November 19, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

हामीकहाँ भ्रष्ट र नैतिकहीनहरुको तानाशाहीतन्त्र छ

1 min read


दिवाकर शर्मा, कम्युनिस्ट क्रान्तिकारी नेता, नेपालगञ्ज

आमा इन्दिरा लक्ष्मी उपाध्याय र बाबु प्रजापति शर्माका सुपुत्रको रुपमा वि.स. २००५ साल वैशाख ११ गते बाग्लुङ नगरपालिका बाग्लुङमा जन्मनुभएका दिवाकर शर्मा पुराना कम्युनिस्ट नेता हुनुहुन्छ । अर्थशास्त्रमा एम.ए. सम्मको अध्ययन गर्नुभएका शर्मा नेपाल राष्ट्रबैंकको अधिकृत तहको जागिर छाडेर कम्युनिस्ट राजनीतिमा लाग्नुभएको थियो । उहाँ निर्वाचन आयोगमा सुब्बा जागिर छाड्दा प्राप्त ७ वर्षको उपदान रकम लगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल बसेको बनारस भारतको डेरा भाडा तिरिदिनुभएको थियो बनारसमा उहाँहरुको समूहलाई ‘थ्रि इन वान’ भनिन्थ्यो । जसमा शिवहरि आचार्य, ईश्वरी रिजाल र दिवाकर शर्मा हुनुहुन्थ्यो । २०२८÷०२९ सालमा बनारसमा रहँदा पुष्पलालले मूलबाटो, तुल्सीलालले कुन बाटो र मोहन विक्रम सिंहले गद्दार पुष्पलाल लेखेपछि कम्युनिस्ट क्रान्तिकारहरुबीच तिब्र विवाद सुरु भएको सम्झनुहुन्छ शर्मा ।
नेकपा मालेले राष्ट्रिय पञ्चायतको निर्वाचनमा उपयोग गर्ने नीति लिए अनुसार २०४३ सालमा देशभरबाट ६० जना उम्मेद्वारहरु उठाएको थियो । जस मध्ये उहाँ पनि बाँके जिल्लाबाट उम्मेद्वार हुनुभयो । पञ्चायतले ब्यापक बुथ क्याप्चरका गरेका कारण उहाँ पराजित हुनुभयो । त्यसपछि पञ्चायत इतर राजनीतिमा संलग्न भएका उहाँ झण्डै आठ महिना शान्ति सुरक्षा अन्तर्गत बाँके कारागारमा बस्नुभयोे । बाँके कारागारबाट रिहा भएपछि उहाँ भूमिगत भएर कैलाली र कञ्चनपुरमा संगठन बिस्तारमा लाग्नुभयो । प्रजातन्त्रको स्थापना पछि २०४८ सालमा बाँके क्षेत्र नम्बर २बाट नेपाली कांग्रेसका नेता सुशील कोइरालासँग प्रतिस्पर्धा गर्नुभएका शर्मा नेपाली कांग्रेसले गरेको ब्यापक बुँथ क्याप्चर पश्तात पराजित हुनुभयो । चार बेदकै अनुवादसमेत गर्नुभएका शर्मा साहित्य अध्ययन र लेखनमा पनि औधि रुचि राख्नुहुन्छ । अहिले बाँकेका पुराना सादगी कम्युनिस्ट नेता शर्मासँग काठमाडौंमा डायरी एक्सप्रेसका कार्यकारी सम्पादक नारायणप्रसाद शर्माले गरेको विशेष वार्ताः
