नेकपा एमालेका नेता संविधानसभा अध्यक्ष नेम्वाङको निधन

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निधन भएको छ । उनको हृदयघातका कारण आज राती १ बजे निधन भएको जनाइएको छ । वि.स. २००९ साल फागुन २८ गते (सन् १९५३ मार्च ११) मा इलाम नगरपालिकाको सुन्तलाबारीमा सुवासचन्द्र नेम्वाङको जन्म भएको थियो । विशाल नुमा नेम्बाङसँग विवाह बन्धनमा बाधिएका उनका दुई छोरा र दुई छोरी छन् । वरिष्ठ अधिवक्तासमेत रहेका नेम्बाङ नेपालको संविधान २०७२ को निर्माणमा महत्वपूर्ण भूमिका खेलेका एक जना हस्ति हुन् । उनका पितासमेत न्यायाधीश थिए । २०४८ साल र २०५२ सालमा राष्ट्रिय सभा र त्यसपछि प्रतिनिधिसभामा लगातार विजयी नेम्बाङ २०६४ पछि संविधानसभाको अध्यक्ष बनेर कुशलतापूर्वक जिम्मेवारी निभाएका थिए । नेम्बाङ कानुनमा स्नातक (बीएल) गरेका छन् । वि.स.२०६४ र ०७० को दुवै संविधानसभामा नेम्बाङ अध्यक्ष थिए ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ त्यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख थिए । वि.स.२०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत भइसकेका हुन् । नेकपा(एमाले)को केन्द्रीय सदस्य र कानुन विभाग प्रमुख र उपाध्यक्षसमेत रहेका नेम्वाङ २०७९ सालको संघीय संसदको निर्वाचनमा इलामबाट निर्वाचित भएका हुन् । प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङ इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट ३०,०२० मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले २९,००६मत प्राप्त गरेका थिए । नेम्वाङ एमालेकातर्फबाट २०७९ सालमा राष्ट्रपतिका उम्मेदवार पनि बनेका थिए ।
कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेवारी पनि सम्हालिसेका छन् । उनी २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष थिए । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए । उनी त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक हुन् । अध्ययन र समाजसेवामा उनको रुचि उस्तै नै थियो । अघिल्लो निर्वाचन पछि जनतालाई पु¥याएको सेवा र जनता सँगको निकट संबन्धले आफूलाई विजयी बनाएको ठान्ने सुवासचन्द्र नेम्वाङ संविधानसभामा संघीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहने एक जना हस्ती हुन् । विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्बाङ सालमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । उनी नेकपा(एमाले)का तर्फबाट कानुन तथा न्याय मन्त्री बनेका थिए ।
नेम्बाङ, भरतराज उप्रेती, वैद्यनाथ उपाध्यायसहितको टिमले पायोनियर ल एसोसिएट्स चलाएको थियो । ०६४ र ०७० को दुवै संविधानसभामा नेम्बाङ अध्यक्ष थिए । ०४८ मा पुनरावेदन अदालतबाट न्यायालयमा छिरेका उपाध्याय ०६७ मा सर्वोच्चको न्यायाधीश बन्न सफल भएका थिए, जतिखेर नेम्बाङ संविधानसभाको अध्यक्षमा आसीन थिए ।अर्का साझेदार उप्रेती भने ०६५ मै सर्वोच्चको अस्थायी न्यायाधीश बनेका हुन् । सर्वोच्च भित्रको राजनीतिका कारण उप्रेती स्थायी हुन नसकेपछि बाहिरिएका थिए, जसको देहावसन भइसकेको छ । उपाध्यायले पनि अवकाश पाइसके ।
पायोनियरमै वकालत अभ्यास गरेका मनोज शर्मा अहिले सर्वोच्चको न्यायाधीश बनेका छन् । उनी ६ वैशाख ०७६ देखि सर्वोच्च छिरेका हुन् । नेम्बाङ राजनीतिमा सक्रिय हुन थालेपछि शर्मा पायोनियरमा कानुनी अभ्यासका लागि पुगेका थिए । शर्मा विवादास्पद पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा हुन् । नेपाली कांग्रेसको कोटाबाट न्यायाधीश बनेका ललिता निवासमा ११ आना जग्गा कमिसन पाउने सौभाग्यशाली व्यक्ति कुमार रेग्मी सर्वोच्च छिर्नुमा समेत नेम्बाङको भूमिका रहेको जानकार स्रोतको दाबी छ । रेग्मीकी श्रीमती सोनाली रेग्मी पायोनियरमा काम गर्थिन् । नेम्बाङ आबद्ध ल फर्ममा काम गरेकी अञ्जु उप्रेती ढकाल उच्च अदालतको न्यायाधीश छिन् । उनी दिवंगत पूर्व न्यायाधीश भरतराज उप्रेतीकी छोरी हुन् । नेम्बाङको गृह जिल्ला इलामका कानुन व्यावसायी राजकुमार वन पनि अहिले उच्च अदालतको न्यायाधीश छन् । उच्च अदालतमा कार्यरत मिलन राई नेम्बाङ संविधानसभाको अध्यक्ष भएको बेला अदृश्य रूपमा कानुनी सल्लाहकार थिए । हरि फुयाँललाई सर्वोच्चको न्यायाधीश बनाउन नेकपा भित्र सहमति जुट्न नसकिरहेकै बेला नेम्बाङले निर्णायक भूमिका खेलेका थिए । फुयाँल चार वर्ष २ महिना प्रधानन्यायाधीश बन्ने गरी भित्रिएका पात्र हुन् । उनले ०८८ देखि ०९२ सम्म न्यायालय हाँक्नेछन् ।