October 8, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नक्कली प्रमाणपत्र काण्डमा बालेनका बाबु रामनारायण !

1 min read


काठमाडौं । काठमाडौंका नगरप्रमुख बालेन्द्र शाह (बालेन)का बाबु डा.रामनारायण साह नक्कली प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा निलम्बनमा परेका थिए । उनले भारतको पटनाबाट इन्टरमिडियट, पटना विश्वविद्यालयबाट बिएएमएस र गुजरात विश्व विद्यालयबाट आयुर्बेदमा एमडी भन्दै आयुर्वेद विभागमा जागिर खाएका हुन् ।
इन्टरमिडियट लेबलको प्रमाणपत्र उनले भारतको पट्नाबाट खरिद गरी ल्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानविन भएको थियो । अख्तियारले उनले ल्याएको कलेजको इन्टरमिडियट लेबलको प्रमाणपत्रको रेकर्ड छ कि छैन भनि पत्रचार गर्दा रेकर्ड नभेटिएको भन्ने जवाफ आएका कारण मुद्दा दर्ता गरेको स्रोतले डायरी एक्सप्रेसलाई बतायो । रामनारायणका विरुद्धमा अख्तियारले २०६६ सालमा अभियोग दर्ता गरेको थियो ।
नक्कली प्रमाणपत्र प्रयोग गरेका उनी सिंहदरबार बैद्यखाना विकास समितिका कार्यकारी निर्देशक भएर २०५८ साल मंसिर २९ गते देखि २०६३ साल वैशाख ३१ गतेसम्म काम गरेका थिए । यसरी शाहले चार वर्षको कार्यकाल भए पनि चार वर्ष ५ महिना जागिर खाएका छन् । चारवर्षे कार्यकाल भएको सिंहदरबार वैद्यखाना विकास समितिको निर्देशक पदमा पनि उनी धाधली गरी पाँच महिना बढि बसेका थिए । जसबाट उनलाई बढि नै फलिफाप हुन पुग्यो । त्यसपछि उनले सिनामंगलमा घर बनाएको एक जना स्वास्थ्य मन्त्रालयकै कर्मचारीले खुलासा गरे । यसरी शाहले बैद्यखानाको रस राम्ररी थाह पाएका थिए । यस विषयमा आयुर्वेदिक चिकित्सा परिषद्मा सम्पर्क गर्दा सफल हुन सकेन । परिषद्का कार्यकारी निर्देशकलाई कार्यालय समयमा पनि भेट्न सकिएन ।
राम नारायण शाहको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– २ हो । बालेन यहाँसम्म प्रचारको पछि लाग्छन् भन्ने विषयमा आफ्नो कारमा लेखिएको बालेनो कम्पनीको ओ लाई मेटेर बालेन लेखेका छन् । यसैबाट उनी कति प्रचारका भोको छन् भन्ने कुराको प्रष्ट झल्किन्छ । जबकी उनका बाबु रामनारायण प्रमाणपत्र किर्ते र भ्रष्टाचारको आरोपमा निलम्बन भएका हुन् ।
पाँच वर्ष निलम्बनमा परेका शाहलाई सर्वोच्च अदालतका न्यायाधीश दामोदर शर्माले जिताइदिएका थिए । पूर्व प्रधानन्यायाधीश शर्मा न्यायलयमा अत्याधिक विवादमा आएका प्रधानन्यायाधीश हुन् । उनी अहिले गाईपालेर भारतको हरिद्धारमा बसेका छन् । शर्माकै कारण सर्वोच्च अदालतमा न्यायाधीशहरु गोपाल पराजुली, दीपकराज जोशी, चोलेन्द्र शम्शेर जवरा ओम प्रकाश मिश्र जस्ता नियुक्ति भए । जसका कारण सिंगो न्यायालयको नै शाख गिर्न पुग्यो । योग्य र इमान्दार न्यायाधीशहरु केशरीराज पाण्डे, जागेश्वर सुबेदी, अलि अकबर मिकरानी तत्कालिन पुनरावेदनको प्रमुखबाट सर्वोच्च आउन नपाइ विदाई गरियो । त्यसै गरी सर्वोच्च अदालतका काबिल योग्य र इमान्दार न्यायाधीश भनेर चिनिएका प्रकाश वस्ती करार म्याद न नथपिदिएपछि बाहिरिन बाद्य भए ।
नगरप्रमुख बालेनले भ्रष्टाचार गरेको भन्दै आप्mनै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई २०८१ साल पौष ८ गतेपछि कार्यकक्षमा ताला लगाएर हाजिर गर्न रोकेका थिए । प्रमुख प्रशासकीय अधिकृत गुरागाई विरुद्ध उनले छानविन गर्न समिति नै बनाएपनि कुनै दोष नदेखिएपछि प्रतिवेदन नै सार्वजनिक गरिएन । यसैकारण संघीय मामिला मन्त्रालयले पुनः काठमाडौं महानगरपालिकामै पठाएर हाजिर गर्न निर्देशन दियो । त्यसपछि उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा ताला फोडेर हाजिर गराइएको थियो । लामो समय कर्मचारी र जनप्रतिनिधिहरुले तलब भत्ता नपाएपछि अस्तब्यस्त भएको महानगरपालिकालाई जनप्रतिनिधि र कर्मचारी मिलेर प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएका थिए । प्रमुख बालेन भने प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रहँने नगरप्रहरीलाई गलत आदेश दिएर काभ्रेतिर घुमघामका लागि गएका थिए ।
काठमाण्डौ महानगरका प्रमुख बालेन शाहले चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा गपरिएको फोहोर बापत पूर्व राजा ज्ञानेन्द्रलाईे सार्वजनिक सम्पति तोडफोड लगायत अन्य कुरामा रु. ७ लाख ९३ हजार जरिवाना तिराउने गरी पत्र पठाएका थिए । त्यो पत्र पूर्वराजाको सचिवालयले बुझ्न नमानेपछि हुलाकबाट पठाइएको बताईन्छ । जबकी त्यो कार्यक्रमको आयोजक दुर्गा प्रसाईको राष्ट्र राष्ट्रियता र धर्म संस्कृति बचाऔं महाअभियान र नवराज सुबेदी संयोजक रहेको राजसंस्था पुनःस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले कार्यक्रममा लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति नै लिएर कार्यक्रम गरेको थियो ।
नगरप्रमुख बालेनले सिंहदरबारमा आगो लगाइदिन्छु, टुकुचामा गाडीदिन्छु भन्दा पनि कुनै कानूनले रोकतोक गरेको छैन । अराजक बालेनलाई कसैले लगाम नलगाएपछि असनको साढे जसरी जाइलागेको आम काठमाडौंबासीहरुले देखेका छन् । उनका नगरप्रहरीका ज्यादतीका कारण फुटफाथ ब्यापारी शान्त गिरीले आत्महत्या गर्न बाद्य भएको भूगोलपार्कका एक ब्यापारी बताउँछन् । तथापि राजु पाण्डे नेतृत्वको नगरप्रहरीको ज्यादती रोकिएको छैन । अझै बढोत्तरी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.