पाँचखाल नगरकमिटीको अध्यक्षमा पौडल निर्वाचित
विष्णु प्रसाद होमागाई
पाँचखाल । पाँचखाल नगरपालिकाको अधिवेशनबाट नेकपा एमाले पाँचखाल नगर कमिटीको अध्यक्षमा विष्णुहरि पौडेल निर्वाचित भएका छन् । २०८१ साल माघ २६ गते सम्पन्न अधिवेशनबाट उनलाई सर्वसम्मत रुपमा निर्वाचित गरिएको हो । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाद्वारा उद्घाटन गरिएको नगर अधिवेशनलाई प्रदेश कमिटीकी सचिव भक्त कुमारी लामा, प्रदेश कमिटी सदस्य रिता ढकाल, कुमार खकुरेल, कञ्चन अधिकारीलगायतले सम्बोधन गरेका थिए ।
प्रमुख अतिथि पूर्व सञ्चारमन्त्री तथा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले समृद्ध पाँचखालमा भइरहेका कामहरु नेकपा एमालेले मात्रै सुरु गरेको भन्दै अन्य पार्टीहरुले फित्ता नापेर दिन बिताएको बताए । तर, एमालेकै कार्यकर्ताले यो काम गरियो भन्न नसकेको बताए । सुनकोशी खानेपानी आयोजना आफु पदमा भएकै समयमा सुरु गरिएको भएपनि नेकपा एमालेलाई नै बाइपास गरिएकोमा आपत्ति जनाए । उनले भने मदन भण्डारी विश्व विद्यालय, सुनकोशीमा बाँिधबाधेपछि हजारौ ढुंगाहरु चल्ने, अनेकोट(भक्तपुर सुरुङमार्ग बनेपछि काठमाडौंबाट १० मिनेटमा पाँचखाल पुगिने बताए । तब मात्रै समृद्ध काभ्रेको इतिहास रचिने उद्घोष गरेका थिए ।
जिल्ला अध्यक्ष राजेन्द्र भुर्तेलको अध्यक्षतामा बन्द शत्र सुरु गरिएको थियो । विष्णुहरि पौडेलले राजनीतिक प्रतिवेदन पढेरसुनाएका थिए । निर्वाचित नगरकमिटीको अध्यक्षमा पौडेल, उपाध्यक्षमा जोगलाल तामाङ, सचिवमा राधाकृष्ण श्रेष्ठ, उपसचिवमा नविन लामा, उपसचिवमा बिमला तिमिल्सिना, लेखा संयोजकमा श्रवण चिमोरियालगायतका ६५ जना छन् पाँचखाल नगरकमिटीमा १०२८ जना सदस्य रहेका छन् ।

