September 15, 2021

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

हाम्रो उत्पादन अन्तर्राष्ट्रिय स्तरमा क्षमतायोग्य भएर विक्री हुनुपर्दछ

३ जुन १९६५ मा ओदानकु –८ कालिकोटमा बाबु शेर बहादुर सिंह र आमा लाल शोभा सिंहका छोराको रुपमा जन्मनुभएका प्रा. डा. नन्द बहादुर सिंह मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपति हुनुुहुन्छ । त्रिभुवन विश्व विद्यालयबाट जुलोजीमा स्वर्णपदक प्राप्त डा. सिंहले जापानको टोकियो विश्व विद्यालयबाट सन् २००० मा इथ्नो जेनेटिक्समा विद्याबारिधी गर्नुभएको छ । पढाईमा तिष्ण डा. सिंह इमान्दार व्यक्तित्वको रुपमा चिनिनुहुन्छ ।उहाँ विदेशमा समेत भिजिटिङ प्रोफेसरका रुपमा पढाउँदै आउनुभएको छ । कालिकोट जिल्लाको संसदीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट टिकट पाएर पनि निर्वाचनमा लड्नु भएन । सिंहले हालै मध्य पश्चिमाञ्चल विश्व विद्यालयमा सुरु गर्नुभएको सुधारका कार्यक्रमबाट तर्सिएर अहिले केहि कर्मचारी, शिक्षक र विद्यार्थीहरुले आन्दोलनका नाममा घेराबन्दीमा पारेका छन् । यसै विषयमा केन्द्रित रहेर डायरी एक्सप्रेस साप्ताहिकका लागि नारायण प्रसाद शर्माले डा. सिंहसँग गरेको विशेष कुराकानीः


० शिक्षा, स्वास्थ्य, सुरक्षा, कर्मचारीतन्त्र र न्यायालय कानूनी आधारमा चल्न सकेको खण्डमा मात्रै देश रहन्छ ।
० गलत मनस्थितिका मानिसहरु विद्यार्थी र शिक्षकहरु नामबाट एकीकृत हुने अवस्था आयो ।
० विद्यार्थीले विश्व विद्यालयमा आएपछि पढ्नै पर्दछ र शिक्षकले पढाउनैपर्दछ, साथै कर्मचारीहरुले काम गर्नैपर्दछ ।
० सामान्य गल्ति गर्नेहरुलाई सामान्य र अक्षम्य गल्ति गर्नेहरुलाई कानुन बमोजिम नै अक्षम्य नै कारबाही गरिएको छ ।

० म अनुसन्धान र विकासको मोडेल बुझेको, संसारमा घुमेर देखेकै कारण अहिलेको माग र आवश्यतकालाई बुझेर नै नयाँ तरिकाको डिजाइन बनाएको हुँ ।
० हिजो देखिको परम्परा तोड्न खोज्दा आगोको झिल्को आएको हो


० मध्य पश्चिमाञ्चल विश्व विद्यालयमा अहिले किन यस्तो चरम विवादित बनेको छ ?

