November 16, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

चन्द्रगिरिको हिरा ईट्टा मापदण्ड विपरित सञ्चालनमा


जनताको स्वास्थ्यमा गम्भीर खेलवाड /नगरप्रमुख गिरीको मिलेमतो
विष्णु प्रसाद होमागाई /शारदा देवी सापकोटा


काठमाडौं सर्वोच्च अदालतले जनताको स्वास्थ्यमा असर गर्ने गरी मापदण्ड बिपरित स्थापना गरिएका ईट्टाभट्टाहरु हटाउन २०६२ सालमा मंसिरमा नै थियोे । तर, त्यो आदेश गरेको १९ वर्षसम्म पनि नगरपालिकाले नै जारी गरेको स्थानीय ऐनको मापदण्ड बिपरितका केहि भट्टाहरु बेरोकटोक सञ्चालन भइरहेका छन् । चन्द्रगिरि नगरपालिकामा ओम मछिन्द्रनाथ ईट्टा (हिरा ईट्टा ) नगरप्रमुख घनश्याम गिरीको आर्शिवादले वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (ईआए रिपोर्ट) समेत नगरी सञ्चालनमा छ । चन्द्रगिरी नगरपालिकामा केहि वर्ष अघि सम्म २५ वटा इट्टाभट्टाहरु थिए । तर, अहिले हिरा इट्टाभट्टाहरु मात्रै अटेर गरी मापदण्ड बिपरित सञ्चालनमा छ । नगरपालिकाले आफ्नो स्थानीय राजपत्रमा समेत यस विषयमा मापदण्ड प्रकाशन गरेको छ । जुन विपरित यो ईट्टाभट्टा सञ्चालित छ । पटक पटक स्थानीय सरोकारवलाहरु ‘सबै भन्दा ठूलो धन स्वास्थ्य नै हो’ भन्दै आन्दोलनमा उत्रिएका थिए । इट्टाभट्टा जोगाउन कहिले मजदूर र कहिले उद्योगीहरुलाई उक्साएर प्रदुषण फैलाउने काममा राजनीतिक दलका नेताहरु नै लागेको स्थानीयहरुको आरोप छ ।


नेकपा एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार ई. उत्तम राउतले पटक पटक मापदण्ड बिपरित सञ्चालित इट्टाभट्टाहरु हटाउन आन्दोलन गर्नुपरेकोमा आफुलाई लज्जाबोध भएको भन्दै रोष प्रकट आएका छन् तर, समस्या उस्तै छ । उनले आफु नगरप्रमुखमा निर्वाचित भएमा मापदण्ड विपरितका ईट्टाभट्टाहरु हटाउने घोषणा नै गरेका थिए ।

इट्टाभट्टाकै कारण चन्द्रागिरी नगरपालिकाका आम जनताका रातो फोक्सो कालो भइसकेको र चराले पनि यो नगरपालिकामा आएर बाच्नका लागि माक्स लगाउनुपर्ने अवस्था रहेका स्थानीय अभियन्ता बुद्धिजिबी मुकुन्द घिमिरेको मत छ । ईट्टाभट्टा हटाउनका लागि भएको आन्दोलनमा नगरप्रमुख घनश्याम गिरीको निर्देशनमा आन्दोलनरत जेष्ठ नागरिकहरुलाई समेत जथाभावी प्रहरीद्वारा लाठी चार्ज गरी चरम दमन गर्न लगाएको थियो । यो क्षेत्रमा बायु प्रदुषणमा पनि ईट्टाको धुलोले असाध्यै असर पारिरहेको छ । अहिले मापदण्ड बिपरितका इट्टाभट्टा हटाउनकै लागि कार्यविधि पनि तयार भइसकेको छ । तर, लाचार नगरप्रमुखले भित्र एउटा काम गर्ने र सार्वजनिक ठाउँमा अर्को कुरा गर्दै आएका छन् ।


