राष्ट्रप्रमुखको छवि ओरालो लाग्दै
विवादमुक्त रहेनन् राष्ट्रपति पौडेल
काठमाडौं । भारतका राष्ट्रपतिमा एपिजे अब्लुल कलामलाई सिफारिस गरिएपछि उनले एक टेलिभिजनमा अन्तवार्ता दिए । अन्तरवार्तापछि पत्रकारलाई उनले भनेका थिए । ‘पत्रकार महोदय म यो अन्तरवार्ता हेर्न पाउँदिन किनकी मसँग हेर्नका लागि टेलिभजन नै छैन’ । तर, हाम्रा देशका राष्ट्रपतिका शान र सौकात भने अमेरिकाका बहालवला राष्ट्रपतिलाई नै माथ गरेका छन् । जनताको छोरा राष्ट्रप्रमुख बन्दा पनि देशमा आम जनताले सुशासनका पाउन सकिरहेका छैनन् । जनताको छोरो राष्ट्र प्रमुख बन्ने व्यवस्थामा सबै जनताका लागि आत्मसम्मान हुने भन्दै जनतालाई आन्दोलनमा होमिएको थियो । लोकतन्त्रमा जनताका लागि, जनताद्वारा, जनताको शासन भनिन्छ । तर, ठीक उल्टो व्यवहारमा देखिएको छ ।
गणतन्त्रमा राष्ट्रप्रमुख र उनका सन्तानहरु अहिले झनै राजा बन्ने र जनतालाई छारो हाल्ने काम मात्रै सिर्जना भएका छन् । राजनीतिक दलका नेताहरुले राजाको छोरा राजा नै हुने प्रथा २१औं शताब्दीमा सैह्र नहुने भन्दै विरोध गर्दै आएका थिए । तथापि ऐन र कानून भन्दा माथि नरहेको भनिएपनि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखका सन्तानहरु जनताको करमा होली खेलिरहेका छन् । साथै देशलाई थप ऋणभारमा डुबाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल आफु आलंकारिक राष्ट्र प्रमुख भएपनि कानूनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, राजनीतिक सल्लाहकारमा सुनिल बहादुर थापा, प्रेस सल्लाहकारमा किरण पोखरेल, आर्थिक सल्लाहकारमा चिरिञ्जिबी नेपाललगायत नियुक्ति गरिएका थिए । यसरी उनका कानूनी सल्लाहकार कुँवर अहिले हर्वो जस्तो नेटवर्किङ व्यवसायमा चर्चित सहकारी ठग जिबी राईसँग साझेदार रहेको खलेको छ । तथापि पहुँचकै आधारमा कुनै कारबाही गरिएको छैन । उनलाई सूर्य थापा नेतृत्वको सहकारी ठगी छानविन समितिले पनि छानविन नै गरेन । किनकी उनी आइजिपी बसन्त कुँवरका सहोदर दाजु पनि हुन् ।
मेडिकल बोर्डको सिफारिस बिनै भारतमा उपचार
२०८० साल वैशाख ६ गते राष्ट्रपति पौडेल उपचारका लगि भारत भ्रमणमा गए । उनले ऐनमा भएको व्यवस्थामा धज्जी उडाएर मेडिकल बोर्डको सिफारिस बिनै उपचारका लागि भारतमा गएका थिए । डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायणप्रसाद शर्माले राष्ट्रपति पौडेल उपचारका लागि भारत भ्रमणमा जाँदा मेडिकल बोर्डबाट कुनै सिफारिस नै नलिएको पत्र वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रबाट प्राप्त गरेका थिए । राष्ट्रपति पौडेलको उपचारको विषयमा ब्यापक विरोध भएपछि उनले आफुले नेपाल सरकारबाट उपचारको नाममा केहि पनि नलिने भन्दै उनका पे्रस सल्लाहकार खिला कार्कीले आम मानिसहरुको विरोध मत्थर पार्न विज्ञप्ती प्रकाशन गरेका थिए ।
तर, पछि राष्ट्रपति पौडेलले नै खुसुक्क परराष्ट्रमन्त्रालयसँग समन्वय गरी कानून बिपरित उपचार खर्च लिए । जुन विषयमा कानून बिपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदनको मुद्दा चलिरहेको छ ।
नागरिकता विधेयकमा पूर्व राष्ट्रपति भण्डारीको नामको तल हस्ताक्षर
३१ लाख विदेशीले बंशजको नागरिकता पाउने गरी ल्याइएको राष्ट्रघाती नागरिकता अध्यादेशमा राष्ट्रपति पौडेलले लालमोहोर लगाइदिए । जसबाट नेपालमा ३१ लाख भारतीयहरुले नागरिकता पाए । नागरिकता अध्यादेशलाई स्वीकृति गरी ठूलो संख्यामा भारतीयलाई नागरिकता दिने जस्तो गम्भीर राष्ट्रघाती काममा राष्ट्रपति पौडेलको प्रमुख भूमिका रहेको थियो । नागरिकता विधेयकमा प्रमाणित गरेका पौडेललाई इतिहासमा एक कलंकित राष्ट्रपतिका रुपमा नाम लेखिइरहँनेछ । राष्ट्रपति पौडेलले त्यस अघिको सरकारले ल्याएर रद्ध भइसकेको नागरिकताका विधेयकमा हस्ताक्ष्र गरी आफ्नो अज्ञानता र विदेशीको भक्त भएको पुष्टि गरे । यस विषयमा काठमाडौं विश्वविद्यालयमा कानुन विषयका प्राध्यापक विपिन अधिकारीले मन्त्रीपरिषद् र राष्ट्रपति दुवैको कदम अवैधानिक भएको दाबी गरेका थिए ।