अहिले सबै कुरा खुला नै छ । म कानूनी राज्य अन्तर्गत प्रचारका विरुद्धको शून्य सहनसिलता र पारदर्शिता गरी दुई वटा आधार तयार गरेको छु । म सबैको साझा उपकुलपति भएका नाताले कसैको तेरो र मेरो भन्ने भावना नराखी ठीक र बेठीकका आधारमा काम गर्दै गए । यसरी काम गर्ने क्रममा गलत काम गर्नेहरु विरुद्ध कानूनी कारबाही पनि भए । राम्रा र इमान्दार मानिसहरुलाई बचाउँ गर्दै चुहावटको नियन्त्रण गरेँ । न्यूनतम सात घण्टा काम गर्नुपर्दछ भनेर पास गराएँ । साथै विश्व विद्यालयमा उत्कृष्ट हुनेहरुले प्रवेश पाउनुपर्छ भनेर नियम बनाएँ । भिसी, रजिष्ट्रार र क्याम्पस प्रमुखहरु पनि प्रतिस्पर्धाबाटै नियुक्ति गर्नुपर्ने नियम बनाएँका कारण कतिपय योग्यता र क्षमता नभएकाहरु परेनन् । कतिपय पार्टीका मानिसहरु पनि परेनन् । उपकुलपति कुनै पार्टीको हुनुहुँदैन । विद्यार्थीले विश्व विद्यालयमा आएपछि पढ्नै पर्दछ र शिक्षकले पढाउनैपर्दछ, साथै कर्मचारीहरुले काम गर्नैपर्दछ । त्यो भनिरहँदा व्यवसायिक हिसावले काम नगरेकाहरुलाई अलिक गाह्रो भयो । म दैनिक १६÷१७ घण्टा काम गर्दछु । त्यसैले अरु साथीहरुले पनि कम्तिमा सात घण्टा काम गर्नुपर्दछ भनेर विश्व विद्यालयको बैठकबाटै निर्णय गराएँ । हिजोका दिनमा हुँदै आएका पढाउन नचाहने र पढ्न नचाहनेहरुका लागि उनीहरुकै चाहना बमोजिम पढाएर पास गराइदिने काम म बाट हुँदैन । ति कुराहरु गर्दा गलत मनस्थितिका मानिसहरु विद्यार्थी र शिक्षकहरु नामबाट एकीकृत हुने अवस्था आयो र मागहरु ल्याइयो । विद्यार्थीका मागहरु मैले तत्कालै सम्बोधन गर्न तयार छु । जुन कुा कार्यान्वइन गर्दा विश्व विद्यालयलाई हानी हुन्छ त्यो मैले स्वीकार गर्न सक्तिन तर, विकल्प पनि खोज्न सकिन्छ । यसरी वार्तामा आउनुस् भन्दा उहाँहरु नै इन्कार गरिरहँनुभएको छ । अहिलेको एकाइसौं शताब्दीमा जत्ति वर्ष यद्ध गरेपनि शान्ति वार्ता नै अन्तिम हो । हामी त बौद्धिक वर्ग हौं । यो स्वयत्तता पनि छ । त्यसैले यहाँका सबै जना मेरा कर्मचारी, शिक्षक र विद्यार्थीहरु हुन् । उनीहरुका समस्या मैले नसुनेर कसले सुन्छ ? तर, समस्यालाई ईश्र्याको रुपमा लिनुहुँदैन । मैले पार्टीका हिसावले कारबाही गरेको भए म कारबाही भोग्न तयार छु, अन्यथा गैर कानूनी रुपमा काम गर्नेहरुलाई मैले कारबाही गर्न पाउनुपर्दछ । कारबाहीका लागि पनि मैले सबै कानुनी प्रक्रियाहरु पुरा गरेको छु । गलत काम गर्नेहरुलाई कारबाहीका लागि कमिटी बनाएर सफाई दिने मौका पनि प्रदान गरेको छु । त्यसमा पनि सामान्य गल्ति गर्नेहरुलाई सामान्य र अक्षम्य गल्ति गर्नेहरुलाई कानुन बमोजिम नै अक्षम्य नै कारबाही गरिएको छ । तथापि गम्भीर गल्ति गर्नेहरुलाई पनि भविश्यमा अयोग्य नठहरिने गरी कारबाही गरिएको छ । सफाई दिने मौका प्रदान गरिएको छ ।


अहिले विश्व विद्यालयमा पाँचवटा सुधारका पाँच वटा योजना ल्याएको छु ।
० एकेडेमिक एक्सीलेन्सी (शैक्षिक उत्कृष्टता) को अभियान ।
० विश्व विद्यालयहरुमा आर्थिक अभिवृद्धि गराउने अभियान ।
० नयाँ कोर्स अफ स्टडी (अध्यनको पाठ्यक्रम) निमाण । जुन कोर्स अफ स्टडीको अध्यन पश्चात क्षेत्रिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हाम्रा जनशक्तिहरु विक्री हुन सकुन ।
० हाम्रा प्राध्यापक र विद्यार्थीहरुको अन्य विश्व विद्यालयका प्राध्यापक र विद्यार्थीहरुको स्तर कस्तो छ ? त्यसका लागि एक्सचेञ्ज प्रोग्राम तयार गरेको छु । विदेशी विश्व विद्यालयहरुमा एमओयु गराएको पनि छु ।
० प्राकृर्तिक हिसावले धनी तर, अहिलेको हिसावले गरिब कर्णाली प्रदेशमा टाढा टाढाबाट विद्यार्थीहरु अध्ययनका लागि आउनुपर्ने बाद्यतालाई ख्याल गरी छात्रबासको व्यवस्था गराउँने ।
० भौतिक संरचनाको विकास ।

