November 18, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

अर्काको नाममा मैले नियुक्ति लिए भन्ने अफवाह फैलाइयो

1 min read
<div class="at-above-post addthis_tool" data-url="https://ediaryexpress.com/2025/08/10/4992/"></div>कृष्ण प्रसाद न्यौपाने, सदस्य भाषा आयोग<!-- AddThis Advanced Settings above via filter on get_the_excerpt --><!-- AddThis Advanced Settings below via filter on get_the_excerpt --><!-- AddThis Advanced Settings generic via filter on get_the_excerpt --><!-- AddThis Share Buttons above via filter on get_the_excerpt --><!-- AddThis Share Buttons below via filter on get_the_excerpt --><div class="at-below-post addthis_tool" data-url="https://ediaryexpress.com/2025/08/10/4992/"></div><!-- AddThis Share Buttons generic via filter on get_the_excerpt -->

कृष्ण प्रसाद न्यौपाने, सदस्य भाषा आयोग



स्याङ्जाको कालिगण्डकी गाउँपालिका -५ का कृष्ण प्रसाद न्यौपानेलाई भाषा आयोगका सदस्यका रुपमा २०७९ साल असार २१ गतेको मन्त्रीपरिषद् निर्णयबाट नियुक्ति गरियो । तर, यो नियुक्तिमा आफ्नो नाममा भएको भन्दै अर्का व्यक्ति प्राध्यापक डाक्टर कृष्ण प्रसाद न्यौपानेले तीन वर्ष पछि एक अनलाइन पत्रिकामा अन्र्तवार्ता दिए । आफ्नो नाममा अर्को कृष्ण प्रसाद न्यौपानेले नियुक्त पाएको भन्दै गम्भीर आरोप लगाए । जुन सत्य थिएन । आयोगको सदस्य पदमा नियुक्ति लिएका न्यौपानेलाई अहिले चौतर्फि नक्कली काम गरिएको भन्दै सामाजिक सञ्जालमा बदनाम गरिएको छ । प्रा.डा न्यौपाने अहिले पनि त्रिविविमा प्राध्यापन गर्नुहुन्छ । उहाँको नाममा नियुक्ति भएको भए त्यस अगावै राजिनामा दिएर उहाँले आफ्नो बायोडाटा नियुक्ति दिने संस्थामा पेश गर्नुपर्दथ्यो । उहाँ अहिले पनि पद बहालमै हुनुहुन्छ । यस विषयमा भाषा आयोगका पदाधिकारीले सत्य र तथ्य आधार प्रमाणहरु बुझेर सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएर प्रा.डा. कृष्ण प्रसाद न्यौपानेको नियुक्ति नभई कृष्ण प्रसाद न्यौपानेको नियुक्ति गरिएको स्पष्ट पारेका छन् । तथापि संघीय सांसद सदस्यले समेत यो विषय बुझ्दै नबुझि संसदमा उठान गरेपछि संबैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत प्रश्न उठाएको छ ।
यसरी मन्त्रालयबाटै प्रकाशित न्यूनतम योग्यता पुरा गरेका ३३ वर्ष सरकारी विद्यालयमा पढाएर सेवानिवृत भएका कृष्णप्रसाद न्यौपानेलाई हदैसम्मको पीडा अनुभूति भएको छ । उहाँ स्थायी शिक्षकको हैसियतले पाउने निवृत्तिभरण पनि सदस्यमा नियुक्ति भएपछि कानून बमोजिम रोकिएको छ । तथापि मिडियाका कारण पाएको हण्डर, सामाजिक प्रतिष्ठामा आँच, आफन्तहरुलाई दिनुपरेको स्पष्टीकरणका कारण हदै तनाव भएकोले कानूनी उपचारका लागि जाने बताउनुहुन्छ । यसै विषयमा न्यौपानेसँग उहाँकै कार्यालयमा कार्यकारी सम्पादक नारायणप्रसाद शर्माले लिएको अन्र्तवार्ताः


