आजीवन भत्ता खान धनाढ्य साहित्यकारको पनि मरिहत्ते
काठमाडौं । नैतिकताको ख्याल नहुने र विवेक शून्य अवस्थाका कारण देशका प्रवुद्ध वर्गले नेतृत्व गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि दोहोरो सुविधा लिनेहरु लाज पचिसकेका कारण जोड तोडले अघि बढिरहेका छन् । जनताको करबाट राज्य दाहोनमा उहाँहरु पनि राम्रै पहँच बनाउनुभएको डायरी एक्सप्रेस साप्ताहिकलाई प्राप्त भएको छ । प्रज्ञा प्रतिष्ठानमा हुने अन्य अनियमितताको फेरहस्ति त एकतिर छ भने अर्कोतर्फ दोहोरो सुबिधा लिएर राज्य दोहोनमा लाग्ने गरेको पाइएको छ । राजनीतिक पहुँच र आर्थिक अवस्था पनि राम्रो भएकाहरु नै राज्य दाहोनमा अग्र पंक्तिमा रहेका छन् ।
राजनीतिक नेतृत्वको पहुँच पुगेका साहित्यकार लेखकहरुले आफु प्रतिष्ठानमा पदमा बस्दा आफैले लेखेका पुस्तक प्रतिष्ठानको बजेटबाट प्रकाशन गर्ने, रोयाल्टी लिने र तलबका साथै भत्ता पनि लिने गर्दै आएका छन् । त्यहाँबाट कार्यकाल सिद्धिने बित्तिकै पुनः आजिवन भत्ता मिलाएर घरमै बसिबसि जनताको करमा मोजमस्ती गरेको अवस्था छ । अहिले केहि समय अघि प्रज्ञा प्रतिष्ठानको कुलपति बनेका भुपाल राईले दोहोरो सुबिधा लिनेगरी बनाइएको यो व्यवस्थालाई राकिदिएपछि सरोकारवलाहरु रिट निवेदन लिएर अदालतमा शरण लिन पुगेका थिए ।
नियुक्तिकै समय देखि नै जहानीया शासन व्यवस्थाको झल्को हुने गरी गरिएको हुन्छ । तथापि जनतालाई चाहिँ राजनीतिक नेताहरुले जोगी बन्न राजनीति नगरेको ‘धम्की’ पनि दिने गरेका छन् । आर्थिक रुपमा सम्पन्न र काठमाडौंमा घर घडेरी जोडिसकेका दोहोरो सुबिधा लिनेहरुमा पर्दछन् । उनीहरुका आफन्तले कसरी दोहोरो तर मारिरहेका छन् उनीहरुको नाम प्रस्तुत गरिएको छः
दोहोरो सुबिधा लिनेहरु यस्ता पो छन्
दोहोरो सुबिधा लिनेहरुमा तुलसी दिवस, तीर्थ बहादुर श्रेष्ठ, प्राडा. चुडामणि बन्धु, अशेष मल्ल, वैरागी काइला, प्राडा योगेन्द्र प्रसाद यादव, शशी शाह, डा. ध्रवचन्द्र गौतम, डा. तुलसी भट्टराई, तोया गुरुङ, पूर्ण बिराम (बलराम भट्टराई), मोदनाथ प्रश्रित, प्रा.डा बासुदेव त्रिपाठी, निरञ्जन चापागाई, मञ्जु तिवारी काचुली, नरेश कुमार शाक्य, बुँद राना, गंगा उप्रेती, आरडी प्रभास चटौतले ५१ हजार चार सय ७४ का दरले मासिक रुपमा आजिवन भत्ता प्राप्त गरेका छन् । त्यसै गरी जीवन निर्वाह भत्ताका रुपमा ब्याकुल माइला (प्रदीप कुमार राईले प्रति महिना ५० हजारका दरले र झमक कुमारी घिमिरेलाई प्रति महिना २५ हजारका दरले मासिक रुपमा आजिवन भत्ता दिइने गरिएको प्रज्ञा प्रतिष्ठानका सूचना अधिकारी सुमन अधिकारीले जानाकारी दिए ।
यसरी आजिवन सदस्यका रुपमा मासिक आधा लाख भन्दा बढि रकम भत्ताका रुपमा लिनेहरुमा ‘गौथलीको गुड’मा बस्ने गरेका नेपाल सरकारका पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रित, प्रज्ञा प्रतिष्ठानकै पूर्व कुलपति र उपकुलपतिहरु वैरागी काइला, गंगा प्रसाद उप्रेती, बासदेव त्रिपाठीहरु छन् ।
आर्थिक सहायतामा पनि आफन्तकै बर्चश्व
प्रतिष्ठानबाट आर्थिक सहायत लिनेहरुको पनि लामै लर्को छ । आर्थिक वर्ष २०७९÷०८० मा तीन लाख नौ हजार पाँच सय ७० रुपैया, आर्थिक वर्ष २०८०÷०८१ मा दुई लाख नौ हजार पाँचसय र आर्थिक वर्ष २०८१÷०८२ को पुष मसान्तसम्म ८० हजार रुपैया बाँड चुड गरी मामाको धन फूपूको श्राद्ध भन्ने उखान चरितार्थ गरिएको छ ।

