October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

यातायात कार्यालयमा स्मार्टकार्ड समयमा पाइएन भन्ने गुनासो सबै भन्दा बढि छ

जितेन्द्र केसी, प्रमुख, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्की


तपाई कार्यालय प्रमुख बनेर आएपछि महत्वपूर्ण कामहरु के(के गर्नुभयो ?

म यहाँ यहि वर्षका जेठ महिनामा सरुवा भई आएको हुँ । त्यस अघि नयाँ सवारी चालक अनुमतिपत्र लिनका लागि फर्म भर्न साहै गाह्रो अवस्था थियो । मैले फर्म भर्ने प्रणालीमा सुधार गरी ज्ुनसुकै समयमा पनि अनलाइनमार्फत फर्म भर्न सकिने व्यवस्था मिलाए । साथै साविकको भन्दा बढि कोटा थप गरी हाल दैनिक ५२६ वटा नयाँ दर्ता र वर्ग थपको लागि अनलाइनमार्फत आवेदन लिने व्यवस्था सुरु गराएँ । सवारी चालक अनुमतिपत्रमा वर्ग थपका लागि स्वास्थ्य दर्ता, परिक्षण राजस्व तिर्नका लागि तीन ठाउँमा लाइन बस्नुपर्ने अवस्था थियो । त्यसलाई मैले एकैठाउँबाट लाइन बसेर अनलाइनबाटै दर्ताका लागि फर्म भर्ने, साथै ट्रायलका लागि अनलाइनमार्फत नै राजस्व लिन मिल्ने ब्यवस्था मिलाएँ ।
यस अघि अन्य कार्यालयबाट जारी गरिएका स्मार्ट सवारी चालक अनुमतिपत्रहरु नविकरण नहुने अवस्था थियो । म यहाँ आएपछि जुनसुकै कार्यालयबाट जारी गरिएका स्मार्ट सवारी चालक अनुमतिपत्र पनि नविकरण गर्न सकिने व्यवस्था मिलाएँ । म आउनु अघि बिग्रीएको विवरण सच्याउन निकै कठिनाई हुने अवस्था थियो । त्यसलाई सुधार गरी आर्थिक ऐनमा नै राजस्व तिरेर विवरण सच्याउन सकिने व्यवस्था गराएर मात्रात्मक त्रुटी सच्याउन सकिने अवस्था बनाइयो ।


सेवाग्राहीका लागि परिसरमै चार ठाउँमा सफा पिउन योग्य पानीको व्यवस्था गराएँ । यस अघि अन्य प्रशासनिक शीर्षकको राजश्वका लागि कागजको बिला दिने व्यवस्थामा सुधार गरी ल्भध च्क्ष्ःक् मार्फत मात्रै राजस्व लिने व्यवस्था मिलाइयो ।नयाँ सवारी चालक अनुमतिपत्र, वर्ग थप, सवारी चालक अनुमतिपत्र नविकरण लगायतको राजस्व कार्यालयबाट मात्रै लिने गरिएकोमा जुनसुकै समयमा पनि अनलाइनमार्फत राजस्व जम्मा गर्न सकिने व्यवस्था गरियो ।


यसका साथै कार्यालयबाट केहि अनुकरणीय कार्यहरु पनि भएका छन् । बेसरोकारका अनाधिकृत व्यक्तिहरुलाई प्रवेश निषेध गरिएको छ । अनलाइन भर्नका लागि हुने समस्याहरुलाई पूर्ण रुपमा निराकरण गरिएको छ । कार्यालयलाई शतप्रतिशत स्वचालित प्रणालीमा आधारित पेपरलेस बनाइएको छ । आर्थिक वर्षको सुरु देखि नै सवारी चालक अनुमतिपत्रको नयाँरवर्ग थप आवेदन दर्ता गर्नका लागि दैनिक कोटा झण्डै दोब्बर बनाई हाल दैनिक कोटा ५१६ (ब्.ज्ञछण्, प्.ज्ञछण्, द्य.ज्ञठछ, ँ.ज्ञण्, यतजभच.घज्ञ) बनाइएको छ । बायोमेट्रिक, राजस्व र मेडिकल बिहान ८ बजेबाट सुरुवात गरिएको छ ।