चन्द्रागिरि नगरपालिकाको राजपत्रमै प्रकाशित वातावरण मैत्री ईट्टा उद्योग कार्यविधि, २०७९, नगरपालिका र ईट्टा उद्योगीबीचको सम्झौता बिपरित साथै नगरपालिकाको अनुगमन समितिको प्रतिवेदन समेतको धज्जी उडाएर नगरप्रमुख घनश्याम गिरि मस्त निन्द्रामा छन् । उनीसहित वडा नम्बर १०का अध्यक्ष शिव महर्जनको दोहोरो भुमिकाका कारण अहिले बस्तीकोबीचमा बिना रोकतोक ओम मछिन्द्रनाथ ईट्टा (हिरा ईट्टाभट्टा) उद्योग सञ्चालित छ । बस्तिको बीचमा प्रदुषित ईट्टाभट्टाहरु हटाउनका लागि पटक पटक आन्दोलनहरु भए । स्थानीय प्रभावित जनताहरु आन्दोलित भएपछि कार्यविधि राजपत्रमा प्रकाशन गरिएपछि सम्झौता गरी एक वर्ष अर्थात क्लिन टनेल प्रविधिमा नगएपनि चल्न दिने भन्ने सहमति भयो । तर २०८० साल साउन देखि भने पुरानै अवस्थामा चल्न नपाईने सम्झौतामा उल्लेख थियो । २०८० साल माघ १६ गते नगरप्रमुख गिरीलाई भेटेका ओम मछिन्द्र नाथ (हिरा) ईट्टाभट्टाका सञ्चालक तिर्थलालले राती प्रदुषित चिम्नीमा आगो लगाएर स्थानीय सरकारलाई नै ललकारेका थिए ।


के छ वातावरण मैत्री ईट्टा उद्योग कार्यविधि, २०७९ मा ?
चन्द्रागिरि नगरपालिका स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी वातावरण मैत्री ईट्टा उद्योग कार्यविधि, २०७९ स्थानीय राजपत्रमा भाद्र २, ३०७९ मा प्रकाशन गरेको छ ।

राजपत्रको अनसूचि –१ परिच्छेद (३ दफा १३ मा यी शर्त उल्लेख गरिएको छः
१. २०७६ माघ १५ गतेभित्र वडामा निवेदन दिएका, यस यस अघि दर्ता भई वातावरणीय प्रभाव मुल्यांकन वा प्रारम्भिक वातावरणीय परीक्षण गरेका, कर चुक्ता गरेका, साथै सो प्रमाणका फोटोकपी नगरपालिकामा पेश गरेका ईट्टा उद्योगीले यस कार्यविधि बमोजिमका शर्त पालना गरेमा २०७७ जेष्ठ मसान्तसम्म सञ्चालन गर्न दिइनेछ र २०७७ जेष्ठ मसान्तपछि पनि सञ्चालनमा जान चाहनेले विद्युूतिय टनेल क्लिन प्रविधिमा आधारित नगरपालिकाबाट जारी ग्रिएको ऐन, नियम, कार्यविधि तथा मापदण्ड पुरा गरेमा मात्र सञ्चालन गर्न अनुमति दिइनेछ । उद्योग सञ्चालनका लागि अनुमति दिने नदिने विषय नगरपालिकाको अधिकारको विषय हुनेछ ।
२. ईट्टा उद्योग उत्पादन र विक्री वितरण गर्दा हुन सक्ने आकस्मिक जोखिमको व्यवस्थापनको लागि अल्पकालिन र दीर्घकालिन योजना बनाई लागू गर्नुपर्र्नेछ ।
३. उद्योगबाट उत्पादन हुने ईट्टा पोल्न अनाधिकृत ईन्धन (दाउरा, खर, टायर, प्लास्टिक जस्ता वस्तु) को प्रयोग गर्न पाइनेछैन । त्यस्तो प्रयोग गरेको पाइएमा कानून बमोजिम कारबाही हुनेछ ।
४. गुणस्तरीय सामग्रीको मात्र प्रयोग गर्नुपर्ने छ ।
५. उद्योग सञ्चालन गर्दा ध्वनी प्रदुषण गर्न पाईने छैन ।
६. कामदार वा कर्मचारीबाट फ्याकिने दिसा पिसाव तथा खानाबाट फोहोरजन्य पदार्थ निस्कने प्रतिकुल असर हुनबाट जोगाउने जिम्मेवारी उद्योगको हुनेछ ।
७. उद्योगको आसपास वा कार्यालय वरिपरि रुख विरुवा तथा फूलहरु रोपी वातावरण स्वच्छ राख्नुपर्ने छ ।
८. उद्योगबाट उत्पादन गर्न कच्चा पदार्थ, सहायक कच्चा पदार्थहरु ढुवानी गर्न तथा तयारी ईट्टा उद्योग ढुवानी गर्दा कच्ची सडक बिग्रने, भत्किने सम्भावना रहेको समयमा आवश्यकता अनुसार बिग्रे भत्केको बाटो बनाउने जिम्मेवारी उद्योगको हुनेछ ।
९. हावाले खुला रुपमा रहेको धुलो उडाउन सक्ने भएकाले त्यस्तो धुलो उड्ने सम्भावना रहेको समयमा आवश्यकता अनुसार पानीको माध्यमबाट धुलो हटाउनु पर्नेछ ।
१०. स्थानीय व्यक्तिलाई रोजगारी दिने विषयलाई प्राथमिकता दिनुपर्नेछ ।
११. स्थानीय बासिन्दालाई बाधा नपु¥याई उद्योग सञ्चालन गर्र्नुपर्नेछ ।
१२. बाधा बिरोध आएमा नियमानुसार सम्बन्धित निकाय र नगरपालिकाको स्वीकृति लिइ अन्यत्र ठाउँमा उद्योग सञ्चालन गर्नुपर्नेछ ।