तपाई नेपाल कम्युनिस्ट पार्टीमा लागेको पुरानो नेता मध्येका एक जना हुनुहुन्छ । अहिले कमयुनिस्ट पार्टीको नीति र नेताको व्यवहारमा कस्तो पाउनुहुन्छ ?
नीतिबाट पतन नै भए । कम्युनिस्ट पार्टीको नेताहरुमा कसैसँग पनि नैतिकता देखिएन । २०४९ सालमा मैले मदन कुमार भण्डारीसँग यस विषयमा कुरा गरेको थिएँ । ‘यो सत्ता सामन्तवाद, विस्तारवाद र साम्राज्यवादको तीनखुट्टे स्वरुप भयो । यसमा सुधार नगरीकन हामी सत्तामा गयौं भने डुब्छौं त्यसैले मोर्चा बनाएर पठाऔं’ । यो विषयमा भण्डारी मसँग केहि बोलेनन् । मैले नेपालगञ्जको पार्टी कार्यालयमा कुरा गरेको थिएँ । त्यसपछि विकृत हुँदा हुँदै पुँजीवादी भयो । अहिले भ्रष्टाचारमा त झनै तल झ¥यो मान्छेमा नैतिकता हरायो । अनेक प्रकारका बिकृतहरु आए । मैले प्रधानमन्त्री ओलीका विषयमा फेसबुकमा स्टाटस पनि लेखेको छु । ‘ओलीजी तपाईको दिमाग ठीक छ कि छैन ’ ? प्रधानमन्त्रीको दायित्व के हो ? कुर्सीको बेइज्यति गर्नुभयो । तपाई आराम गर्नुस् भनेर पटक पटक आग्रह गरेको छु । सरकार चलाउने विषयमा पनि तपाईहरुले भन्दा १० गुणा राम्रो सरकार चलाउँछु । किनकी भ्रष्टाचारको सुराक कुरा मलाई थाह छ । गर कि छाड भन्ने मेरो लाइन हो । तलदेखि माथिसम्म तस्करी र भ्रष्टाचारीहरुको जालो छ । अन्तर्राष्ट्रिय तस्कर गिरोहबाट आतंकारी समूहहरु पनि संलग्न रहेका छन् । अहिलेको सत्ताको स्वरुप हेर्नुहुन्छ भने आमुल परिवर्तनका जरुरी छ । यदि अहिले सुधार गर्ने हो भने पारदर्शी हुनुप¥यो ।
पञ्चायती व्यवस्थामा बरु न्याय थियो । राजासँग जोडिएका व्यक्तिहरु पनि भ्रष्टाचारमा लागेको खण्डमा काराबाही हुन्थ्यो । अहिले त चोख्याउने काम हुन्छ । अहिले अदालत प्रहरी सेनालगायत चौतर्फी बिग्रिएपछि के लाग्छ । सेना, प्रहरी, माओवादीलगायत सबै ठाउँमा आतंककारी समूह छन् । यो राज्यलाई सम्हाल्ने हो भने एकल निरंकुशता चाहिन्छ । प्रखर राष्ट्रवादी, दूरदर्शी, त्यागी र निडर तानाशाह चाहिएको छ । हरेक ठाउँमा प्रणालीमा कोहि रहँन चाहदैन । त्यसैले ढाट्ने, छल्ने, लुट्ने खाने, झुठो बोल्ने संस्कार निमट्यान्न पार्नका लागि मैले १० वर्ष शासन गर्न दिनु कायकल्प गरिदिन्छु भनेको छु । सेनाको साथ लिएपछि कसर िकाम गर्नुपर्छ भन्ने मलाई थाह छ ।