अहिले आएटीको युगमा विश्व विद्यालयलाई त्यसको प्रयोगबाटै अत्याधुनिक बनाउन आवश्यक छ । त्यसका लागि मेरा यी पाँचपटा आधारहरु हुन् । त्यसका लागि मैले २६३ करोड खर्च हुने गरी व्यवस्था मिलाएको छु । त्यसरी काम गर्दा हामीले प्रतिवर्ष २८ करोड रुपैया आयस्रोत बनाउन सक्छौं । साथै एक हजार जनाले रोजगारी पाउनेछन् । अहिले विश्वका २५ देशमा विभिन्न विषय पढाएर बसेका नेपालीहरुलाई ल्याएर औधोगिकिरण गराउँने योजनामा छु । त्यसका लागि चार करोड रुपैया हायर एजुकेसन रिफम (उच्च शिक्षा सुधार) कार्यक्रममार्फत स्वीकृत गरिएको छ । तर, यसरी संस्थालाई उत्कृष्ट बनाउने अभियानमा लाग्दा अख्तियारमा उजुरी गर्नेहरु पनि छन् ।
० लागू औषधमा फसेको ब्यक्तिलाई तत्कालै कारबाही गरी रोक्न खोज्दा जसरी आक्रमण गरिन्छ । त्यसै गरी ‘काम चोर’ संस्थालाई दुहुनो गाई बनाउँदै आएकाहरुलाई गलत काम गर्नुहुँदैन तत्कालै परिणाममुखी काम गर्नुपर्छ भन्दा त्यसको प्रतिक्रिया आएको होला नी ?
गलत काम गरेर खाने बानी परेकाहरुलाई तत्कालै रोक्दा अप्ठ्यारो परेको पनि हुन सक्छ । तर, मैले खाँदै पनि गर्नु, भष्टाचार पनि रोक्छु भन्न मिल्छ र ? मैले गलत काम गरेर एक रुपैया पनि खान्न र अरुलाई पनि खान दिन्न । तलब त पाएकै छन् नि ?


० तपाईले अहिले ल्याउनुभएको विश्व विद्यालयको पाठ्यक्रमले बजारको मागलाई सम्वोधन गर्छ ?
मैले नयाँ डिजाइनको पाठ्यक्रम ल्याएको छु । संसारमा कुनै एक विषयमा १०० अंक दिएको खण्डमा पनि नेपाल र विश्वको तुलनामा म सन्तुष्ट हुन सकिन । त्यसका लागि ५० प्रतिशत विश्व लेवलबाट पाठ्यक्रम बनाएर अंक दिनुपर्दछ । त्यसका लागि २० प्रतिशत अंक राष्ट्रिय लेबलबाट र बाँकी ३० प्रतिशत हाम्रो कर्णाली क्षेत्रको रिसोर्स बाट राख्न सकिन्छ । हाम्रो विश्व विद्यालयमा पढेको विद्यार्थी पनि विश्वव्यापी नै हुनुप¥यो । युनिभर्सिटी पढेको विद्यार्थी हरेक काममा वा ज्ञानमा पनि युनिभर्सल हुनुपर्दछ । त्यसमा पनि राष्ट्रिय स्तरका विषयमा सम्बोधन हुनुपर्दछ । यसरी हाम्रो उत्पादन अन्तर्राष्ट्रिय स्तरमा क्षमतायोग्य भएर विक्री हुनुपर्दछ । त्जभ उचयमगअत या तजभ ःष्म(ध्भकतभचल ग्लष्खभचकष्तथ कजयगमि दभ अबउबदभि तय बममचभकक तजभ उचयदझि या प्बचलबष् िएचयखष्भलअभ, ल्बतष्यलब िबलम क्ष्लतभचलबतष्यलब िभिखभ।