तपाईले प्रा.डा कृष्ण प्रसाद न्यौपानेको नाममा स्वकिृति भएको भाषा आयोगको सदस्यमा नियुक्ति लिनुभयो भन्ने समाचार आयो वास्तविकता के हो ?
धन्यवाद । यसभित्रको वास्तविक कुरा के हो भने भाषा आयोगमा प्रदेशगत प्रतिनिधित्व गरी सदस्य नियुक्ति गर्ने भन्ने प्रावधान थियो । त्यो प्रावधान अनुसार मैले सम्बन्धित ठाउँमा आफ्नो निवेदन प्रस्तुत गरेको थिएँ । त्यसपछि नियुक्ति गर्ने नीति र मापदण्ड अनुसार चाहिने डकुमेन्टहरु उपलब्ध गराएको छु । त्यस अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्ताव पेश गरेको थियो । त्यसपछि मन्त्रीपरिषद्को निर्णयले मेरो नाम स्वीकार गरेको सप्रमाण छ । मेरो नामसँग मिल्ने अर्को प्रा.डा.कृष्ण प्रसाद न्यौपाने हुनुहुन्छ । तर, मैले आफुले नै निवेदन दिएर मापदण्ड बमोजिम नै उक्त पदमा नियुक्ति पाएको हुँ । मेरो निवेदन र मापदण्ड बमोजिमका कागजातहरुका आधारमा मन्त्रीपरिषद्ले मेरो नाममा निर्णय गरेको हो । त्यो जानकारी पाएपश्चात म नियुक्त लिनका लागि गएको थिएँ । यसरी नियुक्ति लिएपछि २०७९ साल साउन ४ गतेका दिन सपथ कार्यक्रम सम्पन्न गरी कार्यभार सम्हाल्न भाषा आयोगमा आएको थिएँ । जुन हालसम्म पनि बहालमै रहि कार्यसम्पादन गरिरहेको छु ।


यो विषय तीन वर्ष पछि एकाएक कसरी बाहिर आयो त ?

खास गरी तत्कालिन समयमा आफ्नो नाममा भएको भए प्रा.डा कृष्ण प्रसाद न्यौपानेले नियुक्ति लिनुभए हुन्थ्यो, यसरी विवादमा फस्नुपर्दैनथ्यो । त्यो समयमा उहाँलाई कस्को नाममा निर्णय भयो बुझ्नुपर्दथ्यो । तीन वर्ष पछि आएर जुन माहोल सिर्जना गर्नुभएको छ । त्यसमा उहाँलाई कसैले उक्साएको हुनुपर्छ । तथापि किटानीका साथ भन्न सक्तिन ।


तपाईले निवेदन दिँदा नै बायोडाटा दिनुभएको थियो होला नी ?

मैले सबै कागजात दिएको थिए । उहाँ र मेरो मिल्ने गाउँपालिका, वडा र नाम मात्रै हो । बाबु आमाको नाम, शैक्षिक प्रमाणपत्र र योग्यता नै फरक छ ।


उहाँले पनि निवेदन दिनुभएको थियो भनिन्छ नी ?

जत्ति बेला हाम्रो निर्णय भयो । त्यो समयमा प्रा.डा. न्यौपानेले सरास्वती क्याम्पसमै पढाउनुहुन्थ्यो । जागिरमै रहँदा अन्य नियुक्तिका लागि पहल गर्नुपनि मिल्दैनथ्यो ।


यी विषय अहिले मात्रै कसरी बाहिर आयो त ?
कतिपयले बुझेर पनि सत्य तथ्य बाहिर ल्याउनुभएको छैन । म सत्यको पक्षमा नभएको भए कानूनी दायरामा गएर कारबाही भोगिसक्थे । कानून त सबैका लागि बराबर हुन्थ्यो । यो नियुक्ति मेरो हातले आफै लेखेर लिएको हुँ र ? सम्बन्धित निकायले मेरो सम्पूर्ण कागजात हेरेर नै तपाईलाई सिफारिस गरिएको छ भनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाएको छ ।


तपाईको योग्यता नपुगेको भन्ने छ नी ?

म नेपाली विषयमा स्नातकोत्तर गरेको व्यक्ति हुँ । मैले ३३ वर्ष चार महिना स्याङ्जाकै उच्च माविमा पढाएर स्वच्छिक अवकास लिएर बसेको थिए । २०७८ साल कार्तिक १६ गते नै स्वच्छिक अवकास लिएको हुँ । भाषा आयोगमा मेरो नियुक्ति चाहिँ करिब १० महिना पछि भयो । यसरी भाषा आयोगका लागि ४५ वर्ष उमेर पुगेको ६५ वर्ष उमेर ननाघेकोे, सम्बन्धित विषयमा स्नातकोत्तर तहको प्रमाण पत्र भएको साथै २० वर्ष कार्यअनुभव भएको हुनुपर्दछ । मलाई कसैले दया र क्रिपा गरेर नियुक्ति दिइएको होइन । सम्पूर्ण मापदण्ड पुगेको हुनुपर्दछ । कसैले मन लागेकै रुपमा नियुक्ति दिइएको होइन ।


अनाहकमा बदनाम भयो भन्नुभयो । यस विषयमा के गर्नुहुन्छ ?