अन्य मापदण्डहरुः
१. घनाबस्ती १००० जना वा सो भन्दा बढि जनसंख्या वा २०० घरधुरी वा सो भन्दा बढि एकै ठाउँमा केन्द्रीत भई बसोबास गरिरहेको क्षेत्रबाट कम्तिमा ५०० मिटर टाडा रहँनुपर्ने ।
२. अस्पताल, स्वास्थ्य चौकी, विद्यालय, मन्दिर, पानीको मुहान, प्राकृतिक स्रोत आदिको क्षेत्र ईट्टा भट्टा रहेको स्थानबाट कम्तिमा ५०० मिटर टाढा हुनुपर्र्ने ।
३. ईट्टा उद्योगको कारणबाट प्रकरण (१) मा उल्लेखित क्षेत्रमा वातावरणीय असर नपरेको हुनुपर्ने वा त्यसबाट हुन सक्ने वातावरणीय जोखिम न्यूनिकरण सम्बन्धि प्रयाप्त व्यवस्था गरेको हुनुपर्ने ।
४. ईट्टा उद्योगबाट निस्कने धुलो धुवाको असरलाई निस्कृय पार्ने व्यवस्था गरेको हुनुपर्ने ।
५. उद्योगको केन्द्रबिन्दुबाट कम्तिमा २०० फिटको रेडियसको जग्गा उद्योगले प्रयोग गर्र्न व्यवस्था गर्नुपर्ने छ । त्यसका लागि सम्बन्धित नापी कार्यालयबाट प्रमाणित भई आएको नक्सामा ४०० फिट लम्बाई, ४०० फिट चौडाईको वा सो भन्दा बढि चाक्ला जग्गा उपलब्ध हुनुपर्नेछ ।
६. ईट्टा उद्योग वन क्षेत्रबाट कम्तिमा १ कि.मी. टाढा रहनुपर्र्नेछ । वन सम्बन्धि कुराको हकमा वन तथा वातावरण मन्त्रालय, वन विभाग र सम्बन्धित डिभिजन वन कार्यालयले निर्धारण गरेको निर्धारित
सीमा उलंघन गर्न पाइने छैन ।
७. उद्योग सञ्चालन गर्दा सार्वजनिक स्थल, पाटी पौवा, बाटो, इनार आदिलाई हानी नोक्सानी नपुग्ने गरी सञ्चालन गर्नु पर्ने छ । ८. उद्योग सञ्चालन गर्दा उद्योग क्षेत्रलाई सुरक्षित र व्यवस्थि तगर्न कम्पाउण्ड लगाउनुपर्ने छ ।
९. पराम्परागत चिम्नीको प्रयोगको सट्टा नयाँ प्रणाली वातावरणीय प्रदुषण कम हुनेप्रविधि (टनेल प्रविधि) जडान गरी ईट्टा पोल्ने कार्य गर्नुपर्र्ने छ ।
१०. उद्योग सञ्चालन गर्नु अघि माटो कटान योजना पेश गर्नपर्र्नेछ । माटो कटान योजनाको विश्लेषण गर्दा निम्न कुराहरु समेट्नुपर्ने छ । क) ईट्टाभट्टा राखिने जमिनको जग्गाधनीको स्वीकृति पत्र पेश भए नभएको,