तपाई बाँकेको नेपालगञ्जमा कम्युनिस्ट पार्टीको संगठन बनाउँदा पञ्च भएर ढुंगा हान्ने पशुपति दयाल मिश्र कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनेका छन् । कसरी सुन्छन् त प्रधानमन्त्री ओलीले तपाईका सुझाव ?
मैले त यो संगठनलाई खातेहरुको संगठन बनेको छु । म धुम्बाराहीको पार्टी कार्यालयमा वामदेवलाई भेट्न गएको थिए । मलाई छिर्न नदिएपछि वामदेवको साथी हुँ भनेपछि छाडिदियो । त्यहाँ भित्र कम्युनिस्ट पार्टीका नयाँ नयाँ १०÷१२ जना युवाहरु थिए । उनीहरुलाई मैले कम्युनिस्ट पार्टीको कहाँ कहाँ बनाउनुभएको छ ? कति ठाउँमा काम गर्नुभएको छ ? केन्द्रीय सदस्यहरुको दायित्व र जिम्मेवारी के हो भनेर भन्दा कसैले पनि एक शव्द बोलेनन् । अहिले कहाँबाट कसिमसन पाइन्छ, कहाँबाट लुट्न पाईन्छ भन्ने संस्कारको विकास भएको छ । त्यो संकार भएका कारण यस्तो अवस्था भएको हो । मैले रबिको रिहाईका लागि हस्ताक्षर गर्दा मलाई घण्टीमा समर्थन गरिस् भनेका छन् । मैले सबैलाई समान व्यवहार गर मात्रै भनेको हुँ । व्यक्ति पिच्छे फरक व्यवहार नगर मात्रै भनेको हुँ । कानूनमा के छ भने थुनुवाको मुद्दा पहिलो प्राथमिकता हुन्छ । तथापि न्यायाधीशहरुले मुल्तवीमा राखेका छन् । अहिले न्यायको सिद्धान्त अनुसार न्यायाधीशले कामै गरेका छैनन् । न्यायाधीशले आफु खुशी फैसला गर्ने, प्रहरीले आफु खुशी गर्ने ? मैले कलंकीमा हेरेको छु ‘ढोका किन खोलिस् पैसाले भनेर ट्राफिक प्रहरीले चालकसँग माग्छ ।’ म १० मिनेट उभिएर हेरँे । एक जनासँग कम्तिमा पाँचसयका दरले चिट काटिएको छ । त्यसको अर्थ अहिले कहिँ पनि राम्रो देखिदैन । त्यसैले आमुल परिवर्तनका लागि सामान्य सुधारले केहिँ पनि हुँदैन । भित्रैसम्म भ्रष्टाचारीहरुले कसरी किन्छन् भन्ने कुरामा म खान्न भन्नेहरुको परिवारलाई पैसा दिन्छन् । मैले हजारौं विकृति देखेको पनि छु । परिवारको बलले उनीहरुलाई नास गर्नका लागि बलियो नेतृत्व जरुरी छ ।
भरखरै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको ६४१ नम्बरको नेकपा एमालेको सदस्यता अध्यक्ष ओलीकै निर्देशनमा केन्द्रीय कमिटीले नै खारेज गरिदिएको छ ? यस विषयमा के भन्नुहुन्छ ?
कम्युनिस्ट पार्टीको सदस्यता कसैले चाहँदैमा खारेज गर्न मिल्दैन । विद्या भण्डारी एमालेमा आउँछिन् भने स्वागत गर्नुपर्छ । पूर्व राष्ट्रपतिले राजनीति गर्न पाइन्न भनेर कहिँ कतै लेखेको छ ? अन्तराष्ट्रिय रुपमा पनि यो छैन । यो त लहडमा गरिएको निर्णय हो । कम्युनिस्ट पार्टीका नेताले गर्न नहुने काम ओलीले गर्नुभएको छ । यो उहाँको अयोग्यताकाको पराकाष्ठ नै हो । कम्युनिस्ट पार्टीबाट कसैलाई बिनाकारण निस्काशन गर्न पाइदैन । कसैले प्रतिक्रियावादी भूमिका निर्वाह गरेको खण्डमा मात्रै उसलाई स्पष्टीकरण लिएर सदस्यताबाट बन्चित गर्न सकिन्छ । भीम रावललाई बिनाकारण निकालिएको छ । यहाँ कम्युनिस्ट पार्टी नै छैन । हामी कहाँ नैतिकहीनहरुको तानाशाह छ । अहिलेको व्यवस्थामा सुधार गर्नका लागि लिड्को लगाउनुपर्छ । त्यसक्रममा एक सय जना मानिसहरु मर्न पनि सक्छन् । अहिले त कसैलाई समात्नु परेको खण्डमा प्रहरीले नै पिस्तोल लगेर राखिदिन्छ र मुद्दा चलाउँछ । यसरी सामान्य तरिकाले देश सुध्रिन सक्तैन ।


