November 15, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

दाहालको भनाई र वास्तविकता

1 min read

पुष्पकमल दाहालले एक कार्यक्रममा ज्ञानेन्द्र शाहलाई तीनवटा आरोप लगाए छन । मुर्ति, चोर, सुन तस्कर र हत्यारा । यसले राजनीति वजारमा निकै हल्ला खल्ला ल्यायो । दहाल चोर देश छोड भन्दै उनको पुत्ला दहन पनि सुरु भयो । केही मुर्धन्य भनिएका पत्रकारले अशिष्ट अभिव्यक्ति भने । दाहाल आफै पनि अलिधर्मराएर अभिव्यक्ति दिनथाले । के ज्ञानेन्द्र शाहलाई दाहालले लगाएको आरोप आरोप मात्र होकी यसमा सत्यता छ ? यसको अनुसन्धान हुनु जरुरी छ । देशको तीन तीन पटक प्रधानमन्त्री भएको र संसदको प्रमुख प्रतिपक्षी दलको नेताले यति संगिन आरोप लगाई सकेपछी सरकारले यस सम्न्धमा तत्काल छानविन आयोग गठन गर्नुपर्दछ । । दाहाल स्वयंले संसदमा यो प्रस्ताव प्रस्तुत गर्नु पर्दछ र ज्ञानेन्द्र शाहलाई दण्डित गर्नु पर्दछ । किनकी दहालको यो आरोप मात्र हेन यसमा सतप्रसित सत्यता छ । यसलाई यो आरोप आज मात्र लागेको हैन । यसका दुई भाइ मुर्ति चोर हुन भन्ने कुरा २६, २७ साल तिरै चर्चित थियो । मेरो एकजना दाई प्रहरी हवल्दार थिए । त्यो समय हवल्दारको पद पनि शक्तिशाली थियो । जिल्लाको प्रमुख नै प्रहरी निरीक्षक वा सहायक निरीक्षक हुन्थ्यो ।

त्यो वेला भक्तपुरको एउटा मुर्ति चोरी काण्ड निकै प्रसिद्ध थियो । कुनै उपया लगाएर मुर्ति चोरीएको थियो । मेरा दाई पनि चोर समाउने टिममा खटिएका रहेछन । चोर समाउन गएको त सलाम गरेर फर्कनु परेको थियो मलाइ सुनाएको कुरा अहिले पनि मेरो कानमा ताजै छ । यो मात्रहैन । यसको वाबु महेन्द्रेले गोरखा कालिको बहुमुल्य धातु चोरेपछीनै गरिव राजपरिवार धनि भएको कुरा दरवारका पुरेत सुर्यनाथले मलाई २०३६साल पछी वताएका थिए ।स्मरणीय छ कालिकाको मुर्ति राजा भन्दा वाहेक अरु कसैले हेर्न पाइदैन । जाहासम्म सुन तस्करको प्रश्न छ त्योवेलाका इमान्दार भुक्त भोगी प्रहरी अफिसरहरु अहिले पनि जीवितै छन । सुन तस्करी ,लागु पदार्थ तस्करीको केन्द्रनै दरवार थियो । ज्ञानेन्द्र र यसको भाई धिरेन्द्र यसका संचालक थिए । सुर्यवहादुर थापाले भुमिगत गिरोहको नामाकरण गरेको मान्छे नै ज्ञानेन्द्र शाह हो ।

यसको गिरोहको काम नै वलत्कार, हत्या,तस्करी हो दिक्कै भएपछी विरेन्द्रले धिरेन्द्रको अधिराज कुमारको पदवी खोसि सकेका थिए । यदि विरेन्द्र नमारिएको भए यसको पनि खोसिन्थ्यो । जाहासम्म विरेन्द्रको हत्याको प्रश्न छ यसमा दुई कुराले यो हत्यामा यसको संलग्नता छ भन्ने कुराको पुष्टि हुन्छ । पहिलो यसले हत्याको छानविन गराएन । दोस्रो हत्या भएको प्रमाण नष्ट गर्न हत्या भएको घर तत्काल भत्कायो । जवकी नेपालको राजपरिवारको हतया भएको त्यो घर भावि पुस्ताको लागि म्युजियमको रुपमा सुरक्षिक्षित हुनु पर्दथ्यो । त्यसकारण प्रमुख पक्षि दलका नेताले उठाएको कुरालाई ध्यानमा राखेर तत्काल सरकारले छानविन आयोग गठन गर रहत्यारो ज्ञानेन्द्र लाई दण्डित गर ।

1610LikeCommentShare

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.