मुसहर जातिका घरहरुलाई जमिन्दारको कब्जाबाट निकालेको थिएँ
1 min readएमाले नेता सत्य नारायण मण्डलको जीवन
आमा तेतरी देवी मण्डल र बाबु डोमी मण्डलका कान्छा सन्तानका रुपमा २००८ साल श्रावण १५ गते सप्तरीको भारदहमा जन्मनुभएका सत्य नारायण मण्डल झण्डै साढे पाँच दशक कम्युनिस्ट आन्दोलनमा सक्रियता पूर्वक लाग्नुभयो । नौ वर्ष भूमिगत बन्नुभयो । त्यसै गरी पटक पटक गरी तीन वर्ष छ महिनासम्म राजकाज अपराधमा जेल जीवन बिताउनुभयो । मण्डल २०४८ सालमा नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य, २०७० सालको संविधानसभामा नेकपा एमालेबाट समानुपातिक सिटमा सभासदमा निर्वाचित हुनुभयो । त्यसपछि वि.स.२०७४ सालको प्रदेशसभामा पनि सप्तरी क्षेत्र नै ४ (क) बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभयो । २०७२ सालमा केपी ओलीको नेतृत्वमा बनेको सरकारमा उहाँ युवा तथा खेलकूदमन्त्री बन्नुभएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा २०२६ सालदेखि नै आवद्ध हुनुभएका मण्डल मधेश प्रदेशका एक जना पुराना र इमान्दार कम्युनिस्ट नेता हुनुुहुन्छ । ७२ वर्षको उमेरमा पनि युवा जोस र जाँगरले भरिपूर्ण मण्डलसँग डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको विशेष वार्ताः
० तपाईको जन्ममिति र जन्मस्थान कहिले र कहाँ भएको हो ?
म २००८ साल साउन १५ गते भारदह, सप्तरीमा जन्मेको हुँ । जुन कोशी ब्यारेज अन्नर्गतको १ नम्बर वडामा पर्दछ । अहिले पनि हनुमाननगर कंकालिनी नगरपालिकाको १ नम्बर वडामा नै पर्दछ । जुन सप्तकोशी नगरपालिका वडा नम्बर ११ मा पर्दछ ।
० तपाईको पारिवारिक पृष्ठभूमिको बारेमा पनि बताईदिनुहोस् न ?
मेरो आमाको नाम तेतरी देवी मण्डल र बाबुको नाम डोमी मण्डल हो । म चार दाजुभाइ मध्येको कान्छो छोरा हुँ । म भन्दा जेठी एक जना दिदी हुनुहुन्छ । म आठ वर्षको हुँदा त्यो ठाउँ छाडेर अन्यत्र बसाई सर्नुपर्नेभयो । पारिवारिक अवस्थाका हिसावमा म आधारभूत वर्गमै पर्दथे ।
० कम्युनिस्ट आन्दोलनमा पारिवारिक स्थिति साथ र सहयोग कस्तो रह्यो ? कसरी आकर्षित हुनुभयो ?
म कम्युनिस्ट आन्दोलनमा वि.स. २०२६ साल देखि लागेको हुँ । जुन समयमा भारतीयहरुले नेपालको सुस्ता र महेशपुरमा जमिन अतिक्रमण गरेका थिए । त्यो समयमा देश ब्यापी रुपमा आन्दोलन उठिरहेको थियो । म पाँच क्लासमा महेशपुर हाईस्कूलमा पढ्दै थिएँ । त्यहाँ मैले शुल्क तिरेर पढ्ने औकात त थिएन । तथापि तारणीं प्रसाद साह र विश्वनाथ साह दुई दाजुभाइ मध्ये तारिणी प्रसाद साह उक्त स्कूलका हेडमास्टर हुनुुहन्थ्यो भने विश्वनाथ प्रसाद साह विज्ञान विषयका शिक्षक हुुनुुहन्थ्यो । यसरी उहाँहरुको लुगाफाटा र भाँडा माझेर मैले पढेको थिएँ । तर, २०२६ सालमा म ६ कक्षामा पढिरहेको अवस्थामा विद्यार्थी आन्दोलन सुरु भयो । राजविराज सगरमाथा अञ्चलकै सदरमुकाम थियो । म भन्दा सिनियर विद्यार्थीहरुको साथी भएर हामी पनि सदरमुकाम जानका लागि हिड्यौ । एक जना साथी नन्द प्रसाद गजुरेलले माओत्सेतुङका विषयमा बताउनुुहुन्थ्यो । त्यो कुराले मलाई आकर्षण पनि भयो । यो विषय प्रहरीले पछि थाह पायो । त्यसपछि प्रहरीले लखेटेर करिब दुई कोश दक्षिण चन्द्र नहर पु¥यायो । त्यहाँ भेडियाँ भन्ने जोगीहरुको मठ छ । त्यहि मठबाट हामीलाई पक्रेर ल्याएर दिनभर राख्यो । रातपरेपछि छाडिदियो । त्यहि सालबाट