जुनसुकै कार्यालयबाट जारी भएको स्मार्ट लाइसेन्स भएतापनि यस कार्यालयबाट नविकरण गरिदिएर सेवाग्राहीलाई सहजता बनाइएको छ । चालु आर्थिक वर्षको सुरु देखि नै नयाँ दर्ता, वर्ग थप र नविकरणलाई पूर्ण रुपमा अनलाइन प्रणालीमा लगिएको छ । हरेक सार्वजनिक विदाको दिनमा समेत राजस्व तिर्ने व्यवस्था मिलाइएको छ । सेवाग्राहीहरुलाई टोकन प्रणाली, आराम गर्ने बेञ्च, जारको पिउने पानीको व्यवस्था गरिनुका साथै सेवाग्राहीको गुनासो सुनेर तत्कालै समस्या समाधान (त्तगष्अप च्भकउयलकभ) लागि छुट्टै कर्मचारी र झ्यालको ब्यवस्था गरिएको छ । कार्यालयबाट भोलिबाद अन्त्य गरिएको तथा कार्यालयमा सुशासन पारदर्शिता एवं स्वच्छता कायम गरिएको । जिल्ला प्रशासन कार्यालय कास्कीले कार्यालयहरुको सेवा प्रवाहमा गरेको अनुगमनबाट जिल्ला भरिका कार्यालयहरु मध्ये तेस्रो स्थानमा प्राप्त गरेको छ । कायालयका प्रमुखसमेत रहेको यातायात व्यवस्था नियमावली तयार गरिएको जसको मस्यौदा मन्त्रालयमा छलफलका लागि पेश गरिएको छ ।


अहिले सवारी चालक अनुमतिपत्र नविकरण र नयाँ सवारी चालक अनुमतिपत्र स्मार्ट कार्ड प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराउन नसकिएको संख्या कति छ ?
२०२२ को मे महिनासम्म राजस्व रसिद तिरेका सेवाग्राहीहरुले प्रिन्ट भएका स्मार्ट कार्ड लिन पाएका छन् । त्यसपछिको सबै बाँकी नै छ । जुन यातायात व्यवस्था विभागबाट छापिएर आउने हुँदा हाम्रो काबु भित्र छैन । डेड वर्षको अवधिमा कति संख्यामा स्मार्ट लाइसेन्स लिन बाँकी छ खास संख्या एकीन भएन ।


प्रत्येक प्रोभिन्स मा एउटाका दरले स्मार्ट कार्ड प्रिन्ट मेसीन राखिदिएको खण्डमा यो अवस्था आउँदैनथ्यो नी ?

हो, हाम्रा फोरमहरुमा यस्ता विषय उठान हुन्थ्यो । तथापि हाम्रो प्रदेश सरकारले पनि अनुभव गरेकै छ । त्यो विषय राज्यले समयमै सम्बोधन गरेको खण्डमा सेवाग्राहीले राम्रो सेवा पाउँथे ।


यातायात कार्यालयमा हुने अनेक प्रकारका विकृतिहरु नियमन निकायको कडाईको बावजुद अहिले पनि छ भनिन्छ नि ?
हामीले ट्रायल वा जुनसुकै परीक्षा दिनु अगावै पनि परीक्षार्थीलाई ब्रिफिङ गछौं । अनाधिकृत र अनाआवश्यक रुपमा कसैलाई पनि पैसा नदिनु दिएको भए स्वयमंले नै फिर्ता गरिदिनु भन्दै कडाई पनि गरेका छौं । बिना काममा पैसा नदिनुस् । अर्थात राजस्व भन्दा बढि कसैले पनि नदिनुहोस् भन्दै सचेत गराएका हुन्छौं । त्यसो त अनलाइनमा सिस्टममै सबै करा देखिन्छन् । घरमै बसेर सहजै रुपमा सवारी चालक अनुमतिपत्रको पैसा बुझाउन सकिन्छ । कसैको पनि सहयोग जरुरी पर्दैन । कसैले सवारी चालक अनुमतिपत्रका लागि पैसा दिए, तर, नत पैसा फिर्ता भयो नत सवारी चालक अनुमति नै बनाइदियो भन्दै गुनासाहरु आउँछन् । बाहिरका मानिसहरुलाई जथाभावी रकम दिन्छन् भने हाम्रो के लाग्छ ? तथापि केहि को त बाहिरका मानिसहरुले खाएको पनि फिर्ता गर्न लगाएका छौं ।