तपाईले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई आर्थिक समस्या परेपछि सञ्चयकोषबाट पैसा निकालेर भाडा तिरेको भनिन्छ नी ?
म निर्वाचन आयोगमा सुरुमा खरिदार र पछि नायव सुब्बा थिए । त्यो समयमा मैले ७ वर्षको उपदान लिएर पुष्पलालको एक वर्षसम्मको बाँकी घरभाडा तिरिदिएको हुँ ।


अहिले त तस्कर र दलाललाई नेताले श्रद्धा र सम्मान गर्छन् जनताको पनि उनीहरु प्रति सम्मान र श्रद्धा त रहेन नी ?
अहिले सबै शक्तिको पछि लागेका छन् । लोभी, पापी र लालचीहरुको जमात छ । कार्यकर्ताहरु पनि कहि लुछ्न पाइन्छ कि भन्ने आशामा छन् । उपभोक्तावादी चरित्र पहिला पनि थियो अहिले हावी भएको छ । हिजो कांग्रेसलाई पञ्चले बिगारे । तिनै पञ्चले कम्युनिस्टलाई पनि बिगारे । अवसरबादी पञ्चहरु कांग्रेस पार्टीमा लागेर खानु खाए । अहिले कम्युनिस्ट पनि भएर खाएका छन् । हिजोका ठूला तस्करहरु माओवादी बनेर पनि खाएका छन् । यस्ता किटाणुहरु छन् । यिनलाई मार्ने औषधि भनेको सशक्त खालको तानाशाह मात्र हो ।
तपाईको नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालसँगको सहयात्राबारे थोरै बताइदिनुस् न ?
२०३० सालमा शिवहरि आचार्य, ईश्वरी रिजाल र म गरी तीन जनाको पार्टी एकता संघर्ष समिति थियो । म नेपाल राष्ट्र बैंकमा आधा तलव पाउने गरी एक वर्ष बिदा लिएर कलकत्ता गएर पार्टीको संगठन बनाएका थियौं । मैले त्यहाँ चौकिदारको जागिर गरी केहि व्यक्तिहरुलाई सिपीआइमा संगठित गरायौं । पुष्पलालले पार्टी सञ्चालनका लागि चिनियाँ दुतावासमा सहयोग माग्न जानुभयो । दुतावासबाट नयाँ जनवादी कार्यक्रम ल्याएको खण्डमा सहयोग गर्ने आश्वासन पाउनुभएछ । । त्यसैले २०२५ सालमा पुष्पलालले नयाँ जनवादी कार्यक्रम घोषणा गर्नुभयो । त्यो कार्यक्रम चाइनाले लागू गरेको हो । यो कुरा पुष्पलालले बताउनु भयो । पुष्पलाल कम्युनिस्ट पार्टीको महासचिव भएकाले जहिले पनिभारतकै कम्युनिस्ट नेताहरु सरह सम्मान खोज्नुहुन्थ्यो । पछि एक दिन सीपीआइएम (ऋयmmगलष्कत एबतचतथ या क्ष्लमष्ब ःबचहष्कत)को नेताले सोध्नुभयो ‘तपाईले पार्टी कसरी चलाउनु भएको छ ?’ पुष्पलालले भन्नुभयो ‘हामीले चिनिया दुतावासबाट पैसा लिएर चलाएका छौं ।’ उहाँले भन्नुभयो ‘भोलि दुई देशबिच कुनै विवाद भयो भने गाह्रो हुन्छ । त्यसैले कार्यकर्ताको लेभीबाट पार्टी चलाउनुहुोस् ।’ त्यसपछि लेभीबाटै पार्टी चलाइएको थियो । पछि लुम्बिनीबाट आउने लेभी मोदनाथ प्रश्रितले रोकिदिए । धनगढी र भक्तपुरबाट आउने लेभी नारायणमान बिजुक्छे रोहितले रोकिदिए । तुल्सीलालका केहि मान्छेहरु पाटनका थिए । त्यहाँबाट पनि रोकियो । लेभी रोकिएपछि अन्तिम अवस्थामा पुष्पलालको आर्थिक अवस्था नाजुक बन्न पुग्यो । त्यो अवस्थामा घरभाडा त कहाँ कहाँ गोबिन्द ज्ञावलीलेसमेत ‘सात दिनसम्म नखाई बसे भन्नुभयो ।’ युद्द प्रसाद मिश्र ‘मन्दिरमा गएर खानकै लागि जोगी जस्तो भएर बस्नुभयो ।’ त्यो समयमा पुष्पलालको एक वर्षको भाडा तिरिदिए । मलाई पुष्पलालले नेपाल नजानुस भन्नुहुन्थ्यो ।


त्यो समयमा तपाईको नेपाल राष्ट्र बैंकको जागिर पनि थियो हैन ?

हो, मैले एक वर्षको आधा तलब पाउने गरी बिदा लिएको थिएँ । तीन वर्ष जागिर गरेपछि राष्ट्र बैंकमा त्यो सुबिधा थियो ।


तपाई राष्ट्रिय पञ्चायतको सदस्यमा नेकपा मालेको तर्फबाट जनपक्षिय उम्मेदवार भएपछि राष्ट्र बैंकको अधिकृत पदबाट राजिनामा दिनुभएको हो ?
मैले २०४२ सालको सुरुमै राजिनामा दिएको थिए । पछि राजिनामा दिँदा स्वीकृत गर्दैनन् कि भनेर अलिक अगाडि नै राजिनामा दिएको हुँ । म छ महिना जत्ति नै प्रचार प्रसारमा लागेँ । त्यसपछि म शान्ति सुरक्षा अन्तर्गत जेलमा परेँ । जेलबाट रिहा भएपछि त्यो समयमा म कैलाली जिल्लाको इन्चार्ज भई काम गरे । त्यस अघि बाँके र बर्दियामा काम गरेको थिए । २०४६ सालको आन्दोलनताका म बाँके र बर्दियाको वाममोर्चाको अध्यक्ष थिए ।


त्यसपछिका भूमिकाहरु के रहेँ ?
म २०४७ सालको संविधान निर्माणमा पनि वामसमूहबाट म र लोकतान्त्रिक समूहबाट विजय गुप्ता संविधान सुझाव समितिमा खटिएका थियौं । हामी दाङ, काठमाडौं र बिराटनगरसम्म पनि पुगेका थियौं । तथापि हामीले सुझाव दिए अनुसार २०४७ सालमा संविधान बनेन । २०४८ सालको संसदीय निर्वाचनमा म बाँके क्षेत्र नम्बर दुईबाट उम्मेद्वार भई पराजित पनि भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.