म पुष्पलाल समूहको संगठनका अगुवाहरुले थाह पाएर मलाई सम्पर्क गरे । उहाँहरुले पहिला किसानफाँटको जिम्मेवारी दिनुभयो । केहि दिनपछि अखिल नेपाल किसान संघको सदस्य बनाई दिएर गाउँ गाउँमा गएर किसानहरुलाई प्रभावमा पारेर संगठन गर्न पठाउनुभयो । त्यसपछि २०२७ सालमा हाम्रो घर ओत्राहा पञ्चायतमा पर्दथ्यो । ओत्राहामा सुरेश तिमिल्सिना भन्ने व्यक्ति नेकपा पुष्पलाल समूहमा आवद्ध हुनुुहन्थ्यो । उहाँ म भन्दा धेरै सिनियर हुुनुुहन्थ्यो । यसरी उहाँले २०२७ सालमा निवेदन माग गरी सदस्यताका लागि अनुरोध गर्नुभयो । त्यो समयमा मलाई तल दस्तखत गराएर दाहिने तर्फको बुढी ओलामा निडिलले रोपेर रगत निकालेर रगतको छाप लिनुभयो । त्यसपछि २०२८ सालमा मलाई पार्टीले सदस्यता दियो । यसरी म २०२८ सालमा पार्टीको जिल्ला कमिटीको सदस्य भएँ ।
पञ्चायतकालमा धरानको हिरालाल विश्वकर्मा शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँ भारत जाँदा त्यहाँका प्रधानमन्त्री जवाहरलाल नेहरु र रक्षामन्त्री जगजीवन रामलाई कन्भिस गराएर नेपालका दलित र पीडित २४ जना विद्यार्थीहरुलाई आइए आएसीे बोर्डसम्म पढ्ने छात्रवृत्ति मिलाएर आउनुभएको रहेछ । यसरी नेहरु र जग जीवन राम ट्रष्टबाट यो छात्रवृत्ति भारतीय दुतावासमार्फत प्राप्त हुन्थ्यो । उत्तम परियार जो दलित हुनुहुन्थ्यो उहाँको कञ्चनपुरमा टेलरिङ हाउस थियो । उहाँ हिरालालको दलित संगठनमा हुनुहुन्थ्यो । त्यसै कारण केहि लप्पन छप्पन पनि गर्नुुहुन्थ्यो । उहाँ पञ्चायतकालमा राजपरिषद्को सदस्य पनि हुनुभएको थियो । उहाँलाई मबाट पनि केहि पैसा साथै भाउजुहरुको गरगहना बन्दक राखेर दियौं । त्यसपछि म पनि इलाहावादमा पढ्नका लागि गएँ । त्यहाँ मलाई सात क्लासमा भर्ना गरियो । यसरी २०२९ सालमा पार्टीले पनि स्वीकृति दिएर म पढ्न गएको थिएँ । त्यो समयमा आश्रमको होस्टल पनि खाली नै थियो । हामी २४ जना विद्यार्थीलाई बस्नका लागि मुन्सी ईश्वरशरण आश्रम थियो । जहाँ इन्टरमिडियट कलेज पनि थियो । त्यहाँ एक जना बिएल विश्वास नामका बंगाली शिक्षक हुुनुहुन्थ्यो । उहाँले भन्नुभयो ‘बेटा तुमारा घर तो नेपालमा हैं, एइसा पुस्तक मिल्ता हैं तुम लेते आना’ । उहाँले माओका संकलित रचनाहरुलाई भन्नुभएको थियो । म विद्यार्थी भएकाले सीमामा जाँच भएपनि ति पुस्तक राखेर लगियो र उहाँलाई दिएँ । धेरै खुशी हुनुभयो । त्यसपछि म घरमा आएँ । यसरी जुन समयमा दरभंगा प्लेनम भएको थियो, त्यो समयमा शैलेन्द्र कुमार उपाध्यायले लेखेको पर्चाहरु पनि मेरो बाकसमा थियो । जब म २०३१ सालमा दशै विदामा घरमा गएँ । मैले त्यस अघि त्यहाँका खुंखार सामान्तसँग संघर्ष गरेर मुसहर जातिका आठ नौ घरलाई जमिन्दारको कब्जाबाट निकालेको थिएँ । त्यसपछि जंगल फडानी गरी बस्ती बसालेको थिएँ । जब म २०३१ सालमा गाउँ गएँ । ति सामान्तकै योजनामा मुसहर बस्तीमा आगो लगाइयो । उक्त आगो मैले नै लगाएको भन्दै मेरो घरमा छापा मारियो । मलाई पक्राउ गरियो । त्यो समयमा ज्याउल हक नामका अञ्चालाधीश थिए । यसरी मलाई २०३१ साल आश्विनमा ३८ दिनसम्म कष्टडीमा बसे । उक्त समयमा मेरो पराम्परागत विवाह भएको थियो । र छोरा पनि जन्मियो । तर, म पक्राउँ भएपछि रेख देख हुन नसकेका कारण बित्यो । म जेलमा परे । बुवा र दाजु पनिसंगै ३८ दिन नै जेल पर्नुभयो । तर, ठूलो दाजु चाहि फरार नै हुनुभयो । जब ३८ दिनको अनुसन्धान पश्चात म माथि आगलागीको मुद्दा चलेन । त्यो समयमा जमिन्दारका विरुद्धमा पहाडी समुदायका बौद्धिक मान्छेहरु थिए । यसरी ३२ जनालाई राजकाज मुद्दा लगाएका थिए । उहाँहरुले डटेर सर्जिमिनमा उत्रिनुभयो । त्यसपछि जाहेरवलाले छोरा कसम खाएर मैले कसैलाई देखिन भने । त्यसपछि जमिन्दारको जालझेल एक्सपोज भयो । तथापि मलाई हाते बम राखेर राजकाज मुद्दा चलाइयो । त्यहाँ दुई वटा मुसहरहरु मधुरी सदाम मुसहर र खुसर सदाम मुसहर मसँगै साढे तीन वर्ष जेलमा बसेका थिए । मलाई तीन वर्ष सजाय गरिएको थियो । जरिवाना बापत फेरी ६ महिना बढि जेल बस्नुप¥यो । यसरी २०३१ साल असोज देखि २०३४ फागुन २६ गते सम्म जेल बसेको थिए । जब जेलबाट छुटे मेरो लगायत गाउँका २६५ घर आगलागी भएर जले । जेठ महिनाको समय थियो । साढे तीन वर्ष पछि जेलबाट छुटे । तर, अर्को ठूलो बिपत्ति आइलाग्यो । २०२८ सालमा झापा आन्दोलन भएको थियो । त्यसपछि सिराहाको अर्डिनेशन कमिटीका संयोजक मणिलाल राई हुनुहुन्थ्यो र उहाँको घर सिराहाको विष्णुपुर कट्टिमा थियो । झापा आन्दोलनसँग आवद्ध साथीहरुले संघर्ष गरिरहेका थिए । त्यो समयमा एक जना अञ्चालाधीशको गुप्तचरको पार्टीकै योजनामा हत्या भयो । पानवीर विश्वकर्माको नेतृत्वमा त्यो गुप्तचरको हत्या गरिएको थियो । त्यसपछि मणिलाल राईहरु पनि जेल जानुभयो । उहाँले मलाई झापा आन्दोलनका विषयमा जानकारी गराएर धेरै कुरा सिकाउनुभयो । त्यसपछि झापा आन्दोलनमा लागेका साथीहरुको त्याग र बलिदानबाट प्रभावित भएँ । म जस्तो संघर्षशील लडाकुहरु पुष्पलाल समूहमा छैनन् धेरै वर्ष देखि म एक्लै लडिरहेको थिएँ । तर, घरभित्र धेरै साथीहरु गफ गर्दथे । मैदानमा चाहिँ आउँदैनथे । मेरो घरमा आगलागि भएको केहि दिनमा बासलगायत माग गरी अस्थायी रुपमा बस्न थालियो ।
सिराहाको बस्तीपुर भन्ने गाउँमा एकजना खु नारायण श्रेष्ठ भन्ने हुनुहुन्थ्यो । उहाँको बुवा वृट्रिश सेनामा हुुनुहुन्थ्यो । खु नारायण जेठा छोरा हुनुुहुन्थ्यो । उहाँ झापा आन्दोलनमा आवद्ध हुुनुभएको थियो । मणिलाल राईले मलाई खु नारायणको सम्पर्क ठेगाना दिनुभएको थियो । त्यसपछि खु नारायणले अन्य साथीहरुसँग सम्पर्क गराउनुभयो । इलाका कमिटी पनि गठन भयो । यसरी म इलाका कमिटीमा बसेर तत्कालिन मालेमा काम गरेँ र पुष्पलाल समूहको संगठन परित्याग गरेँ । त्यो समयमा पुष्पलाल समूहको संगठनमा राष्ट्रिय सभाको पटक पटक सदस्य र उपाध्यक्ष भई एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवारसमेत बन्नुभएका रामप्रित पासवान हाम्रो घरमा गएर सान्त्वना दिनुभयो । पासवान त्यो समयमा प्राइमारी स्कूलको शिक्षक हुनुहुन्थ्यो । त्यसपछि उहाँले मैथलीमा एउटा गीत नै बनाउनुभएको थियो ।
मैथली भाषाको गीत यस्तो थियो ।
जुन मृतक बच्चालाई हातमा झण्डा दिएर भन्छन् ।
ललका झण्डा दके करैछी अर्जिया,
बौवा बोल इन्कलाव जिन्दावाद,
गरिबके खातिर नूनू बाबुु गैल जेल,
काका उपरमे वारेन्ट छोके सरकार वैरी भएल,
बौवा बोल इन्कलाव जिन्दावाद,
बाबुको बद्ला लिह कसम तो हिमाल के
दुस्मन के शीर उडादिअ बन्दूकके नाल से ।
यसरी नवजात शिशुको हातमा ति क्रान्तिकारीहरुले बन्दूक थमाउछन् । यसरी त्यो समयमा सिराहा जिल्ला वरपर मैथली भाषामा क्रान्तिकारी गीत बनेको थियो ।
० तपाईको जीवनमा राजनीतिक क्रममा घटेका महत्वपूर्ण घट्नाहरु केहि छन् कि ?