केहि वर्ष अघि एसईई पास नगरेकाहरुलाई सवारी चालक अनुमतिपत्र नदिने भन्ने जानाकारी पनि आयो । तथापि सवारी चालक अनुमतिपत्र लिएपछि पनि ब्यवहारिक र नैतिकताको पनि राम्ररी जानकारी हुन जरुरी छ भनिन्छ तपाईलाई कस्तो लाग्छ ?

एसईई परीक्षा दिएकालाई मात्रै सवारी चालक अनुमतिपत्र दिनुपर्छ भन्ने हल्ला चले पनि हाम्रो सामाजिक परम्परालाई मध्येनजर राखेर सीमा नै तोक्ने काम भएन । त्यसैले ऐनमा नै साधारण लेखपढ भन्ने गरिन्छ । जनजिविका र रोजगारीको विषय जोडिएका कारण एकेडेमिक र प्राज्ञिक योग्यताको सीमा नतोकिको हो । ड्राइभर मात्रै होइन रिफ्रेसमेन्टका लागि जो कोहिलाई पनि तालिम दिन जरुरी छ ।
सवारी चालक अनुमति पत्र लिएपछि नैतिक शिक्षाको तालिम दिँदा दूर्घट्ना न्यून हुन्छ कि भन्ने विषयमा के भन्नुहुन्छ ?
हा,े सकरात्मक सोचका विषयमा केहि दिनको भएपनि तालिम दिन जरुरी छ । “मोटभेसनल स्पिच” दिएको खण्डमा राम्रो प्रभाव पर्नेछ । यसबाट आम मानिसहरुलाई फाइदा हुन्छ । यसबाछ मानिसलाई उच्च नैतिकवान बनाउन पनि सकिन्छ ।

सवारी चालक अनुमतिपत्रका लागि पोखरामा मात्रै कार्यालय राख्दा बढि चाँप भएका कारण अझ बढि शाखाहरु पनि राख्नु पर्छ भन्ने माग छ, तपाईलाई के लाग्छ ?
यो विषय त राजनीतिक पनि होला । साथै सरकारले पनि यस विषयमा ध्यान देला । सेवाग्राहीको हकमा त भिडभाड र चाप कम गर्नका लागि बिहान ८ बजेबाट बेलुकी कार्यालय समयसम्म नै सेवा प्रवाह गरिएको छ । साथै राजस्व घरबाटै २४ घण्टा नै तिर्न सकिने व्यवस्था छ । त्यसैले आम सेवाग्राहीहरुलाई अनलाइन सेवा लिएर सहज र सरल रुपमा काम गर्नुहोस् भन्न चाहन्छु । सेवाग्राहीहरुले कर्मचारीहरुको व्यवहार राम्रो भएन, दुःख पाइयो, कार्यालय समयमा कर्मचारी भटिएनन् भन्ने गुनासोहरु यो कार्यालयमा सुन्न पाइदैन । किनभने कर्मचारीसँग भट्नै नपर्ने गरी सेवा प्रवाह गरिएको छ । आफ्नै मोबाइलबाट घरमै बसेर सेवा लिन पाईन्छ भने किन कार्यालयमा आउनु । कोहि सेवाग्राही अनलाइन सेवालाई चासो नदिएका कारण दुःख पाउनुभएको छ ।


भोलिका दिनमा दूर्घट्ना न्यूनिकरणका लागि तपाईका कार्यक्रमहरु के(के छन् ?