म कानूनी प्रक्रियामा पनि जानुपर्ने भयो । मलाई जस्तो पीडा कसैलाई पनि नहोस् । मैले नियम मिचेको छैन । अर्काको नाममा मैले जागिर खाएको भन्ने जुन अफवाह फिजाइयो, त्यसले मलाई मात्रै नभएर सिंगो परिवार र देश विदेशमा रहँनुभएका आफन्तजनहरु विक्षिप्त हुनुहुन्छ । म सरकारी निकायमा नियुक्ति भएको ब्यक्ति भएको हुँदा संयमित भएर नबोलिकन बसेको छु ।


तपाईले आफ्ना कुरा प्रष्ट राख्न सक्नुभएन भने झनै मौन स्वीकृति गरेको ठहरिएला नी ?

एकदमै राम्रो कुरा । अन्य ठाउँबाट पनि किन नबोलेको भन्नुभएको छ । यस विषयमा मेरा प्रमाण नै बोलेको छ । त्यसैकारण धेरै नबोलेको हुँ । मैले सपथ खाएर काम गरेको छु । त्यसैले कुकुरले टोक्यो भन्दैमा मैले गएर टोक्नु भएन ।


यसरी तपाईलाई पीडा दिनुको पछाडि के देख्नुहुन्छ ?
अहिले भइरहेका क्रियाकलापहरु कसैसँग नगासिएको भए यत्ति धेरै बोल्नै पर्दैनथ्यो । उहाँ त प्राध्यापक र विद्याबारिधी गरिसकेको ब्यक्ति हो । जस्को मेरो भन्दा बढि योग्यता छ । त्रिविविको नेपाली विभागको प्रमुख भएर बस्नुभएको छ । मैले उहाँको योग्यताको पनि कदर गर्छु । उहाँले बुझ्नु भएकै छ । यदि नबुझेको भए बुभ्न लाग्नुपर्दथ्यो । यो विषय एकदमै दुःखदायी र पीडादायी हो । यस्तो अवस्थामा कमजोर मानसिकता भएको मान्छे भएको भए के हुन्थ्यो भन्न सकिदैनथ्यो । अहिलेसम्मको पीडाको क्षतिपुर्ति कस्ले दिने भन्ने विषयमा लाग्नुपर्दछ । कानूनी रुपमा पनि सल्लाह लिँदैछु ।


मिडियामा समाचार आएपछि त यहाँले प्रमाणहरु चुस्त दुरुस्त बनाउनुभएको होला नी ?

मैले लुकाउनुपर्ने विषय केहि पनि छैन । मन्त्रीपरिषद्को निर्णय, नियुक्तिपत्र सबै प्रष्ट छ । कृष्ण प्रसाद न्यौपानेका अगाडि प्रा.डा. लेखिएको भए मैले नियुक्ति नै बुझ्ने थिइनँ । म प्रा.डा. नभएर मेरै नाममा नियुक्ति पत्र आएका कारण नै नियुक्ति भएँ ।


अन्त्यमा केहि भन्नु छ कि ?

मैले अर्को एउटा अनलाइनलाई यो विषयमा प्रतिक्रिया दिएको थिए । तर, मैले बोलेको भन्दा ठीक विपरित कुरा मिडियामा ल्याइयो । जुन पत्रकारिता पेसाको धर्म पनि होइन । समाचार सत्य र तथ्यमा आधारित हुनुपर्ने हो । उहाँले पढाउँदा पढाउँदै कसरी यो नियुक्ति लिनुभयो भनेर सोध्नु भएको थियो । ‘नियुक्ति हुनुभन्दा १० महिना अघि नै स्वच्छिक अवकास लिएको भनेको थिए ।’ फेरी सेवासँग नजोडिएको भए त नियुक्ति नै पाउने थिइँन । उहाँले तपाईले पेन्सन पनि खाइरहँनु भएको छ ? भनेर सोध्नुभयो मैले भने ‘निवृतिभरण कार्यालयले पेन्सन रोक्का गरेको मसँग कागज नै छ ।’ समाचार सम्प्रेषण गर्दा नबोलेका कुरा लेखेर, सत्य तथ्य बङ्याएर मानिसको बाच्न पाउने मानव अधिकारको हनन् गरिएको छ, जुन गर्नु हुँदैनथ्यो । मैले यहाँको पत्रिकामार्फत कसैको विषयउमा पनि सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेषण होउन भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.