म पुष्पलाल समूह परित्याग गरी नेकपा मालेमा काम गरेको थिएँ । त्यसपछि देशमा जनमत संग्रह भयो । पञ्चहरुसँग बम र बन्दूक नै चल्यो । मैले बम ब्लाष्ट नै गरेर बहुदलवादीहरुलाई बचाएँ । उनीहरुले हाम्रा साथीहरुलाई सार्वजनिक मुद्दा चलाए । साथीहरुको खुट्टा भाचे । हामीले जमिनदारहरुलाई कुटपीट पनि ग¥यौं । जब जनमत संग्रहको परिणाम आयो त्यसको केहि दिनपछि मलाई पार्टीले सिराहा जिल्लामा सरुवा गरिदियो । त्यसपछि म पुरै सिरहा जिल्ला, सप्तरीको उत्तरी पश्चिमी भेग र उदयपुरको मध्य गरी मेरो जिम्मामा थियो । त्यो भन्दा माथि प्रादेशिक कमिटी थियो । म सिराहामा काम गर्ने क्रममा कोशी र सगरमाथा अञ्चलको इन्चार्ज मदन भण्डारी हुनुहुन्थ्यो । उहाँ त्यहाँ गइरहँनुहुन्थ्यो । त्यहाँको आधार इलाकामा पटक पटक बैठकहरु हुन्थे । सप्तरी र उदयपुरमा किसान संघको प्रशिक्षणहरु हुन्थे । किसान संघमा कोशीलाई अध्यक्ष दिइएको थियो । त्यसको अध्यक्ष देवी बराल हुनुुहुन्थ्यो । सगरमाथालाई सचिव दिइएको कारणले म सचिव थिएँ । उदयपुर जिल्लाको सिद्धिपुर भन्ने ठाउँको धप्पर गाउँमा दुई दिनको किसान प्रशिक्षण भएको थियो । त्यहाँ सिराहा जिल्लाका पनि साथीहरु समावेस हुनुुहुन्थ्यो । त्यहाँ प्रशिक्षण भएको थियो । मदन भण्डारी कमरेडले मलाई पहिलाका इतिहासका बारेमा पार्टीलाई उपलब्ध गराउन भन्नुभयो । पुराना नेताहरु जो बाँच्नुभएको थियो उहाँहरुसँग भटेर लेखीकन दिएको थिए ।
सप्तरीको रक्साहा भन्ने गाउँमा एउटा आधार इलाका थियो । त्यहाँ मगर, दनुवार, तिमिल्सिना, धमला, गेलाल र विश्वकर्मा थरका मान्छेहरु बस्नुहुन्थ्यो । नेताहरुले त्यहाँ प्रत्येक हप्ता प्रशिक्षण चलाउनुुहुन्थ्यो । त्यहाँ झलनाथ खनाल, ईश्वर पोखरेल र मदन भण्डारी गइरहँनु हुन्थ्योे । खानाको व्यवस्थापन मैले नै गरेको थिए । त्यो समयमा जंगलको अमलाको अचार, गुन्द्रुकको झोल र मकैको चामलका भात पकाएर ख्वाएको थिएँ । मदन भण्डारीले हाम्रो सत्ता आएपछि तपाईलाई फाइव स्टारको हेड कुक बनाउँछु भन्नुहुन्थ्यो । त्यो समयमा हालका शिक्षामन्त्री अशोक राई, खोटाङका हरि रोक्काहरु हुनुुहुन्थ्यो । उहाँहरुले बलान खोलाको माछा र अमलाको अचारको अहिले पनि हात मिलाउँदा सम्झेर सुघ्नुहुन्छ ।
करिब २०४६ सालको सुरुमा मदन भण्डारी र माधव नेपाल सिराहामा पुगेर मलाई भेट्नुभयो । उहाँहरुले म भन्दा माथिल्लो अञ्चल कमिटीका साथीहरुलाई पनि भेट्नुभयो । उदयपुरको भलायाडाँडा पञ्चायतको ध्वासे भन्ने गाउँमा हाम्रो एकजना सेल्टर दाता दुर्गा बहादुर खपाङ्गी हुनुुहुन्थ्यो । उहाँको घरमा पार्टीको चौथो महाधिवेशन आयोजना गर्ने भन्ने निर्णय भयो । उहाँ कहाँ खाद्यन्नको नाउँमा एक गेडा पनि चामल थिएन । तर, त्यहाँ केहि लगानी पनि गरियो । शौचालय बनाउने काम गरियो । एक जना खोटाङको मान्छे भारतको आसामबाट जागिर गरेर कमाएर आएको रहेछन् । बजारमा सुरुमा जाँड ख्वाएछन् । उनीसँग पैसा रहेछ । पैसाको लोभमा लाहानमा बजार आउनेहरुले उनको हत्या गरी बलान खोलाको रहमा फालिदिएछन् ।