ि यसरी हाम्रो विश्व विद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्तछ । विचार, चिन्तन र दृष्टिकोणमा पनि सकरात्मक हुनुपर्दछ । हामीले विश्व विद्यालय स्थापना गर्नुको मूख्य उद्देश्य नै ज्ञानलाई उच्च स्तरमा पु¥याउनु हो । लिबरल थ्यौरी (उद्दारवादी सिद्धान्त), प्रोफेसनल थ्यौरी (व्यवसायिकता सिद्धान्त), रिसर्च थ्यौरी (अनुसन्धानको सिद्धान्त) सिभिक एण्ड कम्युनिटी (नागरिक समाज र समुदाय) को लेवलबाट गर्न सकिन्छ । हामीले छ महिनाका लागि कर्णाली डेप्लवमेन्ट सर्किट भनेर स्नातक र स्नातकोत्तरको अीनतम ब्याचलाई छ महिनाका लागि जनता सामु पठाउन सकिन्छ ।
म अनुसन्धान र विकासको मोडेल बुझेको, संसारमा घुमेर देखेकै कारण अहिलेको माग र आवश्यतकालाई बुझेर नै नयाँ तरिकाको डिजाइन बनाएको हुँ । मैले कसैलाई पनि दुःख दिन खोजेको होइन । दुःख दिनै खोजेको हा िकि भन्ने ठानेर बढि आक्रमक भएका हुन् की भन्ने लागेको पनि छ । वास्तवमा परम्परावादी र आधुनिकताबीचमा कहिलेकाँही स्वाभाविकै रुपमा द्वन्द हुन्छ भन्ने कुरा तपाईहरुलाई पनि थाह भएकै कुरा हो । तथापि हामी परम्परावाद बिस्तारै छाडेर आधुनिकतातर्फ जानै पर्दछ । म आफै भ्रष्टाचार र कुनै गल्ति गरे भने मलाई कसैले संरक्षण गर्दैन । यो विश्वविद्यालयका सबैजना मेरा दिदी बहिनी, दाजु भाइ, भतिजा, शिक्षकहरु हुन् । मैले उनीहरुलाई बुझाउन नसक्नु पनि कमि कमजोरी होला, तर पनि विद्यार्थीले पढ्नुपर्छ, शिक्षकले पढाउनुपर्छ , कर्मचारीले सेवा दिनुपर्छ भन्दा मेरो कमजोरी त पक्कै पनि होइन होला । म भित्र एउटा कुरा बाहिर अर्को कुरा गर्ने मान्छे पनि होइन । हामी जन्मेपछि इमान्दार भएर सेवा गरौं साथै नयाँ काम पनि गरौं भन्ने मात्रै हो । मेरो एकीकृत भिजनले कर्णाली प्रदेशमा रहेको प्राकृतिक स्रोत र साधनको प्रचुर मात्रामा प्रयोग गरेर नदी प्रवद्र्धनलाई अघि बढाइयो र ‘आइटी’लाई अघि बढाउन सकेको खण्डमा राज्य धनी बन्नेछ । त्यसको नेतृत्व विश्व विद्यालयले मात्रै गर्न सक्छ । किनकी शिक्षा भनेको विकासको पनि आधार हो । यो कुरा गर्दा कसैलाई डाह नै हन्छ भने पनि हामी आखिरमा सकरात्मक परिवर्तन त हुनैपर्दछ । मेरो केहि गल्ति कमजोरीहरु छन् भने मिडियाहरुले औल्याइदिनु ।