युरोप भ्रमणमा सम्पत्तिको मातले छोरा नाङ्गै जंगलमा
राष्ट्रपति पुत्र चिन्तन पौडेल युरोप भ्रमणका क्रममा जर्मनीमा पुग्दा नाङ्गै जंगलमा फेला पारिए । उनी नेपालका लागि जर्मनीका राजदूत रामकाजी खड्काको निवासमै बसेका थिए । बुबा राष्ट्रपति रामचन्द्र पौडेलसहित फर्किनुपर्नेमा शरीरका कपडा, मोबाइल, पर्स र विभिन्न कार्डहरू फ्याँक्दै अर्धचेतस्थितिको व्यवहारमा उत्रिए । उनले राजदूतको क्वाटरमा बसेर रात्री भोजको मस्तीमा थिए । त्यसपछि उनी बर्लिनको जंगलमा पुगेर नांगै उफ्रिए । बुबाकै राजकीय भ्रमण टोलीको सदस्यका रूपमा गएका उनी फर्किनुअघि यसरी पेश हुँदा प्रहरीको फन्दामा परे र अस्पतालमा भर्ना गराइए । उनको खोजीमा राजदूत रामकाजी, उनकी बहिनी अवज्ञा, राजदूत पत्नी र खानपिनको व्यवस्थापन गर्ने रेष्टुरेण्ट व्यवसायी दिल गुरुङसम्मले पाउनुसम्मको दुःख पाए । दिल गुरुङ मनाङका भ्रष्टाचारी सांसद टेक बहादुर गुरुङका सहोदर भाइ हुन् । उनले जर्मनीमा बसेर होटल ब्यवसाय सञ्चालन गर्दछन् । यसरी राष्ट्रपति पुत्र चिन्तनले जनताले दाउरा र तरकारी बेचेर तिरेको करबाट राजा महाराजाका छोराहरुलाई पनि उछिनेका छन् । कुनै बेला चर्चामा रहेका पूर्व राजा ज्ञानेन्द्रका पुत्र पारसलाई राष्ट्रपति पुत्र चिन्तनले उछिनेका छन् । उनलाई बाबुकै जोडबलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक त कहिले गरिव घरपरिवार पहिचान परिचयपत्र वितरण समन्वय बोर्डको कार्यकारी प्रमुखमा नियुक्ति पाउँदै आएका व्यक्ति हुन् । बालाजुको तीन रोपनीमा फैलिएको राष्ट्रपति पौडेलको महलको स्रोत नभएपनि उनका छोराहरुको मोजमस्तीले सीमा नै नाघेको छ ।
जिबी राईको कानूनी सल्लाहकारलाई आफ्नो सल्लाहकारमा राखेको
राष्ट्रपति रामचन्द्र पौडेलले कानूनी सल्लाहकारमा राखेका वरिष्ठ अधिवक्ता बाबुराम कुँवर सहकारी ठगीमा संलग्न जिबी राईका व्यवसायी साझेदार तथा मूख्य कानूनी सल्लाहकार थिए । उनलाई राजनीतिक पहुँचका कारण सांसद सूर्य थापाको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिलेसमेत समयको अभाव भन्दै बयान नै नलिएको बताइन्छ ।
यसरी जिबी राईको सहकारी ठगी धन्दामा राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरको पनि ‘कनेक्सन’ देखिएको छ । जिबीले पाँचवटा सहकारीको रकम विभिन्न कम्पनीमा लगेर अपचलन गर्दा पूर्वप्रदेश प्रमुखसमेत रहेका कुँवर उनको कानुनी सल्लाहकार रहेको खुलेको छ । उनी नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरका सहोदर दाइ हुन् । बाबुराम सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता तथा नेपाली काग्रेसकै सरकारका समयमा गण्डकी प्रदेशका प्रमुख भएर राजनीतिक पद हडपेका व्यक्ति हुन् ।
९ पुस ०७७ मा गोर्खा ग्रप अफ कम्पनीको एक कार्यक्रममा उनले भाषण गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । जिबीका हरेकजसो कम्पनीमा उनी कानुनी सल्लाहकार थिए । तिनै कम्पनीमा पाँचवटा सहकारीको रकम लगेर अपचलन भएको थियो । जसकारण हाल हजारौँ सर्वसाधारणको बिचल्ली भएको छ । तर, उनलाई सातखत माफ भएको छ । नेपाली कांग्रेसको भातृसंगठनका रुपमा बर्चश्वमा रहेको नेपाल बारले कुँवरका पक्षमा विज्ञप्ती निकालेर चाकरी गरिसकेको छ ।