ख) जमिनको स्वरुप अनुचित तरिकाले विग्रने नबिग्रने,
ग) सार्वजनिक स्थल जस्तै बाटो, बिजुलीको खम्बा, धारा, पाइप, ढल, पाटी, पौवा, ईनार र कुवा वा अन्य स्थलको संरक्षण भए नभएको, घ) जमिनको सांध, सीमाना स्पष्ट रुपमा राखिए नराखिएको,
ङ) माटो उत्खननको कार्य समाप्त भएपछि जग्गामा सिंचाई सुबिधा पुग्ने नपुग्ने,
११. भू–उपयोगमा प्रतिकुल असर नपर्र्ने विश्वासिलो आधार हुनुपर्र्नेछ ।
१२. ईट्टा बनाउन माटो खन्दा त्यहाँ वरिपरिको पानीको कुलो नबिग्रने वा नभत्किने तरिकाले माटो उत्खनन् गर्नुपर्र्नेछ ।
१३. ईट्टा उद्योगबाट निस्कने ठोस फोहोर मैलालाई उद्योगी आफैले राम्रोसँग नष्ट वा पुनः प्रयोगको व्यवस्था मिलाउनुपर्र्नेछ ।
१४. मानव प्रयोगबाट भएको फोहोर मैलालाई अनिवार्य रुपमा सेफ्टी ट्यांकी बनाएको हुनुपर्नेछ ।
१५. ईट्टाको प्रयाप्त भण्डारणको व्यवस्था भएको हुनुपर्नेछ ।
१६. ईट्टा भट्टामा कानूनले तोकेको (१८ वर्ष मुनी) बालबालिकालाई श्रममा लगाउन पाइने छैन । सामाजिक विकृति तथा ल्ौंगिक हिंसा रहित, श्रमिक मैत्री ईट्टा उद्योग व्यवस्थापन भएको हुनुपर्दछ ।
१७. श्रमिकको न्यूनतम ज्याला तथा करार सम्झौता समेतको व्यवस्था हुनुपर्र्ने छ ।
ईट्टा उद्योग व्यवसायीले आफैले गरेको सम्झौताको लामो समयको आन्दोलन पश्चात पनि बन्द गर्न आनाकानी गरिरहेका ईट्टा उद्योगीहरुसँग प्रभावित क्षेत्रका जनताहरु विश्वस्त भएनन् । त्यसैकारण आन्दोलनकारीहरुलाई विश्वास दिलाउनका लागि नगरका प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ र नगरका प्रवक्ता उपस्थितिमा ईट्टा उद्योग सञ्चालन गरिएका क्षेत्रका वडा अध्यक्षलगायतसँग उद्योगीहरुले करार सम्झौता गरी हस्ताक्षरसमेत गरेका छन् भने दोस्रो पक्षका तर्फबाट ओम मछिन्द्रानाथ ईट्टा उद्योगका तर्फबाट सञ्चालक तिर्थलाल महर्जनले हस्ताक्षर गरेका थिए ।