० हाम्रा विश्व विद्यालयहरुमा १५÷२० अगाडिका नोटहरु हेरेर पढाउने गुरुहरुलाई ‘अपग्रेड’ गराउनुपर्ने भएकाले तपाईले ल्याएको नयाँ पाठ्यक्रममा जान नचाहनुभएको हो कि ?

तपाईले भनेको कुरामा सत्यता छ । तर पनि हामीले नयाँ कोर्श र आइटीका लागि पनि तालिम दिने भनेका छौं । शिक्षक र कर्मचारीहरु दुबैतर्फ तालिम दिनुपर्छ भनेरै प्रोग्राममा राखेका छौं । नयाँ पाठ्यक्रमले उहाँहरुको करियर विकासका लागि पनि त आवश्यक छ । ती सबै व्यवस्था गर्दै नै छौं । म यो पदमा नियुक्ति भएको पनि त भरखरै एक वर्ष तीन महिना मात्रै त पुगेको छ । शिक्षक र कर्मचारीले आफुलाई अपग्रेड गर्नुपर्छ । हिजो देखिको परम्परा तोड्न खोज्दा आगोको झिल्को आएको हो ।


० तपाई दुई दशक अगाडि नै नेकपा एमाले पार्टीबाट कालिकोटमा सांसदको टिकट पाएर पनि छाडेको व्यक्ति हुनुहुन्छ । विश्व विद्यालय सुधारको क्रममा आक्रमण हुनु राजनीतिक प्रतिशोध पनि हो कि ?
हो मैले सांसदको टिकट त्याग गरेको हुँ । अहिले म विश्व विद्यालयको प्राध्यापक उपकुलपतिमा नियुक्त भएपछि उनीहरुले मलाई हेर्ने आँखामा पूर्वाग्रह हुन सक्छ । तर, म कसै प्रति पनि पूर्वाग्रही हुनुहुन्न । साथै मेरो व्यवहारले पनि पुष्टि गर्न चाहन्न । म कानुनी हिसावले पारदर्शी भएर काम गर्छु । तेरो मेरो भनेर काम गर्दिन । यहाँ जागिरमा रहुन्जेल एक जना आफन्त मानिस पनि जागिरमा राख्ने छैन । विश्वविद्यालयलाई आवश्यक भएको व्यक्तिलाई मापदण्ड पु¥याएर राख्ने छु । जनताका छोरा छोरी योग्यता र क्षमताका हिसावले नियुक्ति गरिने छ । साथै मेरो कोहि पनि आफन्तहरु प्रतिस्पर्धा र मापदण्ड पुरा नगरी जागिरमा राखिने छैन भन्न मैले पाउछु कि पाउँदिन ? गरिब जनताका छोरा छोरीहरु पनि राम्रो अध्ययन गरेका क्षमतावान छन् भने किन जागिर खान नपाउने ?
नेपालमा अहिले पाँचवटा क्षेत्रहरु शिक्षा, स्वास्थ्य, सुरक्षा, कर्मचारीतन्त्र र न्यायालय कानूनी आधारमा चल्न सकेको खण्डमा मात्रै देश रहन्छ । यो क्षेत्रमा राजनीतिकरण गरियो भने देश सिद्धिनेछ । कुनै पनि राजनीतिक दलका नेताहरुले एकेडेमिक क्षेत्रमा राजनीतिककरण गर्नबाट जोगाए भने देश रहन्छ । अन्यथा देश पुरै सिद्धिनेछ । म सत्यको पछि लाग्नेछु, गलत कुरालाई कहिल्यै पनि प्रवर्घन गर्ने छैन । मैले सबै जनालाई के आग्रह गर्न चाहन्छु भने सबै जनाले मेरो कुरा सुनिदिनुहोस् । मैले सुधारका लागि चालेका कामहरु प्रति इमान्दार भएर टिप्पणी गरिदिनुहोस् । विद्यार्थी भाइ बहिनीहरुलाई पनि वार्तामा आउन आग्रह गर्दछु किनकी वार्ताको कुनै विकल्प छैन । म वार्ताका लागि २४सै घण्टा तयार छु । अहिले ‘इगो’ बनाउनु हुँदैन भन्ने हो । कानूनी हिसावमा गर्नुपर्ने कराहरु न्यायलयलाई छाडिदिउँ । विश्व विद्यालयलाई ध्वस्त पार्ने विषयहरुमा सम्झौंता नगरौं । अहिले जो आन्दोलनमा लाग्नुभएको छ उहाँहरु पनि यहाँ विश्व विद्यालय स्थापनार्थ लड्नुभएकै हो । म पनि लडेँ, तपाई हामी सबै जना लडेकै हौं ।
यो विश्व विद्यालय कर्णाली प्रदेशका जनताको आशाको केन्द्र बिन्दु हो । साथै यो विश्व विद्यालयले रोग, भोक, गरिबी अशिक्षा, पछौटेपन जस्ता पाँचवटा विरुद्धमा लड्नका लागि ज्ञानको ज्योति बाल्नका लागि स्थापना गरिएको हो । तर, रोग, भोक, गरिबी, अशिक्षा र पछौटेपनलाई नै बढावा दिनका लागि त किन विश्व विद्यालय चाहियो ? त्यसै कारण यो विश्व विद्यालय पुर्नजागरणको पक्षमा अभियन्ताका रुपमा हुनुपर्दछ । जसरी बाह्रौं शताव्दीमा मानव चेतना बढाउन पुनर्जागरणको युग सुरु भएको थियो, त्यसै गरी ज्ञान, विज्ञान, प्रविधिको, चेतना र कलाको जागरण अहिले आवश्यक छ । यसरी यो विश्व विद्यालय अभियन्ताका रुपमा अघि बढ्यो भने मात्रै यहाँको उत्पादन समाज परिवर्तनका लागि आफु पनि बचेर अरुलाई बचाउने काम गर्न सक्छन् ।


० अन्तमा केहि भन्नु छ कि ?


अबको ज्ञानको हिसावले समाज ५.० तिर जाँदैछ । प्राचिन घुमन्ते अवस्थामा रहेकोे समाज १.० हुँदै समान्तवादी युगको समाज २.० मा परिणत भयो औधौकिरणको सुरुवातले गर्दा समाज ३.० मा रुपान्तरित भयो । सूचना तथा प्रविधिको विकासले समाज ४ं.० मा परिणत भयो । अव यो समाज आइटीको क्षेत्रमा भएको डिजिटल डिस्कभरीले ५.० तिर लम्किदै छ । यो समाजको सुखि र सम्वद्र्धनका लागि आर्थिक विकासको जरुरी छ । अवका विश्व विद्यालयका प्राध्यापक र विद्यार्थीहरु यस्तो कार्यमा लाग्नुपर्दछ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.