January 30, 2026

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

राष्ट्रिय जनसास्कृतिक महासंघको स्थापना दिवस भब्यताका साथ मनाइयो

काठमाडौं । भाद्र १९ गते राष्ट्रिय जनसास्कृतिक महासंघको स्थापना दिवस नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व शिक्षामन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा विशेष अतिथिहरु केन्द्रीय सदस्य सुजिता शाक्य, हेमराज राईका अतिरिक्त वरिष्ठ कवि,कलाकार र साहित्यकारहरुको उपस्थिति रहेको थियो । महासंघमा मोदनाथ प्रश्रित, विजय सुब्बा, खगेन्द्र राई प्रेम अधिकारी र अध्यक्ष भूमिका सुब्बा, खगेन्द्र राई प्रेम अधिकारीले आफ्नो ठाउँमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।


विशेष अतिथि हेमराज राईले संघीय लोकतान्त्रिक युगमा समाजवाद उन्मुख दिशामा अघि बढे पनि सांस्कृतिक अभियानमा अभाव खट्किएको बताए । आफ्नै नेताहरुको कम्युनिस्टहरु यस्ता भनेर खिसीट्युरी हुँदासमेत खण्डन गर्ने जोशका साथै प्रतिपाद गर्न नसकेको अवस्था रहेको बताए । जनसास्कृतिक महासंघको मूख्य काम सिर्जनाका साथै नेकपा एमालेको बहुदलीय जनवादको राजनीतिक कार्यदिशा अघि बढाउनु रहेको जानकारी गराए । यसरी राजनीतिक दिशामा मात्रै बढि ध्यान दिएर उत्साही र सर्जकको भूमिकामा रहिँरहँनुपर्ने उनले सुझाव दिए ।


कार्यक्रममा विशेष अतिथि नेकपा एमालेकी नवनिर्वाचित केन्द्रीय सदस्य सुजिता शाक्यले जेनजी आन्दोलनका नाममा ‘डीप स्टेट’ले नामो निशान मेटिने गरी नेपालकै अस्थित्व खत्तम बनाउन लागि परेको जानकारी दिइन् । २००७ साल देखि २०४६ सालसम्म नभएका विकासका कार्यक्रमहरु केहि वर्षमै गर्न सफल भएको, नेपालको गणतान्त्रिक संविधानसँगै संघीयतालाई बलियो बनाउनका लागि रातो दिन काम गरेको बताईन् । अथाह ईच्छाशक्ति भएकै कारण वृट्रिसले समेत उपनिवेश बनाउन नसकेको देश नेपालमा प्रतिशोधको भावना साध्न खोजिरहेको, नेपाल जस्तो सानो देशको अथाहा साधन र स्रोतमा लुट मच्चाउने प्रयास गरिरहेको, युवाहरुलाई हिप्नोटिजम् गराएर वर्वादीतर्फ धकेलेको जस्ता आरोपहरु लगाईन् । हामीले राष्ट्रलाई जोगाउन गाउँ गाउँमा एकतावद्ध बनाएर टुटेका मनहरु चिर्न र संगसंगै जानुपर्दछ केन्द्रीय सदस्य शाक्यले जानकारी गराईन् । कार्यक्रमको सभापतित्व महासंघका कार्यबहाक अध्यक्ष अशोक राईले गरेका थिए । २०४४ साल देखि अहिलेको अवस्थामा ल्याउने संस्थापक अध्यक्ष मोदनाथ प्रश्रित, जेबि टुहुरे, विजय सुब्बा, खगेन्द्र राई, प्रेम अधिकारीलगायत थिए । महासंघ घट्कका अध्यक्ष, उपाध्यक्षलगायतलाई भोलिका दिनमा महासंघले कहि गरेन भन्ने गुनासो ल्याउनका लागि आफैले पनि हप्तामा एक पटक काम गर्न प्रेरित गराए । कार्यक्रमको सञ्चालन जनसांस्कृतिक महासंघका महासचिव आरसी न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.