प्रत्येक ईट्टा उद्योगीसँग फरक फरक सम्झौता गरिएको थियो ।


ओम मछिन्द्रनाथ ईट्टा (हिरा ईट्टा ) उद्योगसँग गरिएको सम्झौता यस्तो छःः
चन्दागिरि नगरपालिका र ईट्टा उद्योग बीचको सम्झौता पत्र
चन्द्रागिरि नगरपालिका नगरकार्यपालिकाको कार्यालय काठमाडौं (यसलाई प्रथ पक्ष भनिएको) ओम श्री मछिन्द्र नाथ ईट्टा उद्योग चन्द्रागिरि नगरपालिका वडा नम्बर १० (यस पछि द्धितिय पक्ष भनिएको) बीच त्गललभ िप्ष्लि (विद्युतीय टनेल क्लिन) प्रविधिमा आधारित ईट्टा उद्योग सञ्चालन कार्य गर्नका लागि तपशील बमोजिमका शर्तहरु पालना गर्ने गरी सम्झौता पत्रमा सहिछाप गरी एक एक प्रति लियौ दियौं ।
शर्तहरु
१. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी चन्द्रागिरि नगरपालिकाको वातावरणमैत्री ईट्टा उद्योग सञ्चालन कार्यविधि २०७९ बमोजिम त्गललभ िप्ष्लि (विद्युतिय टनेल क्लीन) मापदण्डमा रहि सञ्चालन गर्नका लागि सुरु गरेको प्रमाण (फोटो, विद्युतिय टनेल क्लिनसहितको विवरण तथा स्टिमेट, डिपिआर तथा अन्य आवश्यक कागजात द्धितिय पक्ष (ईट्टा व्यवसायी) ले २०७९ साल फागुन २६ गतेसम्म पहिलो पक्ष समक्ष पेश गर्नपर्ने छ ।
२. बुँदा नम्बर १ बमोजिमको प्रमाण पेश हुन आएका ईट्टा उद्योगलाई पहिलो पक्षले २०८० साल जेष्ठ मसान्तसम्म व्यवस्थापन गन समय दिने र त्यसपछि अहिलेको परम्परागत चिम्नी २०८० साल साउन मसान्तभित्र पूर्ण रुपमा हटाउन दोस्रो पक्ष सहमत भयौ ं ।
३. २०७९ साल फाुगुन २६ गतेसम्म नगरपालिकाको वातावरण मैत्री ईट्टा उद्योग कार्यविधि, २०७९ बमोजिम ईट्टा उद्योग व्यवस्थापन गर्न प्रमाण पेश गर्न नसकेमा जेठ मसान्तसम्म हटाउन सहमत भयौ ं । ४. दोस्रो पक्षले आफुले ईट्टा उद्योग सञ्चालनार्थ जग्गा भाडामा लिएको जग्गा धनीहरुको साँध संधियार सम्बन्धित निकायहरुको रोहबरमा जग्गा धनीलाई हस्तान्तरण गर्न तथा चालु रहन सक्ने अवस्थाका ईट्टा उद्योगहरु रहेको जग्गा धनीहरुको साँध सिमाना कित्ता चुस्न दुरुस्त रुपमा संधियारहरुको रोहवरमा राखि जग्गा धनीहरुसँग अनिवार्य रुपमा जग्गा सम्झौता गरेको हुनुपर्ने ।
५. दोस्रो पक्षले उद्योगको वरिपरि रहेका स्थानीय जनताको साथै जग्गा धनीहरुको सहमतिमा मात्र माटो निकाल्ने तथा अन्य कार्यहरु गर्नुपर्ने छ ।
६. वातावरणमैत्री ईट्टा उद्योग सञ्चालन गर्दा स्थानीय जनताको धार्मिक, सांस्कृतिकसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य तथा ध्वनी न्यूनिकरण साथै परिसरमा शौचालयको सफा व्यवस्थापन, खानेपानी तथा फोहोर मैला व्यवस्थापन गर्ने र वरपरको सडकमा नियमित मर्मत तथा धुलो धुवा नउड्ने वातावरण सिर्जना गर्ने र उद्योगमा कम्पाउण्ड लगाउने कार्यका लागि दोस्रो पक्षको सहमति छ ।
७. २०८० साल जेष्ठ मसान्त पछाडि अनिवार्य रुपमा भ्भिअतचष्अ त्गललभ िप्ष्लि (विद्युतिय टनेल क्लीन) प्रविधिमा आधारित इट्टा उद्योग मात्र सञ्चालन गर्न हामी दुबै पक्ष सहमति भयौ ं । टनेल क्लिनको हकमा २ वर्ष भित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । सो बमोजिम नभएमा यसै सम्झौता अनुसार गर्न गराउन सहमति भयौ ं ।
८. जग्गा भाडामा उपभोग गरेको खण्डमा अनिवार्य रुपमा व्यवसायी र जग्गा धनीबीचको आपसी जग्गाको बहालकर सम्झौता गरी सम्बन्धित कार्यालयको प्रमाणित गरेको हुनुपर्र्नेछ ।
यो सम्झौता २०७९ साल मंसिर २६ गते सोमवार गरिएको थियो ।


करार सम्झौतामा प्रथम पक्षका तर्फबाट नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता ३ नम्बर वडाका अध्यक्ष कृष्ण प्रसाद खड्की, वडा नम्बर १० का अध्यक्ष शिव कुमार महर्जन, ११ का अध्यक्ष नरेन्द्र श्रेष्ठ, १४ का अध्यक्ष राजभाई महर्जन, १५ का अध्यक्ष घनश्याम लुईटेल र वरिष्ठ शाखा अधिकृत भद्रा अर्यालले हस्ताक्षर गरेका छन् । यो सम्झौतामा वडा नम्बर ९ का अध्यक्ष अच्युत अधिकारी, वडा नम्बर ६ का अध्यक्ष सञ्जय सिग्देलले भने उद्योगीहरुको विश्वास नभएरै हस्ताक्षर नगरेको बताईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.