दुई चार दिन पछि कोल्टे गाउँका एक जना थारु साथीले माछा मार्ने क्रममा जाल फाल्दा त सिंगै लास आएछ । त्यसपछि हल्ला भएर हाम्रा २८ जना साथीहरुलाई अनाहकमा पञ्चायत सरकारले मुद्दा लगायो । त्यसपछि हाम्रो कार्यक्रम नै स्थगित भयो । दोस्रो पटक सिराहाको फुल्काहकट्टी पञ्चायतको मोतियाई भन्ने गाउँमा चौथो महाधिवेशन गर्ने निधो गरियो । यसरी तयारी गरेपछि मदन भण्डारीले अनुगमन गर्नुभयो । ईश्वर पोखरेललेसँगै बसेर माटोले लिप्ने र टाल्ने काम गर्नुभयो । शौचालयहरु बनाइयो । भोलिपल्ट कालापानी भन्ने गाउँको एक चौधरी महत्तोको घरमा केन्द्रीय कमिटीको बैठक बस्यो । सबैजना नेताहरु हुुनुुहुन्थ्यो । त्यो बैठक एकै घण्टामा सकियो । किनकी पार्टीका दस्ताबेज साथीहरुले लिएर हिड्दा बाटोमा खसेको थियो । त्यहि डरले हामीले रोक्नुपर्ने भयो । सबैजना नेताहरु आ–आफ्नो कमाण्ड एरियामा जानुभयो । झलनाथ, सिपी मैनाली, सायद आरके मैनाली गरी दुई तीन जना मात्रै बस्नुभयो माधव र मदन कमरेड पनि हिड्नुभयो । झलनाथ त्यो समयमा पार्टीको महासचिव हुनुुहुन्थ्यो । म पनि थकित र दिक्क भएको थिए । मलाई घरमा जान पैदल यात्रामा तीन दिन लाग्थ्यो । मेरो घर सप्तरीको पूर्वी बेल्टमा पर्दथ्यो । म घरमा नपुग्दै एक जना मान्छेलाई पत्र लिएर बसबाट माधव र मदन कमरेडले म कहाँ पठाउनुभएछ । बसबाट पठाएपछि उनी त तीन घण्टामे पुगेँ । मेरो छिमेकी बैकुण्ठ निरौला पार्टीमा पनि संगठित भएको हुँदा चिठ्ठी दिनुभएछ । त्यसपछि उहाँले मेरो दाजुलाई मेरो बारेमा सोध्नुभएछ । म त पुगेकै थिएनँ । भोलिपल्ट म राती खाना खाएर त्यहि साथीको घरमा गएर सुतेको थिएँ । भोलिपल्ट उहाँकै साइकलमा दुबै जना हिडियो ।
सप्तरीको राजमार्गमा करिब साढे चार पौने पाँच बजेतिर बिराटनगरबाट मोरङ्ग पशुपति सुपर बस जनकपुरबाट आउथ्यो । त्यो बसमा चढेर म सिराहा गए । फेरी नेताहरु भेटिनुभयो । त्यसपछि नेताहरुले अर्को आदेश दिनुभयो सिराहाकै विष्णुपुरकट्टी पञ्चायतको सर्रे अम्बास भन्ने ठाउँमा महाधिवेशनका लागि युद्द स्तरमा काम गर्नु भन्ने । हामीले खाद्य पदार्थका भारी बोकेर सबै व्यवस्था मिलायौं । त्यहाँ सबै नेताहरुलाई पालैसँग पु¥याउने काम गरियो । अन्तिममा कृष्ण गोपाल श्रेष्ठले कमरेडहरु केपी ओली, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रितलाई लिएर जानुभएको थियो । मैले लाहानमा रिसिभ गरे । लाहान क्रस गराएर सप्तरी र उदयपुर हुँदै कोल्टी भन्ने गाउँमा रिन बहादुर खपाङ्गीको घरमा राखे । उहाँको घरमा एक गेडा पनि चामल थिएन । गाउँमा घुमेर पाँच छ माना चामलको व्यवस्था गरे । नेताहरुलाई खाना ख्वाएर बिश्राम गरियो । त्यसपछि मैले उहाँहरुलाई उदयपुर गढीतर्फ लगेँ । गढी निकै टाढा थियो । त्यसपछि बीचैबाट पीडिबास भन्ने ठाउँबाट अर्को खोलातर्फ झरियो । फेरी तराईमा पुगियो । हामी महाधिवेशन स्थलमा जाँदा खेरी पूर्वाञ्चलको सबै डेलिगेट्सलाई त्यहि नाकामा सम्पर्क दिएको हुँदा टर्च बाल्न अप्ठ्यारो भयो । राती अलमल भएर मैले त बाटो नै बिर्सिएछु । हामी जानु पर्ने खुटि खोलामा, गएछौं मरेङ्ग खोलामा । रातभर भोकै प्यासै हिडियो । केपी ओली कमरेडको शरीरको ब्यालेन्स नमिलेका कारण हिड्न नसक्ने । उहाँको तौल ४० केजी भन्दा कम थियो । आरके मैनालीको चाहिँ ११० केजी थियो । उहाँलाई मोटो लठ्ठी भाचेर दियौं । भदौको समय थियो । खोलामा पानी, बाटो हिलो र चिफ्लो थियो । मोदनाथ प्रश्रितको ८० ÷८५ केजीको तौल भएपनि हिड्न सक्नुहुन्थ्यो । केपी कमरेडलाई मैले बोक्थे । म थाकेपछि कृष्ण गोपाल श्रेष्ठले बोक्नुहुन्थ्यो । यसरी हामी रातको चार बजे गाउँको भलाया डाँडा जनजातीको गाउँ भएको ठाउँमा पुगियो । तलै नै बालुवामा गम्छा बिच्छाएर बस्यौं । बाटो चिन्नुभएन बिराउनुभयो भनेर सबैजनाले मलाई भन्नुभयो । तर गाउँमा आावाज सुने । गोरु बाख्रा पालेको घर रहेछ भन्ने थाह पाएर बुभ्mन गएको त किसानहरुले सबै कुरा बताउनुभयो । मैले उहाँँहरुलाई मुर्कुची हिडेको त यता आइयो भने । वि.स.२०४५ सालको बिनासकारी भूकम्पको केन्द्र बिन्दू नै मुर्कुचीमा थियो । साथै उदयपुर सिमेन्टको खानी भएको ठाउँ हो । मैले किसानलाई भने ‘हाम्रा सरहरु अध्ययन गर्न आउनुभएको थियो खुट्टीमा जानुपर्नेमा मुहानमा सोद्धा यता बताए ।’ खुट्टि जाने बाटो देखाइदिनुप¥यो भोकै पनि छौं भने । त्यसपछि २० रुपैया झिकेर दिए । त्यसपछि बारीका मकै ल्याएर दिनुभयो । किसानका छोराले हामीलाई बाटो देखाएर डाँडा कटाइदिनुभयो । यसरी जब महाधिवेशन स्थल आयौं । त्यसपछि उहाँहरुलाई तल राखेर बुझ्न महाधिवेशन स्थलमा गए । म पुग्दा त किन नआएको भनेर छटपटि भएको रहेछ । उहाँहरु तीन जना मात्रै पुग्नुभएको थिएन । मदन भण्डारी, माधव नेपाल, ईश्वर पोखरेलले म पुग्ने बित्तिकै किन ढिला भयो ? भन्दै सोध्नुभयो । बाटो बिराएको कारण ढिला भयो तल हुनुहुन्छ भने पछि हौसला बढ्यो । मैले ल्याएर महाधिवेशन स्थलमा प्रवेश गराए । यसरी २०४५ सालको भदौ ९ गते सुरु भएर १३ गते नेकपा मालेको चौथो ऐतिहासिक महाधिवेशन सम्पन्न गरियो । सबै जनालाई सकुशल बिदा गरेपछि म पनि धन्यवाद ज्ञापन गर्दै बिदा भए ।
म त्यहाँबाट विष्णुपुर गाउँमा हित बहादुर लुंगेलीको घरमा आए । गफगाफपछि खाना खानका लागि गए । उहाँको ससुराली पनि मेरै गाउँमा हो । उहाँकी श्रीमती पार्वतीले खाना बनाउनुभएको थियो । तर, खाना खाने बेलामा बैकुण्ठ निरौला जसले मलाई साइकलमा सितापुरसम्म पु¥याएर बसमा चढाउनुभएको थियो, उहाँको घर पार्वती बहिनीको घर ४०–५० मिटरको दूरीमा थियो । जब मलाई बसमा चढाएर जानु भयो, त्यसको दुई दिनपछि वर्षाको समयमा खेतमा घुम्न जाँदा कालो बादल मडारिएर आएछ । यसरी पानी परेपछि मेघ गर्जेर पछि पानी र चट्याङपर्दा उहाँको निधन भएछ । यो कुरा सुनेपछि महाधिवेशन सम्पन्न गरी ऐतिहासिक जिम्मेवारी सम्पन्न गरी फर्केकोमा जुन रुपमा खुशी थिएँ, यो सुनेर म बेहोस् भए । केहि घण्टा होस् नै आएन । साथै त्यो परिवारमा परेको पीडा सुनेर दुई छाक खाना नै खाइन ।
० तपाईको पारिवारिक र शैक्षिक जीवनका बारेमा पनि प्रष्ट पारिदिनुहोस् न ?