दूर्घट्ना न्यूनिकरणका लागि तीन÷चार पक्षको संयुक्त मिसन हुनुपर्दछ । हाम्रो कार्यालयले सवारी चालक अनुमतिपत्र दक्ष मानिसले लिनुपर्दछ भन्ने हो । अदक्ष वा अर्धदक्षले जबर्जस्ती सवारी चालक अनुमतिपत्रका लागि कोशिश नगर्नुहोस् भन्ने आग्रह गर्दछौं । सीप सिकेर मात्रै सवारी चालक अनुमतिपत्र लिनुहोस्् भनेर नै गुणस्तरीयतालाई विशेष ध्यान दिएका छौं । हाम्रो कार्यालयले गर्ने भनेकै यत्ति मात्रै हो । अहिलेको अवस्थामा सडकको अवस्थालाई ट्राफिक प्रहरी, हाम्रो यातायात कार्यालय, सम्बन्धित मन्त्रालय र सवारी चालकहरुलगायतको संयुक्त प्रयासमा मात्रै दूर्घट्नारहित सडकको कल्पना गर्न सकिन्छ ।


० २० वर्ष भन्दा बढि पुराना गाडीहरु पनि गुडिरहेका छन् । दूर्घट्नाको कारक पनि एउटा हो भनिन्छ । तपाईको विचारमा के छ ?
हामीले २० वर्षे पुराना गाडीहरुलाई विस्थापित गर्दा देशभित्र गाडी निर्माण नहुने, २० वर्षे कडाई गर्दा पैसा विदेश जाने अवस्था सिर्जना भयो । यसरी एकातर्फ पुराना र थोत्रा गाडीका कारण दूर्घट्ना बढ्यो भन्ने छ भने अर्कातर्फ हाम्रो अर्थतन्त्रका आयतमूखि भएकै कारण कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको छ । साथै दूर्घट्ना न्यूनिकरणका लागि सडकको अवस्था पनि दूरावस्था हुन भएन । गाडी चालक र सडकको पनि तादम्यता मिल्यो भने मात्रै सुरक्षा हुन सक्छ ।


तपाई कार्यालय प्रमुख भएपछि यो समयसम्म यातायात कार्यालयमा बढि गुनासाहरु के पाउनुभयो ?

अहिले स्मार्टकार्ड समयमा पाइएन भन्ने गुनासो सबै भन्दा बढि छ । ९९ वटा राम्रो काम गर्दा पनि यहि कारण छायाँमा परेको छ । यो विभागले गर्ने हुँदा हाम्रो काबुमा नभएकाले पटक पटक जानकारी गराएका छौं । यसलाई मनन गरी हाम्रो यातायात कार्यालय पोखरा नमुना पनि भएको हुँदा यहाँका स्मार्टकार्ड प्रिन्ट गरी समयमा दिन अनुरोध गर्दछौं । हामी अहिले अनलाइन सेवाबाट सेवाग्राहीको काम गरिरहेका छौं । पुराना पेपरकार्डहरु अहिले पनि आएका छन् । यसलाई छिटो भन्दा छिटो विभागले काम गरि पठाइदिन अनुरोध गर्दछु । यस प्रकारका समस्या लिएर दैनिक सर्यौ सेवाग्राहीहरु आउने गरेका छन् ।
अझ विभागबाट गरिने कतिपय हेण्डलिङहरु गण्डकी प्रदेशको मन्त्रालयबाट भएको खण्डमा सेवाग्राहीलाई सहज हुने थियो ।


अन्तमा केहि भन्नु छ कि ?
हाम्रा प्रयोग गरिएका कतिपय युजरहरु असुरक्षित छन् । फेक युजरहरु कसरी बन्छन् । ह्याकिङ हुने समस्याहरु छन् । आफुले गरेका कामहरु सिस्टममा देखिँदैन । त्यहि कारण कर्मचारीहरुमा पनि उत्प्रेरणाको कमि भएको महसुस छ । यसरी कुन युजरले कति काम गरेका छन् ? भनेर हेर्न पाउने व्यवस्था नै छैन । दिनभरमा कसले कति काम गरेँ ? भन्ने रिपोर्ट हाम्रो सिस्टमबाट हेर्न सकिदैन । हेर्न मिलेको खण्डमा मात्रै कर्मचारीको संगठनमा नियन्त्रण, अनुगमन, सुपरिवेक्षणको पाटो राम्रो बन्छ । साथै कर्मचारीले पनि आफ्नो काम प्रति बढि जिम्मेवारी हुने वातावरण बन्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.