सिंहदरबारमा आगो लगाउँदैं दस्ताबेज जलाउँदै
अराजकताले सीमा नाघेपछि देश यसरी वर्वाद हुँदैछ
काठमाडौं । यहि माघ २६ गते शनिवार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लाग्यो । आगो लागेपछि महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा आएको छ । आगलागी भएको १५÷१६ मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । शनिवार बिहान ८ बजेर ४६ मिनेट जाँदा भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो ।
२०३० साल असार २५ गते राति १० बजेतिर सोही सिंहदरबारमा आगो लागेको थियो । त्यो समयमा आगो लाग्दा नेपाल र भारतबीच ९९ वर्षका लागि गरिएको महत्वपूर्ण कोशी सम्झौता जलेर नष्ट भए । अर्थात जलाइए । सन् १९५४ अप्रिल २५ गते भएको कोशी परियोजना सम्बन्धी सम्झौताको महत्वपूर्ण दस्ताबेज जलाइएको थियो । देशको प्रधानमन्त्री किर्तिनिधि विष्ट थिए । उनले नैतिकताको हिसावले राजिनामा दिए । अहिले नेपाल सरकार उर्जा तथा जलस्रोत मन्त्रालय र कानून मन्त्रालय कतै पनि त्यो दस्ताबेज पाउन सकिदैन । नेपाल भारत बीच अर्को पटक डिसेम्बर १९, सन् १९६६ मा जालझेलपूर्ण कोशी सम्झौताको गरिएको थियो । भारतले अघिल्लो दस्ताबेज गायव गरी नेपालको जलाएपछि पछिल्लो सम्झौतामा उल्लेख गरिएको १९९ वर्षको अवधिलाई मान्ने प्रस्ताव गरियो । त्यसमा सम्झौताको अवधि १९९ वर्ष भएको नेपाली अधिकारीहरुले पछि मात्रै थाह पाएको बहानाबाजी गरेका छन् । उक्त समयका साछी मध्येका एक लक्ष्मण प्रसाद रिमालले आफ्नो पुस्तक जीवनका संस्मरणमा वि.स. २०६९ सालमा उल्लेख गरेका छन् । रिमालले आफ्नो पुस्तकमा लेखेका छन् । काजि हंसमान सिंहले दरबारबाट आकस्मिक रुपमा तुरुन्तै जान भनेपछि आफुसँग टाइपिस्टहरु नभएका कारण भारतीय पक्षले टाइप गरी हामी नै काम गछौं भने पछि अर्को बैंठकमा हेर्दा १९९ वर्ष रहेछ भन्दै आश्चर्य ब्यक्त गरेको छन् ।
खानेपानी मन्त्रालय सिंहदरबारमा अहिले अशोक राई नेतृत्वमा रहेको संघीय समाजवादी पार्टीका तर्फबाट मन्त्री बनेका प्रदिप यादव मन्त्री छन् । उनले आफ्नो कार्यकक्षमा केहि नजलेको बताए पनि महत्वपूर्ण दस्ताबेज जलाउने प्रपञ्च होइन भन्न सकिने ठाउँ नै छैन ।
अराजकहरुको भीड बढ्दै
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले फेसबुकमा स्टाटस लेखेः
आजको लागी केहि भएन,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।
कतै आवेगमा आएर बालेन्द्र शाहले स्टाटस लेखेका हैनन् भने सिंहदरबारमा आगो लगाउने उनै त होइनन् ? शंकाको घेरामा पर्ने अवस्था आएको छ । किनकी बालेन्द्र शाहले नेपाल सरकारकै सडक विभाग अघि फोहोर थुपार्ने निर्देशन पनि दिए । कुनै व्यक्तिले सार्वजनिक ठाउँमा फोहोर फ्याकेको खण्डमा जरिवाना तिर्नुपर्ने तर महानगरकै कर्मचारी लगाएर निषेधित ठाउँमा फोहोर फ्याक्न पाउँने कानून कहाँ छ ?
२०६४ साल चैत्र २८ गतेको पहिलो संविधानसभाको दिन आतंक सिर्जना गराउने उद्देश्यले एक दिन अघि चैत्र २७ गते बम बनाउने मजदूरहरु नेपालको सीमा भारतबाट मान्छे ल्याएका मोहम्मद अफताव आलमले बम बनाउँदै गर्दा घाइते भएपछि ईट्टा भट्टामा जिउँदै पोलेर दर्जनौंको हत्या गरिदिए । उनलाई सर्वोच्च अदालतको आदेशबाट पक्राउन गर्दा प्रहरीलाई भनेका थिए । अव मलाई थुन्यौ भने देशमा आगो लाग्छ भन्दै प्रहरी अधिकारीलाई ललकारेका थिए ।
२०४६ साल चैत्र २६ गते भिषण आन्दोलनका कारण देशमा प्रजातन्त्रको स्थापना भयो । त्यसको केहि दिन पछि गण्डकी अञ्चलको अञ्चालाधीश कार्यालयमा भिषण आगलागी भयो । भारतबाट आएका आप्रबासीहरुले कास्की जिल्लाबाट धेरै नागरिकता लिएका कारण नियतबस अञ्चलाधीश कार्यालय जलाइएको पोखरा पार्दीका बासिन्दाहरु बताउँछन् ।
माओवादी द्वन्द्वमा सर्लाही जिल्ला प्रशासनमा आगो लाग्यो । यो पनि नियतबस नै लगाइएको थियो । सर्लाहीबाट नागरिकता लिएका दोहोरो नागरिकताधारीहरु जलेको भन्दै अर्को नागरिकता लिए । आफुलाई खाटी मधेसी नेता बताउने राजेन्द्र महत्तोको पनि अहिले अंगिकृतधारी नागरिकताको प्रतिलिपिका भरमा मन्त्री बनिरहन्छन् । जुन लाभ जिल्ला प्रशासन कार्यालय जलाएका कारण बनिरहेको छ ।
मारवाडी व्यवसायी राजेन्द्र खेतानले आफ्नो उद्योग जलाएर आफै प्रमुख रहेको बीमा कम्पनीबाट निर्णय गरी करोडौं रकम असुली गरेका कारण अहिले पनि लामो समय देखि सार्वजनिक जीवनमा देखा परेका छैनन् । उनी लामो समय फरार अभियुक्त कै रुपमा बेपत्ता थिए ।