२०२९ को सुरुमा म दलित कोटाबाट पढ्न गएको थिए । मैले आठ कक्षामा नाम लेखाएँ । त्यसपछि १० कक्षासम्म पढेर अन्तिम परीक्षा पनि दिएँ । त्यसपछि नेपाल फर्केको थिएँ । त्यसको परिणाम के भयो थाह भएन । किनकी मलाई आउने बित्तिकै राजकाज मुद्दा लाग्यो । जब बहुदलिय व्यवस्था आयो । उदयपुर जिल्लमा पार्टीको अञ्चल कमिटीको बैंठक बस्यो । साथीहरुले जसले मेरो जिवनको बारेमा केहि जान्नुभएको थियो । उहाँहरुले नै वंश वृद्धिका लागि विवाह गर्नुप¥यो भन्दै विवाह गर्न जोड दिनुभयो । मेरी जेठी श्रीमतीको बच्चा भएनन् मैले बिभिन्न अस्पतालमा लगेर उपचार गरेँ । तर,पनि केहि भएन । त्यसपछि २०४८ सालमा पार्टीकै निर्णय, मेरो घरको दवावलगायतका कारण थियो मेरो आमा म दश वर्षको हुँदा बित्नुभएको थियो । म जेल पर्दा छोरो जन्मियो । तथापि मैले मुख पनि हेर्न पाईन । २०४२ सालमा मेरो बुवा बित्नुभएको थियो । म भूमिगत राजनीतिमा भएका कारण काजक्रिया गर्न पनि पाएको थिइँन । पार्टीमा केहि समय बिदा लिएर जाने सोच पनि बनाएको थिएँ । मेरो बुवालाई जगन्नाथपुरी जाने इच्छा थियो । उहाँले उमेरकै कारण आँखा कमै देख्नुहुन्थ्यो । त्यो गाउँमा धेरै मानिससँग मेरा छोराहरु कामै लागेनन् भनेर गुनासो गर्ने गरेको मेरो दाईले भन्नुहुन्थ्यो । त्यसपछि दुई वटा गाईको बाच्छो र धान बेच्न लगाएर दूई जना मानिस तयार गर्न लगाएर म कोशी ब्यारेज भन्दा पर भीमनगरमा पुगेर बैजनाथ धाम (अहिले झारखण्ड राज्यमा पर्छ), र उडिसाको जगन्नाथपुरीमा पुगी तिर्थयात्रा गराएर कलकत्ता हुँदै फर्केको थिएँ । कत्तकत्ताको चिडियाँ खाना पनि घुमाए । त्यसपछि म सिराहाको कार्यक्षेत्रमा फर्के । त्यसको केहि दिनमा बुवा बित्नुभएको थियो । पार्टीले मलाई बिदा दिएन । किनकी काजक्रियामा जाँदा म पक्राउ पर्ने डरहुन्थ्यो । बुवा बितेको १० औ दिन दिन कपाल खौरिने दिन हुन्छ, त्यो दिन लाहानको एक शैलुनमा गएर कपाल खौरेर सिराहाको गुरुधाम भन्ने ठाउँमा पुगेँ । जुन गाउँमा भूमिगत कालमा जाँदा हाम्रो सेल्टर थियो । त्यो ठाउँमा प्रशासनको चियो गर्न महिला र युवाहरुलाई बाहिर सेन्ट्री राख्थ्यौं । यसरी रातको दुई बजेसम्म हाम्रो राजनीतिक प्रशिक्षण र छलफल चल्दथ्यो । नेताहरुले अनेक कथाको शैलीमा ढालेर हामीलाई प्रशिक्षण दिनुहुन्थ्यो । म निर्धक्कसँग लगातार रुपमा घण्टौं बोल्थे । तर, त्यो दिन पटक पटक मेरा गला अवरुद्ध भए । त्यसपछि साथीहरुले शंका गर्नुभयो । एक दुई पटक त मैले ढाँटे पनि । त्यसपछि मैले अन्त्यमा बताए । त्यसपछि एउटा क्रान्तिकारीको कस्तो जीवन हुँदो रहेछ ? जन्मदिने पिताको पनि काजक्रिया गर्न नपाउने ? भन्दै यो घट्नाबाट साथीहरुलाई एउटा प्रेरणा पनि भयो र मलाई माया पनि झन बढि गर्नुभयो ।
० संसदीय राजनीतिका बारेमा बताइदिनुस् न ?
