । तुलानात्मक अध्ययनलाई साहित्यभित्रको च्याप्टरका रुपमा मानिन्छ । नेपाली साहित्यमा तुलानात्मक अध्ययनको सुरुवात गर्ने पहिलो नेपाली भनेकै बाबुराम आचार्य नै हुन् ।
सुरुमै उनले पुराना कवि र कवितामा छनक दिइसकेका थिए । २००३ सालमा रघुनाथको सुन्दर काण्ड र भानुभक्तको सुन्दर काण्डको तुलना गरेर एउटा कृति नै तयार गरे । यसलाई पनि साहित्यको एउटा भागको रुपमा मानिन्छ । जुन काम बाबुराम आचार्यले गरेका थिए । उनका पुराना कवि र कवितामा यो कृतिमा के देखिन्छ ? भने जुन मोडल तयार गरिएको छ । त्यसमा पुरै अमेरिकन मोडेलमा छ । अर्को रसियन मोडल र अर्को चाहिँ पेरिस जर्मन मोडलमा छ । यी तीनवटा मध्ये अमेरिकन मोडल किन प्रयोग गरियो भने त्यसमा कृतिभित्रको काब्यिक सुन्दरपक्ष हुन्छ त्यसका आधारमा तुलानात्मक रुपमा कारण पत्ता लगाउनु हो । यसरी भानुभक्तको सुन्दरकाण्डमा यी कारण छन् भने रघुनाथको सुन्दर काण्डमा यो छ भनेर कारण दिइन्छ । यसरी नेपाली साहित्यमा तुलानात्मक अध्ययनको परम्पराको सुरुवात गरे । यसरी हेर्दै जाँदा साहित्यको इतिहासलाई परिमार्जन गर्ने र स्वीकार गर्नुपर्दा भावनामा नबग्ने, सैद्धान्तिक आधार खोज्ने र समालोचना भनेको तथ्यमा आधारित हुनुपर्दछ भनेर बाबुराम आचार्यले महत्वपूर्ण कामको सुरुवात गरे । साथै राजधर्म नामक कृतिका लेखक को हुन् ? भन्ने अन्यौलता थियो । त्यो अन्यौलतालाई चिर्न बाबुराम आचार्यले अनेक शुत्रहरु खोजेर अनुसन्धान गरे । ‘त्यसपछि पत्ता लाग्यो यो ललित त्रिपुरा सुन्दरीको कृति हो ।’ उनले पहलमान सिंह स्वारको अटल बहादुर भन्ने नाटक छ त्यसलाई शेक्सपियरको हेम्लेट भन्ने नाटकको प्रभाव भन्ने गरिन्छ । बाबुराम आचार्यले अनुवाद, भावनुवाद अथवा प्रभावपरेको नै हुनसक्दछ । तर, अटल बहादुरको उपन्यास तत्कालिन दरबारमा घटेको घट्नालाई लेखिएको इतिहासको नाटक हो भनेर प्रमाणित गरिदिए । यसरी बाबुराम आचार्यले आफ्नो जीवन कालमा गरेका कामहरु मुल्यांकन गर्दा उनी राजनैतिक इतिहासका मात्रै शिरोमणि नभएर नेपाली साहित्यको इतिहासका पनि शिरोमणि नै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.