२०४८ सालमा पहिलो संसदीय निर्वाचन सम्पन्न भयो । निर्वाचनमा चुनाव लड्नका लागि पार्टीले टिकट दिएको थियो तर, मैले नागरिकता पनि लिएको थिइँन । नागरिकता बिना त नोमिनेशन नै गर्न पाइदैनथ्यो । पञ्चायतकालमा हामी माथि जमिन्दारहरुको विभेद थियो । त्यसकारण मैले सामन्त र पञ्चहरुलाई गुहारेर नागरिकता बनाउन चाहदैनथे । सत्ता प्राप्त गरेरै छाड्ने अठोट लिएका थियौं । अर्कातिर हामीले जागिर खानु पनि त थिएन । त्यसपछि प्रतिनिधिसभाको निर्वाचन पछि नेकपा एमालेको राष्ट्रिय परिषद्को बैठक भयो । त्यसमा अन्य साथीहरु पनि दाबेदार हुनुहुन्थ्यो । तर, मेरो नाम पनि सिफारिस भएछ । त्यो समयमा अञ्चल इन्चार्ज युवराज कार्की हुनुुहुन्थ्यो । उहाँको घर झापा हो । त्यसपछि मेरो. नाम पास भयो । त्यो समयमा म ४३ ÷४४ वर्षको थिएँ । पश्चिमको सिद्धिनाथ ज्ञावली हुनुहुथ्यो । तर, उहाँ ६४÷६५ वर्षको हुनुहुन्थ्यो । हामी दुबैजनाले एकैसाथ नागरिकता बनाएर नोमिनेशन ग¥यौं । उहाँ पराजित हुनुभयो तर, मैले पूर्वाञ्चलबाट जिते । आठौं महाधिवेशनमा पार्टीले समावेसी, समानुपातिक (ष्लअगिकष्खभ म्झयअचबअथ) लागि कोटा छुट्यायो । त्यसपछि बुटवलमा भएको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सदस्य भएँ । सप्तरीको इन्चार्ज भएर पनि काम गरे । आठौ महाधिवेशनमा मेरो बारेमा माधव नेपालले भावुक हुँदै उठेर बोल्नुभयो । उहाँको गला नै अवरुद्ध भयो । इशारा गरेर बस्नुभयो । त्यसपछि बिद्या भण्डारी उठ्नुभयो । ईश्वर पोखरेलले उहाँलाई बसाएर मेरा बारेमा सारा कुरा भन्नुभयो । यसरी उहाँहरुले आठौं महाधिवेशनमा भन्नुभएपछि के युवा के वृद्ध सबै जना सहमत भएर दोस्रो संविधानसभामा मलाई समानुपातिक प्रणालीबाट संविधानसभाको सदस्य बनाइयो । २०७२ सालको संविधान जारी भएपछि अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको सरकारमा म नौ महिना युवा तथा खेलकूद मन्त्री भएँ ।
० तपाई कुन कुन देशमा विदेश भ्रमण गर्नुभयो ? उपलब्धि कस्तो रह्यो ?
म खेलकूद मन्त्री हुने बित्तिकै अगाडि नै भएको सम्झौता अनुसार चीनको युवक संगठनका युवाहरु नेपाल आएर यहाँका युवाहरुका बारेमा अध्ययन गर्ने र नेपालका युवाहरु चीन गएर त्यहाँको युवाहरुले गरेका सेवा र देश विकासका लागि गरेको योगदानको अध्ययन गर्ने भन्ने रहेछ । म पनि युवाहरुको समूह लिएर नेतृत्व गर्दै चीन गए । त्यसपछि कुनमिङमा एक रात बसियो । मेरो बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुसँग भेट भयो । विदेश विभागका प्रमुखसँग पनि भेट भयो । त्यसपछि अध्यक्ष माओको डेडबडी राखिएको स्थान तेनमेन स्क्वायरमा पुगेँ ।
चीन भ्रमणबाट फर्केको तीन दिनपछि कत्तारको राजधानी दोहामा ३५ राष्ट्रको खेलकूद मन्त्रीहरुको बैठक थियो । त्यसमा एन्टी डोपिङका विषयमा मिटिङ थियो । दोहाको वरपरको समुन्द्रमा घुमियो ।
म तेस्रो पटक श्रीलंका भ्रमणमा गएँ । जहाँ अन्तर्राष्ट्रिय स्काउटको सम्मेलन (जम्बोरी) भएको थियो । श्रीलंकाको जाफ्नामा भएको उक्त सम्मेलनमा गएको थिए ।
० सामाजिक आन्दोलनमा तपाईको संलग्नता कस्तो रह्यो ?
म लामो समय राजनीतिक आन्दोलनमै आवद्ध भएका कारण प्रतिबिन्धत भएकाले सामाजिक आन्दोलनमा चाहिँ कमै संलग्न भएँ । तथापि बहुदल आएपछि केहि ठाउँमा स्कूलहरु स्थापना गर्ने योजना बन्यो । मेरो गाउँको हाई स्कूलमा जमिन्दारको नाम हटाएँ । जमिन्दारहरुले स्कूललाई पनि चार विघा जग्गा दिन्छु भन्दै बाबुको ्नाममा स्कूलको नाम राखे तर, दिएनन् । त्यसैकारण ति गलत कामको भण्डाफोर गरे । मलाई हत्या गर्छु पनि भने तर, नडराई सघर्ष गरेर जनताको नाममा ल्याएँ । त्यसपछि स्कूलको नाम नै जनता माध्यामिक विद्यालय राखेँ । भगिनी भन्ने ठाउँमा रहेको जनता माध्यामिक विद्यालयलाई सामन्त जमिन्दारबाट मुक्त गराएँ । त्यसै गरी ओद्राह र फत्तेपुरमा गोबद्र्धन बैरागी र नन्दुमा पब्लिक स्कूल थियो । सुरुमा ति स्कूल स्थापना गर्दा हामी १५ ÷२० जनाको समूह मिलेर सहयोगका रुपमा किसानसँग धानलगायतका जिन्सी सामाग्री उठाएका थियौं । त्यो बेचेर दुईवटा विद्यालय चलायौं । यसरी आर्थिक सहयोग जुटाउने काममा हामी लागि परेका थियौं ।